बकैया गाउँपालिका आर्थिक वर्ष २०७८र ७९ को नीति, कार्यक्रम तथा बजेटको पूर्णपाठ पढ्नुहोस्

  • हजुरको खवर
  • बिहीबार, आषाढ १० २०७८ प्रकाशित

 
“समृद्ध बकैया निर्माणको मूल आधारस स्वास्थ्य, शिक्षा,कृषि, पर्यटन र वातावरणमैत्री पूर्वाधार”
बकैया गाउँपालिका आर्थिक वर्ष २०७८र७९को नीति, कार्यक्रम तथा बजेट

बकैया गाउँपालिका
मकवानपुर
बागमती प्रदेश, नेपाल
२०७८ साल असार १० गते

आदरणीय सभाध्यक्ष महोदय,
आदरणीय गाउँसभा सदस्य ज्यूहरु
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट लोकतन्त्रका आधारभूत मूल्य मान्यताको सम्मान, मानव अधिकारको संरक्षण र सुशासन कायम गर्नका लागि देशले लिएको ूसमृद्ध नेपाल, सुखी नेपालीू को राष्ट्रिय आकांक्षा तथा बागमती प्रदेशले लिएको ूसुसंस्कृत र सुखी जनतास समाजवाद उन्मुख समृद्ध प्रदेशू को दीर्घकालीन सोचलाई आत्मसात गर्दै बकैया गाउँपालिकाले लिएको “समृद्ध बकैया निर्माणको मूल आधारस स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र वातावरणमैत्री पूर्वाधार”को दीर्घकालीन सोच पुरा गर्नेतर्फ प्रतिवद्ध रहि यस गाउँपालिकाको आर्थिक वर्ष २०७८र०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछु । यस महत्वपूर्ण घडीमा नेपालको राष्ट्रियता, अखण्डता, स्वाधीनता र लोकतन्त्र प्राप्तिको अभियानमा नेतृत्व प्रदान गर्ने हाम्रा वीर पुर्खा, अमर सहिद तथा अग्रजहरुप्रति उच्च सम्मान व्यक्त गर्दै सामाजिक आर्थिक रुपान्तरणमा उहाँहरुले पुर्याउनु भएको योगदानको स्मरण गर्न चाहन्छु ।

तीनै तहका सरकार एवम् सबै सरोकारवालासँगको सहकार्य र समन्वयमा कोभिड(१९ बाट देखिएको सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचार गरी नागरिकहरुको जीवन सहज बनाउन र अर्थतन्त्र पुनरुत्थान गर्न यस गाउँपालिका प्रतिवद्ध छ । कोभिड(१९ बाट जीवन गुमाउनु हुने सम्पूर्ण व्यक्तीहरुप्रति श्रद्धान्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । कोभिड(१९ को सङ्क्रमण भई उपचाररत् सम्पूर्ण दिदी बहिनी तथा दाजुभाईहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

कोभिड(१९ महामारी रोकथाम, नियन्त्रण तथा उपचार गर्न आर्थिक, प्राविधिक तथा व्यवस्थापकीय सहयोग पुर्याउने नेपाल सरकार, प्रदेश सरकार, निजी क्षेत्र, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संघ संस्था, विकासका साझेदार मुलुक र सम्पूर्ण नागरिकहरुलाई यस गाउँपालिका हार्दिक धन्यवाद ज्ञापन गर्दछ । कोभिड(१९ को महामारीको रोकथाम, नियन्त्रण तथा उपचारमा अहोरात्र खटिई सेवा गर्नुहुने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी लगायत अग्रपङ्क्तिमा रही काम गर्नुहुने सबै प्रति बकैया गाउँपालिकाको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछु ।

स्थानीयतहको निर्वाचन पछिको पाचौँ बजेट, नीति तथा कार्यक्रम यस गरीमामय गाउँ सभामा प्रस्तुत गर्न पाउँदा मलाई खुशी लागेको छ । यस अवसरमा म नेपालको संंघीय लोकतान्त्रीक गणतन्त्रको लागि नेपाली जनताले पटकपटक गर्दै आएको ऐतिहासिक जनआन्दोलन, सशस्त्र आन्दोलन, तराई मधेस लगायतका सम्पुर्ण आन्दोलनको स्मरण गर्न चाहन्छु । लोकतन्त्रको स्थापनार्थ सहिदहरुको त्याग र बलिदानलाई उच्च सम्मानगर्दछु ।
स्थानीय तहको संक्षिप्त परिचय
नेपालको संविधानको धारा ५६ मा व्यवस्था भएबमोजिम गठनभएका ७५३ वटा स्थानीय तहमध्ये मकवानपुर जिल्ला बागमती प्रदेशमा हाम्रो बकैया गाउँपालिका रहेको छ । यस गाउँपालिकामा साविकमा रहेका धियाल, छतिवन, शिखरपुर, मन्थली र ठिंगनगा.वि.स.हरुरहेका छन् । हाल बकैया गाउँपालिकामा १२ वटावडा रहेका छन् । यस गाउँपालिकाको पार्श्वसचित्र २०७६ अनुसार गाउँपालिकाको जनसंख्या४६,२४८जना र क्षेत्रफल४६०वर्ग कि.मी. रहेको छ ।
आदरणीय अध्यक्ष महोदय,
अव, म आगामी आ।व। २०७८र ७९ का लागि योजना तर्जुमा गर्दा लिईएका मुख्य आधारहरु प्रस्तुत गर्ने अनुमती चाहन्छु ।
आ।व। ०७८र ७९को बजेट तर्जुमा गर्दा लिइएका मुख्य मुख्य आधारहरुस् 
ड्ड    नेपालको संविधानको अनुसूचि ८ र ९ मा उल्लिखित स्थानीय तहको एकल तथा साझा अधिकारको सुचि
ड्ड    नेपालको संविधानमा उल्लिखित मौलिक हकहरु
ड्ड    नेपालको संविधान भाग ४ अन्तर्गतका राज्यका आर्थिक विकस, सामाजिक विकास, प्राकृतिक स्रोतको उपयोग , वातावरण संरक्षण सम्बन्धी नीतिहरु,धारा ५९ को आर्थिक अधिकार,भाग १९ को आर्थिक कार्यप्रणाली
ड्ड    नेपाल सरकारबाट स्वीकृत संघ, प्रदेश र स्थानीय तहको कार्य विस्तृतीकरणको प्रतिवेदन
ड्ड    संघीय सरकारले अंगिकार गरेको आवधिक योजनाले लिएका नीति तथा प्राथमिकताहरु
ड्ड    संघीय सरकारले अबलम्बन गरेका आर्थिक तथा वित्तीय नीतिहरु
ड्ड    स्थानीय शासन संचालन ऐन र नियमावलीका प्रावधानहरु ।
ड्ड    विकासका समयामयिक मुद्दाहरु जस्तै सामाजिक संरक्षण, दिगो विकास, जलवायु परिवर्तन र विपद व्यवस्थापन, खाद्य तथा पोषण सुरक्षा, लैङ्गिक सशक्तीकरण तथा समावेशी विकास, वालमैत्री स्थानीय शासन, वातावरण मैत्री शासन, खुला दिशामुक्त तथा पुर्ण सरसफाइ, उर्जा संकट लगायतका अन्तरसम्बन्धित विषयहरु ।
ड्ड    बकैया गाउँपालिकाको प्रथम आवधिक योजना ९आ।व। २०७७।०७८(२०८१।०८२०
ड्ड    तथा गाउँपालिकामा आवश्यक देखिएका अन्य विषयहरु ।

