बागमतीमा वडा स्तरिय नकआउट फुटबल प्रतियोगिता शुरु,आयोजकको विजयी सुरुवात

  • हजुरको खवर
  • सोमबार, कात्तिक २९ २०७८ प्रकाशित

बागमती  ÷ मकवानपुरको बागमती गाउँपालिकामा वडा स्तरिय नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ । आज बागमती गाउँपालिका—४ नम्बर वडाको झुरझुरे खेलमैदानमा भएको प्रतियोगिताको उद्घाटन बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री कुमारी मोक्तानले गर्नु भएको हो । 
फुटबल खेलाडी उत्पादन गर्र्ने उद्देश्यले आयोजना गरेको प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक र वडा नम्बर १ बोटगाउँ विच भएको थियो । आयोजकले वडा नम्बर १ बोटगाउँलाई ४ : १ गोल अन्तरले पराजित गर्दै आयोजक विजयी भएको हो ।
प्रतियोगिताको विजेता हुने टिमले नगद ६० हजार रुपैयाँ, शिल्ड,मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले नगद ३० हजार शिल्ड,मेडल र प्रमाण पत्र र सर्वोत्कृष्ट खेलाडिलाई नगद २ हजार र विधागत तर्फ ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ । 
वडा स्तरिय आयोजक समितिका अध्यक्ष मुक्ति लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान लगायत खेलप्रेमिहरुको सहभागिता रहेको थियो । 
May be an image of 3 people and people standing

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।