बालबालिका कोभिड–१९ महामारीको जोखिममा परेको भन्दै विद्यालय बन्द गर्न संसदीय समितिले दियो निर्देशन

  • हजुरको खवर
  • शुक्रबार​, बैशाख ३ २०७८ प्रकाशित

बालबालिका कोभिड–१९ महामारीको जोखिममा परेको भन्दै तत्काल विद्यालय बन्द गर्न संसदीय समितिले निर्देशन दिएको छ । समितिले तत्काल विद्यालय बन्द गरेर वैकल्पिक विधिबाट पठन पाठन सञ्चालन गर्न निर्देशन दिएको हो । राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको आज शुक्रबार बसेको बैठकले विद्यार्र्थीमा कोरोना संक्रमणको पुष्टि भइसक्दा पनि विद्यालय सञ्चालकहरुले विद्यार्थीको भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गरिरहेको र त्यसले बालबालिकामा संक्रमणको जोखिम बढाएको निष्कर्ष निकालेको हो ।
समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अपील र विज्ञहरुको सुझावलाई ध्यानमा राखेर भौतिक उपस्थितिमा हुने सिकाइ बन्द गरी अनलाइन वा वैकल्पिक माध्यमबाट पठनपाठन गराउन निर्देशन दिएको छ । समितिले कोरोना संक्रमण देखिँदा पनि विद्यालय बन्द गर्न नमान्नेलाई कारबाही गर्न पनि निर्देशन दिएको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।