बागमती–५ ज्यामिरेका बिर बहादुर राई भन्छन,“माछा नपाउँदा जाल बिकेन”

  • हजुरको खवर
  • बुधबार, बैशाख १ २०७८ प्रकाशित

पूर्वी मकवानपुरको बागमती खोलामा माछा मारेर जिवन निर्वाह गर्दै आएका बागमती गाउँपालिका वडा नम्बर–५ ज्यामिरेका बिर बहादुर राई पछिल्लो समय चिन्तित बनेका छनध्र । असला माछाले प्रख्यात बागमती तथा ज्यामिरको दर्जन खोलामा पछिल्लो समयमा ती माछा पाउन छाडेका छनध्र । माछा पाउन छाडेपछि जाल बुन्ने पेशा समेत धरापमा परेको राईले बताउनु भयो । यहाँका अधिकांश खोलामा निकै स्वादिलो र सबैले रुचाउने माछा पाउन छाडेको जलारीहरू बताउँछन । 
विगदमा जाल लिन आउने धेरै हुने थिए तर हाल मान्छा नपाएपछि जाल समेत विक्रि हुन छाडेको राईले बताउनु भयो । उहाँले भन्नुभयो,“एउटा जाल बुन्न १ हप्ता लाग्छ, विक्रि हुँदा केहि राहत हुनेथियो विक्रि हुन्न,यो व्यवसाय नै धरापमा परेकोछ ।”
धेरै पछिल्लो समय माछा मार्न छाडेर अन्य पेसा र मजदुरी गर्न थालेका राई बताउनु भयो । असला माछाले प्रख्यात बागमती तथा ज्यामिरको दर्जन खोलामा पछिल्लो समयमा ती माछा पाउन छाडेका छन । पहिले खोलामा पाउने र ग्राहकले खोलाबाटै लैजाने गरेको भए पनि अहिले ती माछा लोप हुँदै गएको उनीहरूको भनाइ छ । लोपोन्मुख असला माछा खोलामा नहुने र अन्य माछा पनि कम हुँदै जाँदा आफूहरूको पेसा संकटमा परेको जलारीहरूको गुनासो छ ।
पहिले पहिले जाल खेल्दै जाँदा ५र ६ पटकमा आफ्नो फुर्लुङ भरिने र अहिले दिनभर खोलामा हिँड्दा पनि एकछाक खान पुग्ने माछा बनाउन मुस्किल हुने राईले अनुभव सुनाउनु भयो । बागमतीखोलामा मात्र होइन पछिल्लो समयमा जिल्लाका अधिकांश खोलामा विष हाल्ने र करेन्ट लगाएर माछा मार्नेको संख््या बढेको छ । 
खोलामा विष हाल्न र करेन्ट लगाउन प्रतिबन्ध लगाएको छ तर यी कार्य नरोकिँदा त्यसको प्रत्यक्ष असर लोपोन्मुख असला माछा र माछा मार्ने व्यवसायीमा परेको छ । खोलामा विष हाल्दा र करेन्ट लगाउँदा अधिकांश माछा मरेर जाने र बचिहाले नपुंसक हुने विज्ञहरुले बताएका छन ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।