बोन म्यारो थिङको उपचारका लागि लियो लडबुद्ध पिसको नगद सहयोग 

  • हजुरको खवर
  • बुधबार, श्रावण २१ २०७७ प्रकाशित

बोन म्यारोबाट ग्रसित मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर ३ का प्रदिप थिङको उपचारका लागि सहयोग जुट्न थालेको छ । लियो क्लव अफ हेटौँडा लडबुद्ध पिसले उहाँको उपचारको लागि नगद २५ हजार ८ सय २५ रुपैया उपचारमा सहयोग पुगोस् भनेर सहयोग गरेको लडबुद्ध पिसका अध्यक्ष रोहित कुमार जालानले जानकारी दिनु भयो । 
बोन म्यारो परिवर्नतनको लागि सिभिल हस्पिटलमा उपचारत रहेका थिङको आर्थिक अभावका कारण उपचार नभएको भन्दै उपचारमा सहयोगका लागि उहाँका आफन्त तथा प्रदिप तामाङ बचाउ अभियानको संयोजक हनोक तामाङले उहाँको जिवन रक्षा गरिदिनको लागी सञ्चारकर्मि तथा आम नेपाली दाजुभाई तथा दिदि बहिनीको लागी आग्रह गर्नु भएको छ ।No description available.
काठमान्डौको सिभिल अस्पतालमा हाल उपचार गराइरहेका उहाँको आर्थिक अवस्था अत्यन्त कमजोर र आफनो सम्पुर्ण सम्पुर्ण सम्पति खर्च गर्दा पनि उपचार गर्न असम्भव भएका कारण सहयोगी हात अगाडि बढाउनको लागी उहाँले आग्रह गरेका छन ।
साथै उहाँको उपचारमा सहयोग गर्न चाहने ब्याक्तिले पिडित प्रदिप थिङको नम्बर ९८१२२०५०५२ वा   प्रदिप तामाङ बचाउ अभियानको खाता मेगा बैँक हेटौँडा शाखा १७६००५००१०१४५ मा पठाउनु समेत सक्नु हुनेछ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।