प्रजिअ चिलुवालसँग छलफल

  • हजुरको खवर
  • शुक्रबार​, फागुन २ २०८१ प्रकाशित

हेटौँडा÷निर्माण व्यवसायी संघ मकवानपुरले मकवानपुरबाट सरुवा हुनुभएका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालसँग छलफल कार्यक्रम गरेको छ । संघमा प्रजिअ चिलुवालको फेरि भेटौला तथा जिल्ला प्रहरी कार्यालय मकवानपुर विश्वराज खड्का र सशस्त्र प्रहरी उपरीक्षक सन्तोष विक्रम शाहको स्वागत कार्यक्रमको आयोजना गरेको हो ।
सो अवसरमा जिल्लाको शान्ति सुरक्षालगायतका विषयमा छलफल भएको थियो ।
प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले निर्माण व्यवसायीले गरेको कामको समयमा भुक्तानी पाउनुपर्ने र यसले अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने बताउनुभयो ।
उहाँले सुशासनका लागि सबैले सहयोग गर्नुपर्नेमा जोड दिँदै पूर्वाधार निर्माण विकासको मेरुदण्डभएको बताउनुभयो ।
संघका अध्यक्ष बाल गोपाल कंडेल र पूर्व अध्यक्ष आनन्दराम पराजुलीले संघले निर्माण व्यवसायीको हक हितसँगै सामाजिक उत्तरदायित्वको काम गर्दै आउनुभएको भन्दै निर्माण उद्योगसँगै यस क्षेत्रको समग्र आर्थिक गतिविधि चलायमान बनाउन महोत्सवको आयोजन गरिएको बताउनुभयो ।
गत जेठमा सरुवाभई हेटौँडा आउनुभएका प्रजिअ चिलुवाल अर्थ मन्त्रालय सरुवा भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।