यीउदेश्यहरु हासिल गर्नका लागिआगामीआर्थिक वर्षको बजेटकाप्राथमिकताहरु देहायबमोजिमनिर्धारण गरेको छु ः–
ड्ड    गाउँपालिका तथा वडाका र्यालयहरुको व्यवस्थापन र सञ्चालन,
ड्ड    रोजगारीकाअवसरहरुको वृद्घी,
ड्ड    उत्पादन र उत्पादकत्वमा वृद्घी,
ड्ड    गाउँपालिकाबाट वडाको केन्द्रसम्म जोड्ने सडक निर्माणतथा स्तरन्नोती,
ड्ड    कृषिको आधुनिकरण, विविधिकरण र व्यवसायिकरण,
ड्ड    विद्युतलाइन विस्तार र भोल्टेज सुधार,
ड्ड    पर्यटनपूर्वाधारको विकासर प्रवर्धन,
ड्ड    शिक्षा, स्वास्थ्य, तथा स्वच्छखानेपानी माथी सहजपहुँच,
ड्ड    अत्यावश्यक उपभोग्य वस्तुहरुको सुदृढ र सहजआपुर्ति,
ड्ड    सार्वजनिक प्रशासन र सेवा प्रवाहमा सुधार ।
ड्ड    खेलकुद विकास
ड्ड    विपद व्यवस्थापन


आदणीय अध्यक्ष महोदय,
अब म यी नै प्राथमिकताको सेरोफेरोमा रहेर तयार गरिएको आ.ब. २०७८÷०७९ को निती तथा कार्यक्रमहरु प्रस्तुत गर्ने अनुमतिचाहन्छु ।
यस गाउँपालिकाबाट बिषयगत रुपमा हरेक क्षेत्रको विकास लाई प्रभावकारी र व्यवस्थीतबनाउन क्षेत्र अनुसार छुट्टाछुट्टै  नीतीहरु निर्माण गरिएको छ, जसलाई गाउँपालिकाको वार्षिक कार्यक्रममासमावेश गरी लागु गर्दै लगिनेछ । तीमहत्वपुर्ण नितीहरु यस प्रकार रहेका छन् ।
समष्टिगतनीतिहरु
ज्ञ।    यस गाउँपालिकाक्षेत्रकाकरिव ४० प्रतिशत घरधुरीका घरमुलीसंग आफ्नो परिवारका नाममाजग्गादर्ता प्रमाणपुर्जा प्राप्तनभएको नापनक्सा समेत नभएको ऐलानीजग्गाभएको र त्यस्ताजग्गाको तथ्यांक संकलनभइसकेकोमानापनक्सा गरी न्यनुतम क्षेत्रफलको जग्गाधनीप्रमाणपूर्जा उपलब्ध गराउन स्थानीयतहको तर्फबाटआवश्यकपहल गरिनेछ ।
द्द।    यस गाउँपालिकालार्ई चालु आ।व। २०७७।०७८ माघ २९ गते बालमैत्रीगाउँपालिकाघोषणा गरिएकोमाचालु आर्थिक वर्षमा संचालितबालमैत्रीशासनकार्यक्रमलाई दिगोपनकालागि निरन्तरतादिइनेछ ।साथै यस गाउँपालिकाकार्यालयमा रहेको बालमैत्रीइकाईलाई बालमैत्रीसिकाई केन्द्रको रुपमा स्थापना गरिने छ ।
घ।    यसगाउँपालिकाको सवै वडाहरुबाटगाउँपालिकाको केन्द्रमा जोडिएको मदनभण्डारी लोकमार्गसँगसडक सञ्जालजोडिसकिएको हुँदा उक्तसडकहरुलाई स्तरोन्नतीगर्दै लगिने छ ।
द्ध।    यस गाउँपालिकाभित्र रहेको वकैया नदी, सिमातखोला र यससंग जोडिएको हरेक खहरेखोलाबाटभइरहेको र हुन सक्ने सम्भावितक्षतीलाई मध्यनजर गर्दै यीखोलाहरुमाआवश्यकतटबन्धन गरी वस्ती तथाउर्वर भुमीबचाउन संरक्षण कार्यक्रमलाई बकैया तथा सिमात खोलाको शिरको आवश्यक क्षेत्रदेखि नै व्यवस्थित बनाइनेछ। साथै सम्बन्धीत सरकारी तथा गैह्र सरकारी निकाय सँग समन्वय गरी अघिबढिनेछ ।
छ।    आ व २०७८।७९ को लागि संघीय सरकारको कार्यक्रम अन्तर्गत पर्न सफल भएको बकैया नदि नियन्त्रण प्रणाली परियोजना लागु गराउन र सो को उचित कार्यान्वयनका लागि पहल गरिने छ ।
ट।    बकैया गाउँपालिकाबाट यस गाउँपालिकाकावडाहरुमागाउँपालिका स्तरीय बजेट विनियोजन गर्दा सम्बन्धितवडाकोजनसंख्या, क्षेत्रफल, भौगोलिकविकटता, विकास निर्माणकार्यमा स्थानीयजनताको अग्रसरता,भारित लागतआदिकाआधारमा समतामुलक बजेट विनियोजन गरीनेछ ।
ठ।    वडा, विषयगतक्षेत्रतथा संस्थाहरुबाटमागभई आएका योजनाहरुकोसंकलन गरी गाउँपालिका स्तरीय योजना बैंक बनाइएकोमा त्यस्ता योजनाहरुलाई प्राथमिकताको आधारमा क्रमश सञ्चालनगर्दै लगिनेछ ।
ड।    यस गाउँपालिकाकाविभिन्नवडाहरुका दुरदराजमाछरिएर रहेका तथा जोखिममा रहेका घरधुरीहरुलाई समेत विकासको मुलप्रवाहमाल्याउनत्यस्ता बस्तीहरुलाई स्थानान्तरण गरी एकिकृत बस्ती विकास गर्न एकिकृत वस्ती विकास गुरुयोजनानिर्माण गरी अघिबढिनेछ ।
ढ।    गाउँपालिकाक्षेत्रभित्र रहेका प्रत्येक घरधुरीलाई समावेस गराएर टोलविकास संस्थागठनकार्यलाई निरन्तरतादिइनेछ ।साथै त्यस्ताटोल विकास संस्थालाई गाउँपालिकाको समग्र विकासमा सहचारीको रुपमाक्रमशअघिबढाइनेछ  ।
ज्ञण्।    गाउँपालिकाको प्रथम आवधिक योजना ९आ।व। २०७७।७८(२०८१।८२०तयार भईसकेकोमा उक्त आवधिक योजनासङ्ग समन्वय हुनेगरी वार्षिक योजनाहरु तय गरिनेछन् ।
ज्ञज्ञ।    गाउँपालिकामा विकास योजना सञ्चालन गर्दा वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण गर्दै योजना कार्यान्वयन गर्नका लागि नीतिगत तथा कानुनी व्यवस्थाको साथ अघि बढिने छ ।
ज्ञद्द।    सुरक्षित आप्रवासन कार्यक्रमलाई गाउँपालिकाको सबै वडाहरुमा विस्तारको रणनीति अवलम्बन गरिने छ ।
ज्ञघ।    १५ वर्ष भन्दा बढी अवधि कार्य गरेका निजी, राहत करार, वालविकास शिक्षक तथा कर्मचारीलाई अवकाश हुँदाको बखत कार्यविधि बनाई सुविधा उपलब्ध गराइने व्यवस्था गरिने छ ।
ज्ञद्ध।    गाउँपालिकाका निर्वाचित प्रतिनिधि र कार्यरत कर्मचारीहरुको क्षमता अभिवृद्धि, नेतृत्व विकास र विषयगत ज्ञान बढोत्तरी गर्दै सक्षम र व्यावसायिक जनशक्ति निर्माणमा जोड दिइने छ । साथै कर्मचारीहरुलाई उचित प्रोत्साहनको नीति अवलम्वन गरिने छ ।
ज्ञछ।    स्थानीय तह स्थापना भए पश्चात संघीय व्यवस्था संस्थागत गर्नका लागि यस गाउँपालिकाले विभिन्न ऐन, नियम, निर्देशिका तथा कार्यविधिहरु निर्माण गरि कार्यान्वयनमा ल्याएको छ । संवैधानिक प्रावधान अनुरुप स्थानीय तहको एकल अधिकार र साझा अधिकार सूचीमा रहेका विषयहरुसँग सम्बन्धित बाँकी रहेका आवश्यक कानुनहरु क्रमशस् निर्माण गरिने छ । हालसम्म तर्जुमा भएका कानुनहरुको कार्यान्वयन प्रभावकारिताको अध्ययन गरिने छ ।

