बागमती प्रदेशसभाको बैठक कात्तिक १० गते सम्मको लागि स्थगित

  • रुपक कालिराज
  • बिहीबार, कात्तिक ४ २०७८ प्रकाशित

बागमती प्रदेशसभाको बैठक कात्तिक १० गते दिउँसो १ बजे सम्मको लागि स्थगित भएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत मागेसंगै संसदीय दलका नेताहरुलाई बोल्नको लागि समय दिईएको थियो । बैठकमा बोल्दै माओवादी केन्द्रका प्रदेशसभा संसदीय दलका नेता शालिकराम जमरकट्टेलले मुख्यमन्त्री पदको लागि गठबन्धनबाट ९एकीकृत समाजवादी०का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरेका थिए । उहाँले माओवादी,नेपाली कांग्रेस र समाजवादीको प्रदेश सांसदबाट बहुमत पुग्ने बताउँदै मुख्यमन्त्री शाक्यले राजिनामा दिनुपर्ने समेत बताएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।