बुलेटबाट ग्याँस चोरी गर्ने मनहरीका होटल संचालक पक्राउ 

  • हजुरको खवर
  • बुधबार, कात्तिक ३ २०७८ प्रकाशित

मकवानपुर मनहरी गाउँपालिका वडा नम्बर ६ नयाँबस्तीका होटल संचालक पक्राउ परेका छन् । नयँवस्तीका ४३ बर्षिय होटल संचालक भरत कार्कीले बुलेट ग्यास ट्यांकी चालकहरुसंग समन्वय गरी ग्यास सिलिण्डरमा ग्यास भरी गाउँ घरमा बेच्ने गरेको भन्ने बिशेष सुचनाको आधारमा प्रक्राउ गरेको ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरका  प्र।नि। प्रकाश थापाले जानकारी दिनु भयो । कार्कीको होटल बाट बिभिन्न कम्पनीको खाली सिलिण्डर १८ थान र भरेको १३ थान गरी ३१ थान, ग्याँस बोक्ने गाडी NL01N0131   का चालक चुनु कुमार र  UP-70BT9996 का चालक बिपिन कुमार सहित कार्कीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।