क्षेत्रगत नीति तथा आधारहरु
आर्थिक विकास
ज्ञ।    कृषितथापशुपालन क्षेत्र यस गाउँपालिकाको तुलनात्मकलाभको क्षेत्र भएकोले कृषि क्षेत्रको आधुनिकीकरणविविधिकरणतथाव्यवसायीकरणबाटमात्र यस गाउँपालिकाको समुन्नती सहजहुने भएकोले कृषि क्षेत्रको विकासमाआवश्यकपहल गरिनेछ ।
द्द।    कृषितथापशुपालन क्षेत्रमाआवश्यकअनुदानको व्यवस्थागर्ने कार्यलाई निरन्तरतादिइनेछ । उत्पादितकृषिजन्यतथापशुजन्यउपजको सहजबजार पहुँचलाई सुनिश्चीत गरिनेछ ।
घ।    पशुपालनतथा कृषिको लागिठुलाआकारका कृषि केन्द्रको स्थापनाको लागि सम्भाव्यताअध्ययन गरिनेछ ।
द्ध।    कृषि क्षेत्रलाई स्थानीय उत्पादनको प्रमुख क्षेत्रको रुपमा विकास गरिनेछ । सिँचाइ, मल खाद्य, विउ विजनको उपलब्धतामा जोड दिइनेछ । पशुजन्य उत्पादनका कार्यक्रमलाई प्रोत्साहन दिइनेछ ।
छ।    गाउँपालिका भित्र रहेका पर्यटकीय क्षेत्रहरुको पहिचान गरी पर्यटन प्रवर्धन गर्न पर्यटन गुरुयोजना निर्माण गरी अघि बढिनेछ ।
ट।    गाउँपालिका स्तरमा होम स्टे निर्माणको लागि सम्भाव्यता अध्ययन तथा निर्माणको प्रकृया अगाडी बढाइनेछ ।
ठ।    कोभिड(१९ को महामारी लगायतका कारण वैदेशिक रोजगारी तथा अन्य क्षेत्रबाट यस पालिकामा फर्किएका स्थायी बासिन्दालाई कृषि पेशामा आवद्ध गराउने कार्यलाई विशेष जोड दिइनेछ।साथै वैदेशिक रोजगारीबाट फर्किएका र अन्य बरोजगार यूवाहरुलाई उद्यम व्यवसाय सञ्चानलनकोलागि छुट्टै कोष सञ्चोलन गरिनेछ।
ड।    गाउँपालिका क्षेत्रमा तरकारी उत्पादन तथा बजारीकरणमा बढोत्तरीका निम्ति तरकारी उत्पादक किसानको लागि प्रोत्साहनको नीति अवलम्बन गरिने छ । 
ढ।    कृषि ऋण कोष व्यवस्थापन गरी व्यवसायिक कृषि कार्यलाई प्राथमिकता दिइनेछ ।
ज्ञण्।    एक वडा एक लगु उद्यम कार्यक्रम सञ्चालन गरिनेछ ।
ज्ञज्ञ।    खाद्य तथा पोषण सुरक्षा सुनिश्चितताका लागि कृषि, पशुपंक्षी तथा मत्स्य क्षेत्रको व्यवसायिकीकरण र बजारीकरण मार्फत यस गाउँपालिकालाई प्रमुख कृषि उपजहरुमा आत्मनिर्भर बनाउँदै लगिने छ । साथै बाँझो जग्गामा खेतीका लागि प्रोत्साहनको नीति अवलम्बन गरिने छ ।
ज्ञद्द।    सम्भाव्य फलफूल, तरकारी तथा खाद्यान्न बालीको उत्पादन र उत्पादकत्व वृद्धि गरिने छ ।साथै उच्च तथा नवीनतम प्रविधियुक्त संरचनामा गरिने खेतीलाई निरन्तरता दिइने छ ।
ज्ञघ।    दुग्ध उत्पादन गर्ने कृषकहरुलाई प्रोत्साहन गर्न प्रतिफलमा आधारित प्रोत्साहन प्रणालीलाई निरन्तरता दिइने छ ।
ज्ञद्ध।    सिञ्चित क्षेत्र विस्तार गरी कृषि उत्पादनमा वृद्धि गर्न लिफ्ट सिँचाइ, डिप बोरिङ, साना सिँचाइ, प्लास्टिक पोखरी जस्ता कार्यक्रमलाई निरन्तरता दिइने छ ।
ज्ञछ।    प्रमुख खाद्यान्न बालीको गुणस्तरीय उन्नत बिउ उपलब्धता वृद्धि गर्नुका साथै स्थानीय रैथाने जातिका बिउहरुको संरक्षण तथा प्रवर्धन गरिने छ ।
ज्ञट।    प्राङ्गारिक मल उत्पादन, प्राङ्गारिक खेती र सोको उपयोग गर्न तथा उत्पादनको बजारीकरणका लागि प्रोत्साहन र प्रवर्धनात्मक कार्यक्रमहरु सञ्चालन गरिने छ ।
ज्ञठ।    पशुपंक्षीहरुमा लाग्ने विभिन्न सङ्क्रामक रोगहरु विरुद्ध खोपको सुनिश्चितता गरिने छ । रैथानेरस्थानीय जातका पशुपंक्षीहरुको उत्पादनमा जोड दिँदै आनुवांशिक स्रोत संरक्षण, प्रवर्धन र सदुपयोग गरिने छ ।
ज्ञड।    सहकारी क्षेत्र नेपाल सरकारको ३ खम्बे अर्थनीति मध्येको एक प्रमुख खम्बा भएकोले सहकारी क्षेत्रको प्रवर्धन तथा विकासको लागि आवश्यक पहल गरिनेछ ।
ज्ञढ।    सहकारी संस्थालाई थप व्यवस्थित गर्न सहकारी सम्बन्धी विभिन्न कार्यक्रमतथा कृयाकलापहरुलाई  निरन्तरता दिइनेछ।
द्दण्।    सहकारी एकीकरण नीतिलाई प्राथमिकता दिइनेछ।
द्दज्ञ।    निष्कृय रहेका सहकारीहरुलाई सकृया बनाउन पहल गरिने छ । सकृया हुन नसकेका सहकारी संस्थाहरुलाई विघटनको प्रकृया अगाडी बढाईने छ ।
द्दद्द।    सहकारी संस्थालाई व्यवस्थित रुपमा अगाडी बढाउनका लागि एक वडामा एकै प्रकृतिका सहकारी संस्थाहरु एक भन्दा बढी दर्ता नहुने गरि व्यवस्था मिलाइने छ । 
द्दघ।    कृषि सहकारी नभएका वडाहरुमा कृषि सहकारी निर्माणको लागि प्रोत्साहन गरिने छ । बचत तथा ऋण सहकारी र बहुउद्देश्य सहकारीको कार्यक्षेत्र विस्तारलाई प्राथमिकता दिई सेवा पुर्याउन बाँकी रहेका क्षेत्रमा नयाँ सहकारि दर्ताको लागि पहल गरिने छ ।
समाजिक विकास
स्वास्थ्य
ज्ञ।    मौलिकहकको रुपमा रहेकोगुणस्तरीयनिशुल्कआधारभुत स्वास्थ्य सेवालाईसुरक्षित प्रसूति सेवा सहितकोन्युनतम सेवा मापदण्ड अनुसारको सेवा सम्पूर्ण वडाका स्वास्थ्य संस्थाहरुमार्फत निरन्तर रुपमा प्रदान गरिनेछ।
द्द।    गाउँपालिका स्तरमा कम्तिमाएउटा१५ शैयाको अस्पताल रहने प्रावधान रहेकोमा छतिवनप्राथमिक स्वास्थ्य केन्द्रलाई नै १५ शैयाको बकैया अस्पतालको रुपमा स्थापना गरि भवननिर्माणको लागि डिपिआर तयार गरि ठेक्काप्रकृया मार्पmत भवननिर्माण कार्य अगाडी बढाइने छ ।
घ।    नेपाल सरकारको नीतिको रुपमा रहेको नो होम डेलिभरी कार्यक्रमलाई यस गाउँपालिकाले समेत आत्मसात गरी सफलपार्न आबश्यकताअनुसार बर्थिङ्ग सेन्टरहरुव्यवस्थित गरी आवश्यकता अनुसार थपगरिनेछ ।नो होम डेलिभरीलाई बढावा दिनगर्ववतीलाई निःशुल्क भिडियो एक्सरे सेवा, यातायात सुविधालगायत सेवाग्राहीहरुलाई प्रोत्साहन गर्ने विविध कृयाकलापहरु सञ्चालन गरिने छ।
द्ध।    २४ घण्टे आकस्मीक सेवालाई नियमीत र प्रभावकारी बनाउनुका साथै पोषण सम्बन्धिकार्यक्रमहरुलाई बहुक्षेत्रियलगानीका रुपमा निरन्तरताएवं पूर्ण पोषणयुक्त गाउँपालिका, पूर्ण खोप, पूर्ण संस्थागत प्रसूति बनाउनुका साथैपरिवार नियोजनकालामो समयका साधनको प्रयोग दरलाई बढाई कुल प्रजनन् दरमाकमी ल्याइनेछ। प्रस्तुत सेवाहरुलाई प्रभावकारी बनाउनएम्बुलेन्स सेवाविस्तार गर्नुका साथै दुर्गम क्षेत्रको लागि स्ट्रेचरको व्यवस्था समेत गरिनेछ ।
छ।    महिला स्वास्थ्य स्वयंसेबिकाहरुकोकार्यलाई प्रभावकारी बनाइनेछ।महिला स्वास्थ्य स्वयंसेविका कोषलाई कार्यविधि बनाई व्यवस्थित गरिनेछ । साथैक्षमताअभिवृद्धि गरी आवश्यकप्रोत्साहन सहितमहिला स्वास्थ्य स्वयंसेविकाकार्यक्रमलाई प्रभावकारी बनाउने कार्यलाई निरन्तरतादिइनेछ । 
ट।    क्षयरोग,भिटामिन ए, विद्यालय स्वास्थ्यशिक्षा ,अन्तक्र्रिया, स्वास्थ्य सम्बन्धीजनचेतनालगायतकाथपकार्यक्रमहरु संचालन गरी स्वास्थ्यकाबिषयवस्तुमासबै नागरिकहरुलाई सुसुचित गराईनेछ ।
ठ।    सरुवा रोगको साथसाथै नसर्ने रोगहरुको रुग्ण दरमा कमी ल्याउने कार्यक्रमहरुलाई निरन्तरता दिइनेछ।
ड।    कोभिड(१९ को महामारीलाई मध्यनजर गर्दै कोभिड(१९ विरुद्धको खोप कार्यक्रमलाई वढावा दिने, स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहित गर्ने, स्वास्थ्य सामाग्रीहरुको अभाव हुन नदिनुको साथै आइसोलेसन कक्षलाई व्यस्थित गरिने छ ।
ढ।    गाउँपालिकाका बिरामीहरुको लागि आवश्यक रगतको व्यवस्थापन पालिकाबाट निस्शुल्क रुपमा गरिने व्यवस्थालाई निरन्तरता दिइनेछ ।
ज्ञण्।    गाउँपालिकाका विभिन्न स्वास्थ्य संस्थाहरुमा अक्सिजनको व्यवस्था गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
ज्ञज्ञ।    औषधी उपचारको क्रममा आर्थिक समस्यामा परेका हरुको लागि आवश्यक कार्यविधि तयार गरि आर्थिक सहयोगको व्यवस्था मिलाईने छ ।
ज्ञद्द।    जिल्ला समन्वय समिति मकवानपुरसँगको समनव्य र जिल्लाका अन्य स्थानीय तहसँगको लागत साझेदारीमा सरुवा रोग उपचारका लागि जिल्ला स्तरमा छुट्टै अस्पताल स्थापना गरिने छ ।
ज्ञघ।    गाउँपालिका स्थित विभिन्न सामुदायिक स्वास्थ्य इकाई तथा बर्थिङ्ग सेन्टरहरुलाई स्तरोन्नतीको नीति अवलम्बन गरिने छ ।
ज्ञद्ध।    गाउँपालिकामा स्थापित आयुर्वेद औषधालयलाई भौतिक पूर्वाधारको व्यवस्थापन लगायत थप सुदृढिकरणको व्यवस्था मिलाइने छ ।


