पार्टीलाई बलियो बनाउन लाग्नेछु : सभापति फडिन्द्र तिमल्सिना

  • हजुरको खवर
  • आइतबार​, आश्वीन १० २०७८ प्रकाशित

बागमती ÷ नेपाली कांग्रेस बागमती गाउँपालिकाको नवर्निवाचित सभापति फणिन्द्र तिमल्सिनाले आफ्नो पालिकामा पार्टीलाई बलियो बनाउन लाग्ने बताउनु भयो । कांग्रेसको विगतको योगदान जनताको भरोसा र परिपक्वताका र अनुभवका कारण मुलुकको नेतृत्व अहिले फेरि कांग्रेसले नै लिड गरिरहेको भन्दै अब पार्टीलाई कसरी बलियो र चुस्तदु?स्त बनाउन सकिन्छ भन्ने तर्फ हामी लाग्नु पर्नेमा जोड दिनु भयो ।  उहाँले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा लोकतन्त्रको सौन्दर्य भएको भन्दै डिल्ली प्रसाद घोरासाइनी मेरो अभिभावक हो ,उहाँसंग सल्लाह र सुझाव सहित अगाडि बढ्नेछु उहाँले भन्नुभयो ।May be an image of 7 people and people standing
ठोस योजना सहित ५ बर्षमा भित्रमा पालिकामा पहिलो पार्टी बनाउन लाग्ने उहाँको भनाई रहेकोछ । उहाँले भन्नुभयो,“जनताको विश्वास जितेर अघि बढ्ने प्रणसमेत गर्दछु ।” अब दिनदुखीको भावना बुझ्दै उनीह?को ती सबै सबै मुद्दालाई सम्बोधन गर्दै जाने भन्दै हामीलाई मत दिएर बिजय गराउनुहुने सबैलाई धन्यवाद समेत दिनुभएको छ । May be an image of 6 people, people standing, motorcycle and outdoors
शनिबार भएको कांग्रेसको गाउँ अधिवेशनबाट तिमल्सिना निर्वाचित भएका हुन् । उहाँले ७५ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्दी डिल्ली प्रसाद घोरासाइनीले ६१ मत प्राप्त गरेका थिए । तिमल्सिनाले निकटतम प्रतिद्वन्दी घोरासाइनीलाई १४ मतले पराजित गरेका हुन् । त्यसैगरी उपसभापतिमा जगतबहादुर लामा र मंगललाल वाइवा तथा सचिवमा सुदिप पाख्रिन र सिरित कुमार राई निर्वाचित भएको जनाइएको छ । सहसचिवमा भानु सोराली मगर र बीरबहादुर थोकर सर्वसम्मत चयन भएको बताईएको छ ।May be an image of 6 people, people sitting, people standing and indoor

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।