फोनिजद्वारा दुई जना पत्रकार सम्मानित, दुई पुरस्कृत

  • हजुरको खवर
  • बुधबार, पौष २१ २०७८ प्रकाशित

फोनिज बागमती प्रदेशको दोस्रो अधिवेशनका क्रममा दुई जना पत्रकार सम्मानित भएका छन् । सम्मानित हुनेमा फोनिज आवद्ध अग्रज पत्रकारहरु अम्मरध्वज लामा, बुद्ध योञ्जन रहेका छन् ।  पुरस्कृत हुनेमा मकवानपुरबाट कृष्ण सारु मगर, धादिङबाट सरिता श्रेष्ठ रहेका छन् ।  पुरस्कर हुने दुबैजनालाई प्रती ब्यक्ति ११ हजार रुपैयाँ नगद सहित पुरस्कृत हुनु भएको हो ।

यसैगरी, प्रादेशिक अधिवेशन व्यवस्थापनमा सहयोग पुर्याएको भन्दै रामेछाप र मकवानपुर फोनिज जिल्ला समितिलाई कदर पत्रद्वारा सम्मान गरिएको छ । 

अधिवेशनको औपचारिक कार्यक्रमका अवसरमा झाँकी, तामाङ, मगर, गुरुङ, थारु समुदायको साँस्कृतिक नृत्य प्रस्तुतीहरु प्रस्तुत गरिएको थियो । अधिवेशन अघि प्रभातफेरी समेत भएको थियो भने र्यालीले हेटौंडा बजार परिक्रमा गरिएको थियो । 

अधिवेशनमा नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका पूर्व अध्यक्ष प्रताप विष्ट, नेपाल आदिवासी जनजाति महासंघ मकवानपुरका अध्यक्ष जंबहादुर गुरुङ, नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष राममणी दाहाल, वर्तमान अध्यक्ष मणिराज गौतम, प्रेस सेन्टर मकवानपुरका अध्यक्ष अञ्जली थापालगायत विभिन्न मिडिया संगठनका प्रतिनीधि एवम् संचारकर्मीहरुको उपस्थिति थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।