शिक्षा
ज्ञ।    सामुदायिकतथा संस्थागतबिद्यालयको शिक्षाको बिचमा देखिएको खाडलकम गर्नशैक्षिकशत्र २०७६ देखी शुरु भएको केहीविद्यालयहरुकाआधारभुततहमाअंगे्रजीमाध्यमबाटपठनपाठनगर्ने विद्यालयको सङ्ख्या विस्तार गरिनेछ ।
द्द।    सामुदायिकबिद्यालयकाशिक्षकहरुलाई बालमैत्रीपठनपाठन सम्बन्धीक्षमताबिकास तालिम संचालन गरि बालमैत्रीकक्षाको ब्यवस्थापन गर्नुका साथै बिषयशिक्षकहरुको समुहमागाउँपालिका स्तरमा शिक्षणसिकाई सम्बन्धिनमुनाकक्षाको ब्यवस्था गरिनेछ ।
घ।    विद्यालयब्य वस्थापन समिति, शिक्षकअभिभावक संघकापदाधिकारीहरु ,प्रारम्भिकवालविकास सहजकर्ता, प्रधानाध्यापक , बिषयशिक्षक,गाउँशिक्षा समितिहरुलाई आ–आफ्नो भुमिका , उत्तरदायित्व,शिपविकास लगायतजिम्मेवारी वहन गराउनतालिम सेमिनार गोष्ठीहरु संचालन गरिनेछ । 
द्ध।    बिद्यालयबाहिर रहेकाबालबालिकाहरुलाई बिद्यालयशिक्षामाल्याउनकालागिबिशेष प्रोत्साहनकार्यक्रम संचालन गरिनेछ।
छ।    स्रोतविद्यालय, सामुदायिकबिद्यालय र अन्यबिद्यालयहरुमाभौतिकपुर्वाधार, बिज्ञानप्रयोगशाला, जनशक्तिलगायतको उचितब्यवस्थापन गरिनेछ ।
ट।    प्रत्येकवडाकाकम्तीमा १(१ विद्यालयलाई नमूनाविद्यालयको रुपमाविकसित गरी अघिबढिनेछ ।
ठ।    आवासीय विद्यालयहरुको शुरुवात गरिनेछ।
ड।    कोभिड(१९ बाट भएको शैक्षिक क्षति न्यूनिकरणका लागि सिकाई प्रवर्द्धन कार्यक्रम सञ्चागलन गरिनेछ।सो को लागि वैकल्पिक शिक्षण सिकाई पहिचान तथा कार्यक्रम गरिनेछ।
ढ।    गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालयहरुमा विधार्थी संख्याको आधारमा शिक्षक दरवन्दी मिलान कार्यलाई निरन्तरता दिइनेछ । साथै दरवन्दी मिलान गर्दा समेत दरवन्दी अपुग भएको अवस्थामा कार्यविधी निर्माण गरी त्यस्ता विद्यालयहरुलाइ विशेष अनुदान दिने मार्गमा अघि बढिनेछ ।
ज्ञण्।    विद्यार्थी सङ्ख्या को आधारमा विद्यालय समायोजनको नीति लिईनेछ।
ज्ञज्ञ।    प्रसूति सट्टा् शिक्षक व्यवस्थापनलाई निरन्तरता दिइनेछ।
ज्ञद्द।    गाउँपालिका भित्रका सामूदायिक विद्यालय सवलीकरण नीति अवलम्बन गरिनेछ।
ज्ञघ।    हरित विद्यालयको अवधारणालाई निरन्तरता दिइनेछ ।
ज्ञद्ध।    बालमैत्री विद्यालय र विद्यार्थी सिकाउ टिकाउ कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
ज्ञछ।    प्राविधिक शिक्षा तथा उच्च शिक्षाका लागि जेहेन्दार छात्रवृत्ति कार्यक्रम निरन्तर रुपमा सञ्चाछलन गरिनेछ।
ज्ञट।    गाउँपालिका भित्र प्राविधिक शिक्षा निस्शुल्क उपलब्ध गराइनेछ।
ज्ञठ।    बालमैत्री कार्यक्रमहरु सञ्चािलनको लागि बालकोषको स्थापना गरि सञ्चािलन गरिनेछ।
ज्ञड।    स्थानीय पाठ्यक्रम निर्माण गरि कार्यान्वयनमा ल्याईने छ ।
ज्ञढ।    कक्षा ११ र १२ सञ्चालित सामुदायिक माद्यामिक विद्यालयलाई थप अनुदानको व्यवस्था गरिने छ ।
द्दण्।    बाल विकास शिक्षक ताथ विद्यालय कर्मचारीहरुको तलबमान संघीय सरकारको नीति अनुरुप कार्यान्वयन गरिदैँ लगिने छ ।
द्दज्ञ।    जहाँ विद्यार्थी त्यहाँ शिक्षक भन्ने नारालाई सार्थक बनाई शैक्षिक गुणस्तर अभिवृद्धि गर्न विषयगत, तहगत शिक्षक, कर्मचारी, वालविकास शिक्षक व्यवस्थापन गरिने छ ।
द्दद्द।    स्रोत शिक्षकको व्यवस्थापनलाई निरन्तरता दिइने छ ।
खानेपानीतथा सरसफाई
ज्ञ।    स्वच्छखानेपानीमाथी सबैको पहुँच सुनिश्चित गरिनेछ । जसकालागि १ घर १धारानीतिअबलम्बन गरि लागु गरिनेछ।
द्द।    हरेकवडाको एक बस्तीलाई सरसफाईमा नमुना बस्तीको रुपमाबिकसित गर्न आवश्यकपहल गरिनेछ ।
घ।    गाउँघर सरसफाईको नीति अवलम्बन गरिनेछ ।
द्ध।    गाँउपालिका स्तरमा नै जलस्रोत समिति दर्तालाई निरन्तरता दिइने छ ।
छ।    गाँउपालिका भित्र खानेपानीको स्वच्छता परिक्षण कार्यलाई अगाडि बढाइनेछ ।
ट।    गाउँपालिका भित्रको फोहोर मैला व्यवस्थापनको लागि निश्चत क्षेत्र तोकि व्यवस्थित गरिनेछ । 
भाषा, साहित्यतथा संस्कृतिप्रवर्धन
ज्ञ।    स्थानीयभाषा, कला साहित्य संस्कृती पुरातात्विकतथा ऐतिहासिक सम्पदाको संरक्षण सम्वद्र्धन गरी आन्तरिक पर्यटनप्रवद्र्धनमा जोड दिईनेछ ।
द्द।    बकैयाठाकुर मन्दिर पर्यटकियपार्क र गौतम बुद्ध  पर्यटकीयपार्क, धनेश्वर पर्यटनपार्क, लटरम्मेश्वर महादेव मन्दिर, लगायतअन्य स्थानमा पर्यटन क्षेत्रको विस्तार गरिनेछ ।
घ।    अति सिमान्तकृत तथा लोपोन्मुख आदिवासी जनजातीहरुको संस्कृति संरक्षण तथा प्रवर्द्धनका लागि संग्रहालय निर्माणको लागि जोड दिइनेछ ।
द्ध।    गाउँपालिका स्तरीय प्रज्ञा प्रतिष्ठान निर्माणको प्रकृया अगाडी बढाइनेछ ।

