बागमती गाउँपालिका विकासमा फड्को मार्दैछ : जिसस प्रमुख रघुनाथ खुलाल 

  • हजुरको खवर
  • सोमबार, जेष्ठ २४ २०७८ प्रकाशित

जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले बागमती गाउँपालिकाले विकासमा फड्को मारेको बताउनु भयो । स्थानिय तहहरुको अनुगमनका क्रममा जिल्लाको बागमती गाउँपालिकाको आयोजनाहरुको अनुगमनका क्रममा आईपुग्नु भएका खु्लालले  अन्य गाउँपालिका भन्दा पछाडि रहेको पालिका थियो स्थानिय सरकार आएपछि विकासको आधार तयार भएको बताउनु भयो । पालिको अध्यक्ष र यहाँको टिमले गरेका कार्यको प्रसंशा गर्दै पालिका प्रगति उन्मुख भएकोमा हर्षित भएको बताउनु भयो ।यातायात देखि शिक्षा र खेलकुदमा समेत फड्को मारेको भन्दै यति मात्रै सम्पुर्ण नभएको बताउनु भयो । उहाँले भन्नुभयो,“ जति सोचेको थियौँ त्यो भन्दै धेरै विकास भएको छ ।” उहाँले आगामी आर्थिक वर्षको बजेट निर्माण गर्दा कोरोना प्रभाव न्यूनिकरण गर्ने बजेट निर्माण गर्न सुझाव समेत दिनुभयो । प्रमुख खुलालले कोरोनाका कारण सबै क्षेत्रमा प्रभाव परेको हुँदा पुराना एवम् प्रतिफल दिने र कोरोना प्रभाव न्यूनिकरण गर्ने कार्यक्रमलाई महत्व दिन आग्रह गर्नुभयो । उहाँले विशेषगरी आगामी बजेटमा कोभिड महामारीको असर न्यूनीकरण गर्न र अधुरा एवम् प्रतिफल दिने कार्यक्रमलाई महत्व दिन सुझाव दिनुभएको छ ।May be an image of one or more people, people standing, outdoors and brick wallप्रमुख खुलालले कोरोनाका कारण सबै क्षेत्रमा प्रभाव परेको हुँदा पुराना एवम् प्रतिफल दिने र कोरोना प्रभाव न्यूनिकरण गर्ने कार्यक्रमलाई महत्व दिन आग्रह गर्नुभयो । उहाँले विशेषगरी आगामी बजेटमा कोभिड महामारीको असर न्यूनीकरण गर्ने, रोजगारी सृजना गर्ने, उत्पादन र उत्पादकत्व वृद्धि गर्ने कार्यक्रमलाई प्राथामिकता दिन सुझाव दिनुभयो । कभर तस्बिर : अनिश आयु  बाबाMay be an image of 1 person, standing and outdoorsMay be an image of 1 person, standing, sitting and outdoors

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।