प्रेस सेन्टर नेपाल, मनहरीमा मोक्तान र बागमतीमा सिन्तान चयन

  • रुपक कालिराज
  • शनिबार, आश्वीन २३ २०७८ प्रकाशित

पश्चिम मकवानपुरको मनहरीमा प्रेस सेन्टर नेपाल, मनहरी गाउँपालिका कमिटि गठन भएको छ । मनहरी, राक्सिराङ्ग र कैलाश गाउँपालिकाको संयुक्त भेलाले शनिबार कमिटि गठन भएको हो । भेलाले बुलबुल खबर डटकमका जयराम मुक्तानको नेतृत्वमा ७ सदस्यीय मनहरी गाउँपालिका कमिटि गठन गरिएको छ । कमिटिको उपाध्यक्षमा सम्झना खडका, सचिवमा शिसुकुमार जिम्बा, कोषाध्यक्षमा सुनिता घलान, सदस्यहरुमा शुक्र चेपाङ्ग, कर्ण रिजाल र रश्मी स्याङ्गतान चयन भएका छन् ।No description available.त्यस्तै, राक्सिराङ्ग गाउँपालिकामा रुपा खत्री, कैलाशमा राजकुमार स्याङ्बोलाई संयोजक तोकिएको छ । सो स्थानमा पछि बैठकमा कमिटी पुरा गर्ने गरि तोकिएको छ। भेलामा बागमती प्रदेश सभा सदस्य तथा पार्टीको प्रदेश कमिटि सदस्य ओमबहादुर ग्लानको प्रमुख आतिथ्यतामा तथा प्रेस सेन्टर मकवानपुर निर्वाचन क्षेत्र २ ख का संयोजक दिलबहादुर लामाको सभाध्य्क्षतामा भएको हो ।No description available.यस्तै प्रेस सेन्टर नेपाल बागमति गाउँकमिटिको अध्यक्षमा थाहा एक्सप्रेस डटकमका सञ्चारकर्मि विवेक सिन्तान चयन भएका छन् ।  भेलाले सिन्तानको नेतृत्वमा नौ सदस्यीय गाउँकमिटि चयन गरेको हो । कमिटिको उपाध्यक्षमा निर्मल तिमल्सिना, सचिवमा सुरेश पाख्रिन, कोषाध्यक्षमा शर्मिला श्रेष्ठ तथा सदस्यहरुमा आशिष बल, बट्टुमाया पाख्रिन, गंगा गोल,े सुवाश सञ्जेल चयन भएका छन् । No description available.No description available.

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।