लैङ्गिक समानता र समावेशीकरण
ज्ञ।    बलबिवाहन्युनीकरणगर्न सम्बन्धीतनिकाय सँग सहकार्य गरी आवश्यकपहल गरिनेछ ।
द्द।    लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण प्रवर्द्धन गर्न महिला, वालवालिका, दलित, आदिवासी जनजाति, जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरुको सशक्तीकरण गर्न आवश्यक क्षमता विकासका कार्यक्रमहरू संचालन गरीनेछ ।
घ।    महिलाहरुलाईसीपमूलकतालिमप्रदान गरी क्षमताअभिवृद्घी गरी उनीहरुलाई आर्थिक रुपमाआत्मनिर्भर बनाउनआवश्यककार्यक्रम संचालन गरिनेछ ।
द्ध।    लैंगिक हिंसा न्यूनिकरणकालागि सरोकारवालानिकायहरुसँग अन्तरक्र्रिया कार्यक्रम संचालन गरिनेछ । किशोरीहरुको क्षमताअभिवृद्घी कार्यक्रम संचालन गरिनेछ ।
छ।    विशेष अवस्थामा रहेका गर्भवती, वृद्ध र बालबालिकालाई आवश्यक सेवा प्रदान गरिनेछ।
ट।    अपाङ्ग परिचयपत्रवितरण गर्नुका साथै अपाङ्गताभएकाब्यक्तिहरुकालागिसहायक सामाग्रीउपलब्ध गराउने तथासीपबिकास तालिम संचालन गरिनेछ ।
ठ।    अपाङ्ग, दलित, आदिवासी जनजाति, अल्पसङ्ख्यक, सिमान्तिकृत समुदायको सशक्तीकरणको लागि आवश्यक कार्यक्रम संचालन गरिनेछ ।उक्त समुदायलाई रोजगार लगायतका अवसरहरुमा प्राथमिकताको नीति अवलम्बन गरिनेछ ।
ड।    सहयोगापेक्षी सडक मानवमुक्त अभियानलाई अन्य निकायहरुसँगको समन्वय तथा सहकार्यमा निरन्तरता दिइने छ ।
ढ।    गाउँपालिकाका बालबालिका तथा युवालाई लक्षित गरी लागु औषध दुर्व्यसन, जातीय विभेद, सामाजिक कुरीति, यौनिक तथा घरेलु हिंसा, मानव वेचविखन र विद्युतीय अपराध विरुद्ध सचेतना अभियान कार्यक्रम सञ्चालन गरिने छ ।
ज्ञण्।    अति विपन्न महिलाहरुलाई प्रविधि हस्तान्तरण कार्यक्रम सञ्चालन गरिने छ ।
ज्ञज्ञ।    महिलाहरुको आर्थिक सशक्तिकरणका लागि विभिन्न आयआर्जनका कार्यक्रम सञ्चालन गरिने छ ।
ज्ञद्द।    महिला मात्र उपभोक्ता रहेका उपभोक्ता समितीलाई बढी प्राथमिकता दिइनेछ ।
ज्ञघ।    वडाहरुमा मनोविमर्शकर्ताको व्यवस्था गरिनेछ।
ज्ञद्ध।    बाल श्रम न्यूनिकरण गर्न विशेष कार्यक्रम सञ्चालन गरिनेछ।


