बागमती गाउँपालिकामा ‘एक वडा, एक स्वास्थ्य केन्द्रको अभियान 

  • हजुरको खवर
  • आइतबार​, आषाढ २१ २०७७ प्रकाशित

मकवानपुरको बागमती गाउँपालिका भित्रका गाउँवासीहरूले अब आफ्नै वडाबाटै स्वास्थ्य सेवा पाउने भएका छन् । गाउँवासीहरूलाई स्वास्थ्य सेवामा सहज पुर्‍याउने उद्देश्यले छैठौँ गाउँ सभाबाट सबै वडामा स्वास्थ्य केन्द्र स्थापना गरिने भएको छ। पालिकाभित्र रहेका ९ वटै वडामा  स्वास्थ्य केन्द्र स्थापना गर्ने र स्थानीयलाई आफ्नै वडामा स्वास्थ्यको पहुँच पुर्याउने उद्धेश्य रहेको गाउँपालिकाका अध्यक्ष सर्केश घलानले जानकारी दिनु भयो । 


वडामा स्थापना गरिने स्वास्थ्य केन्द्र मार्फत वडावासीहरूले घर नजिकै आधारभूत स्वास्थ्य सेवाहरू पाउने गाउँपालिका स्वास्थ्य संयोजक दिनेश गुप्ताले बताउनु भयो । स्वास्थ्य केन्द्रहरूमा अबदेखि औषधीको कमी हुन नदिन र आधारभूत स्वास्थ्य उपचारको व्यवस्थापन गर्न लागिएको उहाँले बताउनु भयो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।