बकैया गाउँपालिकाभर फौजी किराले मकै सखाप,पालिकाद्वारा अनुगमन शुरु

  • Rupak Kaliraj |
  • हजुरको खवर |
  • शुक्रबार​, जेष्ठ ९ २०७७ प्रकाशित

बकैया गाउँपालिका वडा नम्बर ६ का मोतिलाल सिंगारले २५ गठ्ठा जग्गामा मकै खेती गरेका छन् । तर, उहाँले गरेको मकैमा फौजि किराको प्रकोप देखिएको छ । उहाँको मात्रै नभई बकैया गाउँपालिकाको अधिकाँश जंगामा किसानले गरेको मकै खेतिमा फौजी किराको प्रकोप देखिएपछि किसान चिन्तित बनेका हुन् । ‘मकै हुर्कदै छ । तर, किराले गुवो, पात सबै खायो । बर्ष भरी खाने मकै किराले सकेपछि के खाने होला’ सिंगारले भन्नु भयो,“‘केही गर्दा पनि किराले मकै खान छोडेको छैन ।”
कोरोना भाइरस संक्रमण हुने डरले किसान बजार पुगेर औषधी समेत ल्याउन सकेका छैनन् । विकट वस्तिका किसानले गरेको मकैले उपचार पाउन सकेको छैन् । वडामा अनुरोध गर्दा चासो दिने, अनुसन्धान गरिराको छौँ भन्नु हुन्छ तर यता बारीमा सखाप पारिसकेको छ ,उता पालिकाको अनुसन्धान कहिले सम्म भन्दै प्रश्न समेत गर्नु भयो ।
त्यस्तै वडा नम्बर ९ का प्रलाद दाहालले पनि १५ गठ्ठा जमिनमा मकै खेति गर्नु भएको छ । कृषि खेतिमा केहि गरौँ भनेर मकै लगाएको तर मकै फौजि किराले सखाप बनाईदिए पछि चिन्तित हुनुहन्छ् । केहि आर्गानिक मल समेत बनाएर हाल्दा नभएसी झन् चिन्ता बढेको उहाँले बताउनु भयो । कोरोनाले गर्दा कुनै काम गर्न समेत पाएको छैन् गाउँमै केहि गरौँ भनेर लाग्दा बारीमा गरिएको मकै सबै किराले खायो’उहाँले भन्नु भयो,‘अब भोक भोकै बस्ने दिन आउछ कि भनेर चिन्ताले सताउन थाल्यो ।’ स्थानिय सरकारलेले कृषकको लागि छिटो पहलीकदमी नचाल्दा कृषक झन् पिडामा रहेको बताउनु भयो ।
गाउँपालिका वडा नम्बर १, २, ६, ८ र ९ लगायतका वडामा १ हजार ८८ विगाह जमिनमा मकै खेति गरिएको छ । मकैमा फौजी किराको प्रकोपले गर्दा किसान छट्पटीमा छन् ।
यस विषयमा बकैया गाउँपालिका कृषि शाखाका प्रमुख शिव राज पौडेललाई सोध्दा पुतलीको माध्यमबाट सजिलै सर्नसक्ने फौजी किराको प्रकोप गाउँपालकिा देखा परेको र देखा पर्न साथ अनुगमन शुरु गरेको बताउनु भयो । 
कृषकको गुनासो आउन थालेपछि अनुगमनको लागि निस्किएको उहाँले बताउनुभयो । गुनासो आएका कृषकका खेतबारीमा गएर अनुगमन गरिरहेका छाँै । अनुगमन पछि पालिका बुझाएको रिपोर्टका आधारमा पालिकाले यस किराको नियन्त्रणबारे केही निर्णय गर्न सक्ने उहाँको भनाइ थियो । 
गत वर्ष धानमा देखि परेको यो प्रकोप यस बर्ष मकैमा परेको भन्दै यस तर्फ छिट्टै नै पालिकाले कृषकका लागि अनुदानका कार्यक्रम ल्याउने उहाँको भनाई रहेको छ । 

कृषि प्राविधिकको सल्लाह यस्तो छ
अमेरिकन फौजीकीराको प्रकोप नियन्त्रणको लागी नियमित रूपमा आफ्नो खेतबारीको राम्रो सँग अवलोकन गर्ने गरौँ । बिषादिको प्रयोग नगर्ने हो भने गाईको पिसाव १ भागमा १० भाग पानी मिसाएर पुरै बोट भिज्ने गरी २र३ दिनको फरकमा हालेमा पनि यो कीराको केहि रोकथाम गर्न सकिन्छ ।
यदि सम्भव छ भने, गाईको पिसावमा केही पिरो खुर्सानी र निमको पात र दाना थिचेर केही बेर पकाएर निस्कीएको झोल १ भागमा १० भाग पानी मिसाएर मकैको बोट गुबो भिज्ने गरी छरेमा पनि यो किराको रोकथाम गर्न सकिन्छ ।
विषादीमा छर्नु परेमा इमामेक्टीन बेन्जोएयट ०.४ ग्राम प्रती लिटर अथवा क्लोरान्टानीलीप्रोल ०.४ एम.एल. प्रती लिटर अथवा स्पीनोस्याड भन्ने विषादी ०.३ एम.एल. प्रति लिटर पानीमा राखी स्प्रे टंकीको सहायताले सुरक्षित पहिरन लगाएर राम्रोसँग छर्ने।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।