खेलकुद तथा मनोरन्जन
ज्ञ।    खेलकुद क्षेत्रको विकास मार्फत यस गाउँपालिकालाइ जिल्ला, राष्ट्रियतथा अन्तराष्ट्रिय स्तरमा परिचित गराउन आवश्यक खेलकुद कार्यक्रमहरु संचालन गरिनेछ । साथै खेलाडीहरुको आवश्यक क्षमता विकासमा जोड दिइनेछ ।
द्द।    गाउँपालिका स्तरीय खेलकुद विकास समिति लाई व्यवस्थित गरिने छ ।
घ।    गाँउपालिका स्तरीय कभर्ड हलको निर्माण कार्यलाई प्राथमिकताको साथ अगाडी बढाइने छ । साथै खेलाडीहरुको लागि आवश्यक प्रशिक्षणको लागि प्रशिक्षकको व्यवस्था गरिनेछ ।
द्ध।    खेलकुद क्षेत्रको विकास र विस्तारका लागि खेलकुद क्षेत्रका विभिन्न सँस्थाहरुसङ्ग समन्वय गरि अघि बढिनेछ ।
छ।    जिल्लाका अन्य स्थानीय तहहरुसँगको लागत साझेदारीमा सञ्चालन हुँदै आएको स्थानीय तह सहिद स्मृती फुटबल कार्यक्रमको लागि गरिने लागत साझेदारीलाई निरन्तरता दिइने छ । गाउँपालिकामा सञ्चालन हुने बकैया कप फुटबललाई निरन्तरता दिइने छ । साथै फुटबल, भलिवल, क्रिकेट, कराँते, व्याडमिन्टन जस्ता खेलहरुलाई प्रोत्साहन गर्ने नीति अवलम्वन गरिने छ ।
ट।    हात्तीसुँडे स्थित निर्मित गाउँपालिका स्तरीय रंगशालालाई आवश्यक सुधार गर्दै लगिने छ ।
ठ।    एक वडा एक खेलमैदान निर्माण कार्यलाई निरन्तरता दिइने छ ।

पुर्वाधार विकास
बकैयागाउँपालिकाको रहर विकासमालहर भन्ने नारालाई निरन्तरतादिँदै देहायबमोजिमका पुृर्वाधार विकासकागतिविधि सञ्चालन गरिने छ ।
सडक निर्माण
ज्ञ।    गाउँपालीकाको केन्द्रबाटप्रत्येक वडाकेन्द्रसम्म निर्माण गरिएको सडकहरुलाई स्तरोन्नती गरिनेछ भनेप्रत्येक वडाकेन्द्र देखि प्रत्येक गाँउसम्मन्यूनतम मापदण्डअनुसारको सडक निर्माणकार्यलाई निरन्तरतादिइनेछ ।
द्द।    गाउँपालिका भित्र ट्रयाक ओपन भइसकेका सडकहरुलाइ बाह्रै महिना चल्ने बनाउन ती सडकहरुको स्तरोन्नतीमा आवश्यक पहल गरिनेछ । ती सडकहरुको विस्तृत आयोजना प्रतिवेदन तयार गरी क्रमानुगत तवरले स्तरोन्नती गर्दै लगिनेछ । साथै सडकहरु स्ल्याब ढलान र पिचको कार्यलाई प्राथमिकता दिइनेछ ।
घ।    गाउँपालिकाको पारवाहन गुरुयोजना तयार गरी गाउँपालिकाका सबै वडाहरुलाई व्यवस्थित तरीकाले सडक संजालमा जोड्ने कार्य अघि बढाइनेछ ।
द्ध।    विशेष महत्वका क्षेत्रहरु पर्यटन पार्क, विद्यालय लगायतका क्षेत्रमा सडक सञ्जासल सहज गराइनेछ।
छ।    ूबकैया बासीको आवश्यकता गोल सडकलाई प्राथमिकताू भन्ने अवधारणाको साथ विकास गतिविधि सञ्चालन गरिनेछ ।
ट।    गाउँपालिकामा निर्माण तथा स्तरोन्नती भएका सडकहरुको नियमित, आवधिक तथा आकस्मिक मर्मत सम्भार कार्यलाई योजनाबद्ध ढङ्गबाट कार्यान्वयन गरिने छ ।
ठ।    सडक निर्माणको कारणबाट सिर्जित भू(क्षय तथा पहिरो न्यनीकरणका लागि बायो इन्जिनियरिङ तथा सडक सौन्दर्यीकरणको लागि वृक्षारोपण कार्यलाई विशेष ध्यान दिइने छ ।
ड।    वातावरणीय परिक्षण गरेर योजना सञ्चालन गर्नका लागि वातावरण तथा प्राकृतिक स्रोत संरक्षण सम्बन्धी कानुनी व्यवस्था सहित कार्यान्वयन अगाडी बढाइने छ ।
ढ।    यस गाउँपालिका वडा नं। ७ भिरकोटमा बसपार्क निर्माण कार्यलाई अगाडी बढाइनेछ ।

विद्युतीकरण
ज्ञ।    यस बकैया गाउँपालिकाका सबै वडाहरुमा विद्युत सेवा उपलब्ध गराउने कार्यलाई निरन्तरता दिइनेछ । साथै हालसम्म विद्युत नपुगेका क्षेत्रहरुलाई पहिलो प्राथमिकतामा राखिने छ  ।
द्द।    बकैया गाँउपालिका वडा नं। ४ भिमसेन दमारमा निर्माणाधिन सव स्टेशनलाई छिटो निर्माण गर्न सम्बन्धित निकायमा पहल गरिने छ ।
घ।    गाउँपालिकाको विभिन्न क्षेत्रहरुमा विद्युत सेवा उपलब्धतामा सहजताका लागि फ्यूज शाखा स्थापनाको लागि आवश्यक पहल गरिने छ ।
पुलतथाझोलुङ्गेपुल
द्ध।    बकैयागाउँपालिकाभित्रआवश्यकताअनुसार पक्की,बेलिबृज तथा झोलुङ्गे पुलको निर्माणको लागिप्रदेश तथा संघ सँग समन्वय गरी अघिबढिनेछ ।

भवन तथा शहरी विकास
ज्ञ।    भवन निर्माणलाइ व्यवस्थित गर्न गाउँपालिकाको शहरी विकास मापदण्ड तथा भवन निर्माण संहिता लागु गरिनेछ। साथै व्यवस्थित शहरीकरणलाई प्राथमिकता दिइ सोहि बमोजिम गुरुयोजना निर्माण गरी अघि बढिनेछ ।
द्द।    जोखिम बस्तीहरुको पहिचान गरि आवश्यकता अनुसार स्थानान्तरणका लागि पहल गरिनेछ।
घ।    घर नक्सा पासको लागि कार्य अगाडी बढाइने छ ।
सिचाँइ
ज्ञ।    गाउँपालिकाको पहुँचमा रहेका सिंचाई आयोजनाहरुलाई निरन्तरता दिइनेछ।
द्द।    गाउँपालिका भित्र संचालन गर्न सकिने बृहत सिचाइ परियोजनाहरुको विस्तृत आयोजना प्रतिवेदन तयार गरी आवश्यक बजेट व्यवस्थाको लागि संघीय तथा प्रदेश तथा पहल गरिनेछ ।


