एप्पलले सन् २०१७ देखि भारतमा आईफोन एसेम्बल गर्दै आइरहेको छ । भारतमा आईफोन एसेम्बल गर्न फक्सकन र विस्ट्रोनले साझेदारी गर्दै आएकोमा विस्ट्रोनले चाँडै नै भारतमा आईफोन व्यवसाय छोड्ने निधो गरेको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार टाटा इलेक्ट्रोनिक्स प्राइभेट लिमिटेड (टीईपीएल)ले विस्ट्रोनको शतप्रतिशत शेयर खरिद गर्दैछ । योसँगै टाटा आईफोन उत्पादन गर्ने पहिलो भारतीय कम्पनी बन्नेछ ।
टाटाले करिब १२५ मिलियन डलर (साढे १६ खर्ब रुपैयाँ बढी) मा विस्ट्रोनको शेयर किन्न लागेको हो । घरेलु र विश्वव्यापी बजारमा बिक्रीको लागि टाटाले भारतमा आईफोनहरू उत्पादन गर्ने बताइएको छ ।
यो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अघि सारेको मेक इन इण्डिया पहलको लागि महत्त्वपूर्ण प्रोत्साहन भएको र यसले अन्य विश्वव्यापी इलेक्ट्रोनिक्स ब्रान्डहरूलाई पनि आकर्षित गर्ने विश्लेषण गरिएको छ ।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?
तपाइको विचार व्यक्त गर्नुहोस् ।