भिमफेदी स्काउट कोरोना संक्रमितहरुको घरघर पुग्दै, स्वास्थ्य जाँच गर्दै 

  • हजुरको खवर
  • मङ्गलबार, जेष्ठ २५ २०७८ प्रकाशित

भिमफेदी स्काउट समुहले भिमफेदी गाउँपालिकाका कोरोना भाईरस (कोभिड–१९) संक्रमितहरुलाई घर घरमै पुगेको स्वास्थ्य जाँच गरिरहेको छ । भिमफेदी स्काउटका संयोजक आशिष् अस्लामी मगरको नेतृत्वमा खटेको सो टोलिले होम आइसोलेसनमा रहेकाकोरोना संक्रमितहरुको ज्वरो, पल्स तथा अक्सिजन जाँच गरिएको हो । जाँचको क्रममा सबै संक्रमितहरुको अवस्था सामान्य रहेको पाइएको छ। No description available.

नेपाल स्काउट, भीमफेदीले गाउँपालिकाको स्वास्थ्य शाखा संगको समन्वयमा २ नम्बर वडाका भैंसे – आँपचौर क्षेत्रमा होम आइसोलेसनमा रहेका कोभिड संक्रमितहरुको फलो अप संचालन गरेको छ ।  स्काउटले बिपदको समयमा सधै यस्तै कार्य गर्दै आइरहेको र यो महामारिमा पनि मानबिय दायित्व बहन गर्दै संक्रमितकै घरमा गइ स्वास्थ्य अवस्था बुझेको हो । फलोअपमा स्काउटले शरिरको तापक्रम, अक्सिजनको अवस्था तथा पल्स डिजिटल माध्यम बाट परिक्षण गरेको हो ।No description available.


परिक्षणको क्रममा उस्तै लक्षण भेटिएकाहरुलाई पनि स्काउटले रेडक्रसको एम्बुलेन्स सेवा लिइ स्वास्थ्य जाँच गराउन भीमफेदी स्वास्थ्य चौकी पठाउने गरेको छ । कोभिड(१९ लाई हेलचेक्र्याइ गरेकै कारण बिगत केही दिन यता सङक्रमितको सङ्ख्या बड्दै गईरहेकोमा स्काउटका सदस्य राजिब परियारले दुख ब्यक्त गरे।
स्वास्थ्य सुरक्षाका सामग्रीहरुलाइ पुर्णरुपमा लागू गर्दै यसबाट सजिलै बच्न सकिने परियारको भनाइ थियो । आफ्नो क्षेत्रमा सकेसम्म बिपत्ती सिर्जना हुन नदिनको निम्ति स्काउट सदैब लागि रहने बाचा परियारले गर्नु भएको छ । बिगत केही समययता स्काउट जस्तोसुकै अबस्थामा मानबिय कार्यहरुमा सक्रीय रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।