फरेन्सिक अनुसन्धानमा दक्षता वृद्धि: नेपाल प्रहरी र आइसिटाप बीचको नयाँ सहकार्य

  • हजुरको खवर
  • सोमबार, आश्वीन २१ २०८१ प्रकाशित

नेपाल प्रहरीले र आइसिटापबीच कोडिस सफ्टवेयर कार्यान्वयनसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ। 

सोमबार, नेपाल प्रहरीले अमेरिकाको न्याय विभाग अन्तर्गतको अन्तर्राष्ट्रिय अपराध अनुसन्धान तालिम सहायता कार्यक्रम (आइसिटाप) सँग संयुक्त डिएनए अनुक्रमण प्रणालीको लागि कोडिस सफ्टवेयरको कार्यान्वयनसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको हो। 

यस समझदारी पत्रले नेपाल प्रहरीलाई फरेन्सिक अनुसन्धानमा थप दक्षता प्रदान गर्ने विश्वास गरिएको छ। कोडिस सफ्टवेयरको प्रयोगले डिएनए प्रमाणको सटीक विश्लेषणमा सुधार ल्याउने र अपराध अनुसन्धान प्रक्रियामा महत्वपूर्ण प्रगति गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ। यसले अपराधी पहिचान गर्न र कानुनी प्रक्रियालाई प्रभावकारी बनाउन अवसर सिर्जना गर्नेछ। 

हस्ताक्षर गर्ने क्रममा, दुवै पक्षले फरेन्सिक अनुसन्धान र न्यायिक प्रक्रियामा डिजिटल प्रविधिको महत्वलाई प्राथमिकता दिएका छन्। यो सहकार्यले अन्तर्राष्ट्रिय मापदण्डअनुसार अपराध नियन्त्रण र अनुसन्धान प्रक्रियालाई आधुनिकीकरणमा मद्दत गर्ने अपेक्षा गरिएको छ। 

नेपाल प्रहरीले प्रमुख फरेन्सिक अधिकृत र अमेरिकाको न्याय विभागको आइसिटाप प्रतिनिधिले उक्त समझदारीमा हस्ताक्षर गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।