भिमफेदी कारागारका ३ सय ५५ जना कैदीबन्दीहरुमा कोरोना पोजेटिभ -अब के होला ?

  • हजुरको खवर
  • बिहीबार, श्रावण १४ २०७८ प्रकाशित

क्षेत्रिय कारागार भिमफेदि मकवानपुरका कैदीहरुमा कोरोना एन्टीजेन परिक्षण गर्दा ३ सय ५५ जना कैदीबन्दीहरुमा कोरोना पोजेटिभ देखिएको छ। कारागारमा रहेका ब्लक “क” र ब्लक “ख” गरेर ९ सय ७० जना कैदीहरुमा गरिएको परिक्षणमा ३ सय ५५ जनामा कोरोना पोजेटिभ देखिएको भीमफेदी गाउँपालिकाका स्वास्थ्य संयोजक राम नाम थिङ्गले जानकारी दिनु भयो । कोरोना पोजेटिभ देखिएको बन्दिहरुलाई अलग स्वास्थ्य सावधानी अपनाई राखिएको बताउनु भयो । कारागारमा रहेका अधिकांस कैदीहरुलाई कोरोना खोप कोभिसिल्ड लगाईसकिएको भएपनि खोप लगाएका तथा नलगाएका दुबैलाई कोरोना पोजेटिभ देखिएको बताइएको छ।  कैदीहरुलाई एक कारागारबाट अर्को कारागारमा पठाउने क्रममा अन्य स्थानको कारागारमा भीमफेदीबाट पठाईएको ५ जना कैदीमा कोरोना पुष्टि भएको जानकारी आएसंगै कोरोनाा परीक्षण गर्ने निर्णय गरेर परीक्षण गरियो सोहि क्रममा ३ सय ५५ जनामा कोरोना पोजेटिभ देखा परेको उहाँले बताउनु भयो । कोरोना पुष्टि भएका संक्रमितहरुको भने कुनै पनि किसिमको लक्षण देखिएको छैन । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।