प्रहरी प्रमुख सोमेन्द्र सिंह राठौर भन्छन् : सामाजिक विकृति तथा अपराध न्युनिकरण प्रमुख लक्ष्य हुनेछ

  • हजुरको खवर
  • सोमबार, माघ ५ २०७७ प्रकाशित


मकवानपुरमा प्रहरी प्रमुखको रुपमा सरुवा भई आउनु भएका प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौरले मकवानपुरमा देखिएको लागुऔषध उत्पादन,ओसार पोसार तथा लागुऔषध सेवनकर्ताहरुको कारण अपराधी गतिविधी बढदै गएकोले यसलाई न्युनिकरण गर्न विषेश योजना बनाएर अघि बढ्न् बताउनु भयो । आज सोमबार आफनै कार्यकक्षमा आयोजित पत्रकार भेटघाट तथा परिचयात्मक कार्यक्रममा बाल्दैै प्रहरी राठौरले समाजीक विकृति तथा अपराध न्युनिकरणलाई प्रमुख लक्ष्य बनाएर काम गर्ने बताउनु भएको छ । 
उहाँले जनतामा सहि सत्य खबरहरु संप्रेशन गर्नको लागि आग्रह गर्दै तपाई हामी सबै मिलेर जघन्य अपराधलाई रोकथाम तथा न्युनिकरणमा सहयोग गर्न अनुरोध समेत गर्नु भयो । समाजमा अहिले प्रमुख समस्याको रुपमा रहेको समाजीक कुरिती र विकृती तथा अपराधलाई न्युनिकरण गर्न सबैको सहयोगको आवश्यक्ता रहेको बताउनु भयो । 
सबैको सहयोग र साथ भयो भने मकवानपुरलाई अपराधमुक्त जिल्ला बनाउन सकिने बताउदै प्रहरी उपरिक्षक राठौरले मैले धेरै समय अपराध अनुशनधानमै बिताएकोले अपराधीक समस्या समाधान तर्फ सक्रिय भएर लाग्ने विश्वास समेत दिलाउनु भयो ।

कार्यक्रममा प्रहरी निरीक्षक अविनाश अधिकारी, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई, पूर्व अध्यक्ष भानुभक्त आचार्य लगायतको उपस्थिति रहेको थियो । उहाँले मकवानपुरका विभिन्न इकाईका प्रमुखहरुलाई सामुहिक निर्देशन दिनु भएको छ । इकाई प्रमुखहरुमा नागरिकसंगको सम्बन्ध सुधार र अपराधमा शुन्य सहनशिलताको नीति अवलम्बन गर्न निर्देशन दिएको जनाईएको छ ।  राठौर अपराध अनुसन्धान र अप्रेशनमा अब्बल गनिनु हुन्छ  भने   लामो सयम काठमाडौँ उपत्यकामा बसेर ‘पुलिसिङ’ गरेको अनुभव छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।