वातावरण तथा विपद व्यवस्थापन
ज्ञ।    गाउँपालिकाबाट सडक निर्माणलगायतकाविकास निर्माणकार्य संचालनगर्दा आवश्यकता अनुसारवातावरणीयप्रभावमुल्यांकन गरी वातावरण मैत्रीबनाइनेछ ।
द्द।    चट्याङ्गको सुरक्षाकालागिअति संवेदनसिल क्षेत्रमालाइटिङ्ग एरेष्टरको प्रयोग गरी चट्याङ्गबाटवर्षेनीभइरहेको मानवियक्षतिलाई न्युनिकरण गर्ने कार्यलाई निरन्तरतादिइनेछ ।
घ।    सामुदायिकवनहरुसँगको सहकार्यमा वनतथाजलाधार क्षेत्रको संरक्षण गरिनेछ ।
द्ध।    घरबाटनिस्कने फोहोर व्यवस्थापनको लागिकन्टेनरहरुको व्यवस्थापनगर्दै फोहोरको उचितव्यवस्थापन समेतमाध्यान पु¥याईनेछ । गाउँपालिकाकाविभिन्न स्थानहरुमा सार्वजनिकशौचालयहरुको व्यवस्थाको लागिआवश्यकअध्ययन गरिनेछ ।
छ।    एक घर दुर्ई फलफुलविरुवाकार्यक्रमलाई व्यवस्थित गरिनेछ ।
ट।    समृद्ध र हराभरा बकैया गाँउपालिकाको नारा सहितदिगो विकासलाई मध्यनजर गर्दैविकास गतिविधि सञ्चालन गरिनेछ ।
ठ।    वर्तमान कोविड १९ को महामारीलाई मध्यनजर गर्दै स्वास्थ्य संस्थामा पर्याप्त िमात्रामा औषधी व्यवस्थापन तथा आवश्यकता अनुसार आइसोलेसन कक्ष व्यवस्थापन गरिनेछ।
ड।    बाढी, पहिरो, चट्याङ, हावाहुरी, आगलागी लगायतका प्रकोप पिडितहरुलाईआवश्यक सहयोग गरिनेछ।
ढ।    जोखिम वस्तीहरुको पहिचान गरि आवश्यकता अनुसार स्थानान्तरण गरिनेछ ।

संस्थागतविकास सेवाप्रवाह र शुसासन
ज्ञ।    बकैयागाउँपालिकाको सेवाप्रवाहलाई चुस्त दुरुस्त र सहजबनाउनगाउँपालिकाको स्थायी प्रशासकिय भवनको निर्माण कार्यलाई प्राथमिकताको साथ शुरुवात गरिनेछ ।
द्द।    गाउँपालिकाभित्रका सबै कार्यालयहरुमाआबश्यकताअनुसार कर्मचारीहरुको व्यवस्था गर्ने र सेवाप्रवाहलाई प्रभावकारी बनाउनआवश्यकपुर्वाधार, ईन्टरनेट प्रणाली, सूचनाप्रणालीको बिकास गर्दै जनप्रतीनिधीतथाकार्यालयकाकर्मचारीहरुलाई क्षमताबिकासकाकार्यक्रमहरु लाई निरन्तरतादिइनेछ ।
घ।    वित्तियव्यवस्थापनको जवाफदेहिता र क्षमतामाअभिबृद्धि गर्न लेखाङ्कनप्रणालीलाई चुस्त दुरुस्त र कम्प्युटराईज गरिनेछ।
द्ध।    कार्यक्रमतथा बजेटको आयव्ययविवरण सजिलै देखिने ठाउँमाटाँस गर्नुका साथै सार्वजनिक सुनवाई कार्यक्रमनियमितरुपमा सञ्चालन गरिनेछ ।
छ।    सामाजिक सुरक्षाभत्तावितरण बैकिङ्गप्रणालीमार्फत गर्नेकार्यलाई निरन्तरतादिइने छ । साथै यस गाउँपालिकाबाटहुने सम्पुर्ण कारोवारहरु बैकिङ्गप्रणालीमार्फत गरिने छ।
ट।    सार्वजनिकखरिद प्रणालीलाई प्रतिस्पर्धी, पारदर्शी र गुणस्तरिय बनाउदै लगिनेछ ।
ठ।    समिक्षा, सार्वजनिक सुनुवाई, सामाजिक परिक्षण जस्ता सुशासनलाई प्रवर्धन हुने कार्यक्रमहरु सञ्चालन गरीनेछ ।
ड।    भ्रष्टाचारजन्यक्रियाकलापप्रतिशुन्य सहनसिलताको अवधारणामार्फत शुसासनमा टेवा पु¥याईनेछ।बेरुजुलाई नियन्त्रण गर्न आन्तरिक नियन्त्रणप्रणालीलाई प्रभावकारी बनाईनेछ ।
ढ।    पञ्जिकरणलाई व्यवस्थित गर्न अनलाईनमा आधारित घटना दर्ता कार्यलाइ सबै वडाबाट संचालन गरिनेछ ।
ज्ञण्।    गाउपालिकाको पाश्वचित्र, श्रोत नक्सा र विकास गतिविधि सम्वन्धी समेटिएको वृत्तचित्र निर्माणजस्ता कार्यलाई निरन्तरता दिँदै गाउँपालिकाको वास्तविक दर्पण जानकारी गराईनेछ । 
ज्ञज्ञ।    सेवा प्रवाहमा सहजता ल्याउन गाउँ कार्यपालिकाको कार्यालय तथा वडा कार्यालयहरुलाई फर्निचर, कम्प्युटर तथा मेसिनरी औजारले सुसज्जित गरी सेवा प्रवाहलाई चुस्त र दुरुस्त बनाइनेछ ।
ज्ञद्द।    दीगो र भरपर्दो आयका स्रोतहरु मार्फत राजश्व संकलन र त्यसको समुचित परिचालनविना स्थानीय स्वायत्तताको प्रवर्धन सम्भव छैन ।थप राजस्वका क्षेत्र पहिचान गरि दायरा विस्तार गर्ने प्रयास गरिनेछ ।
प्रधानमन्त्री रोजगार कार्यक्रम
१।    प्रधानमन्त्री रोजगार कार्यक्रमलाई गाउँपालिकाको अन्य विकास योजना तथा कार्यक्रमहरुसङ्ग समन्वय गरि अगाडी बढाइनेछ।
२।    यस गाउँपालिका अन्तर्गत दर्ता भएका बेरोजगार व्यक्तीहरुलाई न्यूनतम रोजगारीको प्रत्याभूति गराउन कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना सञ्चालन गरि श्रममूलक आयोजना मार्फत समुदायको विकास संगै सामाजिक संरक्षणको प्रत्याभुति गराईनेछ ।
३।    युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना तथा कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना सञ्चालनलाई थप सशक्त रुपमा कार्यान्वयन गरिनेछ ।
४।    नेपाल सरकारको नीति बमोजिम ूआफ्नो माटो चिनौँ, आफ्नै गाउँ बनाऔूँ स्वावलम्बन अभियान सञ्चालन गरि युवाहरुलाई रोजगारीको अवसर पहिचानमा सहजीकरण गरिनेछ ।
५।    प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनलाई थप प्रभावकारी बनाउन आवश्यकता अनुसार साझेदारी कोष निर्माण गरि सञ्चालन गरिनेछ । साथै नेपाल सरकारसङ्गको सहकार्यमा रोजगार सञ्चालन कार्यविधि निर्माण गरि लागु गरिनेछ ।


सूचना तथा सञ्चार
१।    गाउँपालिका स्तरमा बकैया एफ.एम. सञ्चालन, पत्रपत्रिका साथै अन्य सञ्चार सेवा सञ्चालनको लागि प्रकृया अगाडि बढाइनेछ ।

अन्य
१।    बकैया २ कालापानी धियालमा रहेको युरेनियमलाई केन्द्र र प्रदेश सरकारसङ्ग समन्वय गर्दै परिक्षणको कार्यलाई अगाडि बढाइनेछ ।
२।    खरको छानामुक्त गाँउपालिका निर्माणको लागि विपन्न वर्ग, द्वन्द्व पिडित, सहिद परिवार, सिमान्तकृत वर्गलाई प्राथमिकतामा राखेर जस्ताको छाना छाउने कार्यका लागि अनुदानको व्यवस्थालाई निरन्तरता दिइनेछ।
३।    सेवा प्रवाहलाई प्रभावकारी बनाउनको लागि गाउँपालिका तथा वडा कार्यालयहरुमा आवश्यक सफ्टवयेरको व्यवस्था गरिनेछ।
४।    राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग अन्तर्गत सञ्चालित सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना प्रणाली सुदृढिकरण कार्यक्रम सञ्चालन गरिनेछ ।

