आदिकवि भानुभक्त आचार्यको २११औं जन्मजयन्तीको अवसरमा हेटौंडा १ स्थित राप्ती नदी तटमा रहेको हेटौंडा व्यायाम पार्क परिसरमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ। रामेछाप काभ्रे मैत्री समाज मकवानपुर र बागमती प्रदेश प्रहरी गण हेटौंडाको संयुक्त आयोजनामा यो कार्यक्रम गरिएको हो।
काभ्रे मैत्री समाज मकवानपुरका अध्यक्ष मानबहादुर लामाको सभाध्यक्षतामा आयोजित कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाले प्रमुख अतिथिको रूपमा सहभागिता जनाउनुभएको थियो।
कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। प्रहरी निरीक्षक शोभन बिक्रम राणा, प्रहरी निरीक्षक कैलाश चौधरी, परीक्षा बोर्ड शाखा प्रमुख कृष्णप्रसाद घिमिरे, समाजका सचिव शुक्रराज लामा लगायत नगर प्रहरी बल र नगर वातावरण शाखाका प्रतिनिधिहरू कार्यक्रममा सहभागी भएका थिए।
यस कार्यक्रमले स्थानीय समुदायमा सरसफाईको महत्त्व बढाउनुका साथै आदिकवि भानुभक्त आचार्यप्रति सम्मान प्रकट गरेको छ। यस्ता कार्यक्रमहरूले समाजमा स्वच्छता र सांस्कृतिक सम्पदाको संरक्षणमा योगदान पुर्याउने आशा गरिएको छ।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?
तपाइको विचार व्यक्त गर्नुहोस् ।