दुर्गा प्रसाईंलाई बल्खुमा कार्यक्रम गर्न दिने प्रशासनको निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रसाईंलाई बल्खुमा प्रदर्शन गर्न दिने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका एक जना अधिकृतले जानकारी दिनुभयो ।
माइतीघरमा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेपछि युवा संघले पनि काठमाडौँको तीनकुनेमा कार्यक्रम गर्ने घोषणा गरेको छ । युवा संघका अध्यक्ष क्षितिज थेबेले सोमबार सूचना जारी गरेर कार्यक्रमस्थल तीनकुनेमा सरेको जानकारी दिनुभएको हो ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बल्खुमा कार्यक्रम उद्घाटन गर्ने बताउँनुभयो । उहाँले भन्नुभो–‘बल्खुमा उद्घाटन गर्छु, थप कार्यक्रम देशभर चल्छ ।’ रातोपाटीबाट
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?
तपाइको विचार व्यक्त गर्नुहोस् ।