बजेट तथा कार्यक्रम
अव म आगामी आ।व। ०७८र ७९ मा संचालन गरिने प्रमुख कार्यक्रमहरू र विनियोजित बजेटविवरण प्रस्तुत गर्न अनुमती चाहन्छु ।
यस आवमा आयतर्फ नेपाल सरकारबाट वित्तीय समानीकरण अनुदान अन्तर्गत रु। १२ करोड ६२ लाख, सशर्त अनुदान तर्फ रु। द्द७ करोड ३८ लाख, राजश्व बाँडफाँड तर्फ ज्ञज्ञ करोड ३० लाख १२ हजार गरी कुल रु छ१ करोड ३ण् लाख १२ हजार प्राप्त भएको,
त्यस्तै बागमती प्रदेश सरकारबाटवित्तीय समानीकरण अनुदान अन्तर्गत रु। १ करोड ६लाख १० हजार, सशर्त अनुदान तर्फ रु ज्ञ करोड ६७ लाख ७९ हजार, राजश्व बाँडफाँड तर्फ ३ करोड ११ लाख ५३ हजार ७ सय १८ रुपैँया ९६ पैसा र समपूरक द्द करोड ९७ लाख ६४ हजार गरी कुल रु ड करोड ८३ लाख ६ हजार ७ सय १८ रुपैँया ९६ पैसा  प्राप्त भएको,
त्यस्तै,
यस गाउँपालिकाको आ।व। ण्ठ८।ठ९ को लागि राजस्व आय प्रक्षेपण रु। २ करोड ५० लाख ६० हजार,चालु आ।ब।को अनुमानित नगद मौज्दात रु। २० लाख गरी आन्तरिक श्रोत रु। २ करोड ७० लाख ६० हजार हुने अनुमान रहेकोमा आ।व। ण्ठ८।ठ९ को कुल बजेट रु ट२ करोड ८३ लाख ७८ हजार ७ सय १८ रुपैयाँ९६ पैसाकोहुने अनुमान रहेको छ ।
जसमध्ये खर्च तर्फ नेपाल सरकारबाट प्राप्त समानीकरण अनुदान तथा राजश्व बाँडफाँड,बागमती प्रदेश सरकारबाट प्राप्त समानीकरण अनुदान तथा राजश्व बाँडफाँड, आन्तरिक आय र चालु आव को मौज्दात समेत जम्मा रकम रु ३घ करोड ७७ लाख ९९ हजार ७ सय १८ रुपैँया ९६ पैसा रकम मध्येसंचालन खर्च तर्फरु। ७ करोड, र विकास बजेट तर्फ रु २ट करोड ७७ लाख ९९ हजार ७ सय १८ रुपैँया ९६ पैसा विनियोजन गरिएको छ ।
नेपाल सरकारबाट शशर्त अनुदान तर्फ प्राप्त रु। द्द७ करोड ३८ लाख तथा बागमती प्रदेश सरकारबाट शशर्त अनुदान तर्फ प्राप्त रु ज्ञ करोड ६७ लाख ७९ हजार रकम गरी जम्मा रु द्द९ करोड छ लाख ७९ हजाररकमलाई तत् तत् तहबाट नै तय भई आए बमोजिमखर्च गरिनेछ ।साथै बागमती प्रदेश सरकारबाट बाट प्राप्त समपुरक अनुदान रु।२ करोड ९७ लाख ६४ हजार रकमलाई प्रदेश सरकारसँगको सहकार्यमा योजनाहरु सञ्चालन गरिनेछ ।
विनियोजन गरिएको रकम मध्ये यस गाउँ कार्यपालिकाको कार्यालय, वडा कार्यालयहरुतथा विभिन्न विषयगत कार्यालय समेतको लागि संचालन खर्च तर्फ रु ठ करोड विनियोजन गरिएको छ । जुन संघ र प्रदेश बाट प्राप्त वित्तिय समानीकरण, राजश्व बाँडफाँड,वार्षिक अनुमानित राजस्व आय र गत वर्षको मौज्दात गरी कुल रकमको करिब द्दज्ञ५हुन आउँछ भने विकास बजेट तर्फरु द्दट करोड ७७ लाख ९९ हजार ७ सय १८ रुपैँया ९६ पैसा रकम ९करिब ठढ५०विनियोजन गरिएको छ।
यसरी विकास बजेट तर्फ छुट्याइएको रु द्दट करोड ७७ लाख ९९ हजार ७ सय १८ रुपैँया ९६ पैसा रकम मध्ये वडागत सिलिङको आधारमा १२ वटा वडा समितिको कार्यालयबाट टोल बस्तीस्तरहुँदै सहभागितामुलक तवरले ल्याइएका कुल आयोजना र कार्यक्रम अन्तर्गत रु। ६ करोड ३० लाख को विभिन्न विषयक्षेत्रमा विभिन्न आयोजना एवम् कार्यक्रमको लागि बजेट विनियोजन गरिएको छ । भने वडा समितिको कार्यालयद्वारा सिफारीस भइ आएका एवम् गाउँ कार्यपालिका र विभिन्न समितिहरुले आवश्यकता पहिचान गरेका भवन निर्माण, ठुला सडक आयोजना विषयगत शाखाका कार्यक्रम गाउँपालिकाको संस्थागत विकास लगायतका विभिन्न आयोजना तथा कार्यक्रमहरुमा  २ण् करोड ४७ लाख९९ हजार ७ सय १८ रुपैँया ९६ पैसा तपशिल बमोजिमको विषयगत क्षेत्र अन्तर्गत हुनेगरि वजेट तथा कार्यक्रम तर्जुमा समितीले थप छलफल गरि विनियोजन गरिनेछ ।

तपशिलस्
ड्ड    आर्थिक विकास
ड्ड    सामाजिक विकास
ड्ड    पूर्वाधार विकास
ड्ड    वातावरण तथा विपद व्यवस्थापन
ड्ड    संस्थागत विकास, सेवा प्रवाह र सुशासन
ड्ड    समपुरक कोष

आदरणीय सभाध्यक्ष महोदय,
आदरणीय गाउँसभा सदस्य ज्यूहरु

कोभिड(१९ महामारीको रोकथाम तथा नियन्त्रण गर्ने एवम् गाउँपालिकाभित्र महामारीबाट प्रभावित सम्पूर्ण नागरिकको सेवाङ्गीण हित गर्दै हालसम्म प्राप्त उपलब्धिलाई संस्थागत गर्दै विकास निर्माणलाई गति दिने अठोटका साथ आर्थिक वर्ष २०७८र७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छु ।
सम्मानित गाउँसभामा प्रस्तावित यस नीति तथा कार्यक्रमको कार्यान्वयन पश्चात् यस गाउँपालिकाको राजनीतिक, आर्थिक र सामाजिक व्यवस्थामा उल्लेख्य सुधार भई सामाजिक न्याय स्थापित हुने र नागरिकको जीवनस्तरमा सुधार हुने विश्वास गरिएको छ । नीति तथा कार्यक्रमको कार्यान्वयनमा यस गाउँपालिकालाई हितकारी संघ र संस्था तथा नागरिक समाजबाट अपेक्षित सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्दै राजनीतिक दल, राष्ट्रसेवक कर्मचारी, निजी, सहकारी र सामुदायिक क्षेत्र, श्रमिक वर्ग, नागरिक समाज, आमसञ्चार लगायत सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु। कोभिड(१९ महामारीको यस असमान्य अवस्थामा यस गाउँपालिकाका सम्पूर्ण नागरिकहरुवीच समन्वय समझदारी एवम् सहकार्यको आशा गर्दछु । 
धन्यवाद ।    
                                सरला बोलखे (उपाध्यक्ष)
मिति ः२०७८ सालअसार १०गते                         बकैयागाँउकार्यपालिका
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।