बागमती भोर्लेनिको सौर्य–वायुऊर्जा अलपत्र,जिसस प्रमुख खुलालद्धारा अनुगमन

  • हजुरको खवर
  • शुक्रबार​, जेष्ठ २८ २०७८ प्रकाशित

मकवानपुरको बागमती गाउँपालिकाको भोर्लेनिमा निमार्ण गरिएको सौर्य–वायुऊर्जा प्राविधिकको अभावमा तीन वर्ष देखि अलपत्र रहेको छ । २०७२ सालमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्दद्रको आर्थिक तथा प्राविधिक सहयोगमा स्थानीय निकाय र समुदायको सामूहिक प्रयासमा भोर्लेनीमा निर्माण गरिएको सौर्यशक्तिबाट २५ किलोवाट क्षमता रहेको थियो । हाल प्राविधिककै अभावमा मर्मत गर्न नसकिएको बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानले बताउनुभयो । उहाँले भन्नुभयो, हामीले मर्मत गर्न धेरै प्रयास गरयौँ तर प्राविधिककै अभाबमा अहिले सो परियोजना बन्द छ ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले ८९ लाख, तत्कालिन जिविसले पाँच लाख र गाविसले दुई लाख तथा समुदायबाट ३० लाख बराबरको नगद र श्रमदान गरी कूल एक करोड २५ लाखको लागतमा निर्माण भएको उक्त परियोजना करीब तीन वर्ष देखि बन्द छ । सौर्य–वायुऊर्जाबाट उत्पादित विद्युत्त् १३१ घरपरिवारमा वितरण गरिएको छ । २०७४ सालसम्म बिजुली बलेको भएपनि त्यसपछि प्राविधिक ?पमा केहि खराबि आए पछि उक्त परियोजना बन्द भएको हो । वन्द भएपछि जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले अनुगमन गर्दै यसलाइ सञ्चालन गर्नुपर्ने बताउनुभएको छ ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।