प्रतिनिधि सभा विघटनको एक महिना पुरा-चुनावमा जाने वा नजानेमा अझै अन्यौलमा

  • हजुरको खवर
  • सोमबार, माघ ५ २०७७ प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गर्नुभएको एक महिना पुरा भएको छ । पार्टीको आन्तरिक विवादलाई सुल्झाउन नसकेपछि प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गर्नका लागि गत पुस ५ मा राष्ट्रपति समक्ष सिफारिस गर्नुभएको थियो । करिब दुई तिहाइ बहुमत रहेको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीको कदमबाट सिर्जित संकटका कारण देश कता जाने हो भन्ने अझै स्पष्ट हुन सकेको छैन । नेपाली राजनीतिका विभिन्न पाटाहरुले पनि आगामी दिनमा कस्तो रुप लिने हो भन्नेबारे अझै अन्यौल छ । प्रधानमन्त्रीको कदमविरुद्ध राजनीतिक दलहरुसहित विभिन्न क्षेत्रका प्रतिनिधि सम्मिलित नागरिक समाज पनि सडकमा उत्रिएका छन् । प्रधानमन्त्री ओलीकै नेतृत्वमा रहेको नेकपा, नारायणमान विजुक्छेको नेतृत्वको नेपाल मजदुर किसान पार्टी ९नेपकिपा० र पूर्वपञ्चहरुको पार्टी राप्रपा मात्रै अहिलेसम्म चुनावको पक्षमा उभिएका छन् । पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको नेतृत्वमा रहेको नेकपासहितका विभिन्न दलहरु चरणवद्ध आन्दोलनमा छन् । विघटनको मुद्दा अदालतमा विचाराधीन रहेको भन्दै दलहरु चुनावमा जाने वा नजानेमा पनि अन्यौलमा छन् । संसद विघटनविरुद्ध परेको रिट निवेदन सर्वोच्च अदालतको संवैधानिक इजलासमा रहेको छ । 
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।