प्रदेश सरकारले दलितहरुको उत्थानको लागि विभिन्न कार्यक्रमहरु ल्याएको छौँ : मन्त्री सरस्वती वस्नेत

  • हजुरको खवर
  • आइतबार​, श्रावण १७ २०७८ प्रकाशित

हेटौँडा ÷ बागमती प्रदेशका सामाजिक विकास मन्त्री सरस्वती वस्नेतले कोरोनाका कारणले दलित समुदायमा पारेको समस्या प्रति सरकार गम्भिर रहेको बताउनु भयो । आज हेटौँडामा भएको कोरोनाले दलित समुदाय माथि पारेको प्रभाव विषय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै वस्नेतले दलित समुदायको उचित समाधान विना हामी पुर्ण सम्बृद्धिको मार्गमा एक पाइला पनि अगाडि बढ्न नसक्ने बताउनु भयो । 
कोरोना रोकथामका लागि सरकारले घोषण गरेको बन्दाबन्दीका कारण दलित समुदयामा दैनिक जीवनमा अत्यावश्यक वस्तुहरू सहज तरिकाले व्यवस्था गर्न नसक्दा धेरै समास्या भएको बताउनु भयो । उहाँले दलित समुदायमा रोगले भन्दा भोकले मर्ने परिस्थित सिर्जना भएको प्रति प्रदेश सरकार दलितहरुको उत्थानको लागि विभिन्न कार्यक्रमहरु ल्याएको बताउनु भयो । उहाँले दलित समुदायमा जस्तै अन्य समुदायमा पनि समस्या भएको भन्दै यस तर्फ सरकारले योजना अघि सारेको बताउनु भयो । 
विगतको भन्दा अहिलेको अवस्थामा नेपालको सामाजिक, आर्थिक र राजनैतिक संरचना र मुल प्रवाहमा दलितहरुको उत्साह जनक सहभागिता हुँदै आएको बताउनु भयो । दलित प्रति हेर्ने दृष्टिकोण धेरै मानिसहरुमा परिर्वतन आएको भएता पनि जातिय छुवाछुतको घटध्रना भईरहेको भन्दै यसको अन्त्य गर्नको लागि प्रदेश सरकार लागि परिरहेको र सबै एकजुट भई यसको अन्त्य गर्नु पर्नेमा जोड दिनु भयो ।
 उहाँले भन्नुभयो,”कानुनी रुपमा कोहि कसैलाई पनि छुवाछुत गर्न पाईदैन,यदि गरेमा कानुनी रुपमा सँजाय भोग्दै पर्छ,जातिय छुवाछुतको विषयमा सरकार गम्भिर रहेको समेत बताउनु भयो । उहाँले दलित भित्रको मात्रै विभेद भन्दा पनि सबै खाले विभेद अन्त्य गर्नको लागि प्रदेश सरकार लागि परिरहेको बताउनु भयो । 
विगनिटि इनिसियटिका अनुसन्धानकर्ता जेवि विश्वकर्माले कोरोनाका कारण दलित समुदायमा परेको प्रभावको विषयमा जानकारी गराउनु भएको थियो । भने दलित अधिकारकर्मी कमल कुमार विश्वकर्माले कार्यक्रम संचालन गर्नु भएको थियो । विगनिटि इनिसियटि नेपालका सदस्य सभाध्यक्षता रन्त बि.क.को अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सभा सदस्य जुनेली श्रेष्ठ,बागमती प्रदेशका अस्पताल विकास चिकित्सा सेवा महाशाखाका प्रमुख पुरुषोत्तम राज सेडाई,नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम लगायत,मकवानपुरका विभिन्न पालिकाका दलित जनपतिनिधि,दलित अधिकारकर्मी,दलित विद्यार्थीहरु लगायतको सहभागिता रहेको थियो ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।