पार्टीभित्र रहेको गुट उपगुटलाई अन्त्य गरी थप मजबुत र शसक्त बनाउनेछु : सभापति घिसिङ

  • रुपक कालिराज
  • आइतबार​, आश्वीन १० २०७८ प्रकाशित

नेपाली कांग्रेस कैलाश गाउँपालिकाको नवर्निवाचित सभापति राजेन्द्र घिसिङले समृद्ध नेपाल बनाउनका लागि हरेक राजनितिक दल भित्र रहेको बिकृतिलाई अन्त्य गर्न जरुरी रहेको बताउनुभयो । उहाँले जब सम्म विृकति अन्त्य हुन्न तब सम्म विकासले गति लिन नसक्ने भन्दै अब आधारभुत तहबाट विकास गर्ने बताउनु भयो ।
उहाँले चुनावको वेला देखिएका केहि गुट उपगुटलाई अन्त्य गरी पार्र्टी र संगठनलाई थप मजबुत र शसक्त बनाउन मेरो पहलकदमी हुने बताउनु भयो । सभापति घिसिङले अब आउने निर्वाचनमा सजिलै जित हात पर्ने गरी पार्टीलाई बलियो बनाउन लाग्ने समेत प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
युवाहरूको ज्ञान, सीप र पूँजीलाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गरी उनीहरूलाई व्यवसायिक गराउन स्थानीय सरकारलाई घचघच्याउने देखि पार्टीले दिगो र प्रभावकारी भूमिका निर्वाह गर्न सक्दो पहल गर्ने समेत बताउनु भयो । May be an image of 4 people and people standing
उहाँले पार्टिको विधान र निर्देशन वमोजिम आफ्नो क्षेत्राधिकार भित्र रहि निष्ठापूर्वक कर्तब्य पालना गर्दै संघठन र संस्थामा आँच पुर्याउने कुनै कार्य नगर्ने प्रतिबद्धता समेत गर्नु भएको छ । सबैले पार्टिको बृहत्तर हित र बिस्तारको बिचार सहित नेतृत्व दावी गर्नु सकरात्मक रहेको भन्दै सभापति घिसिङले चुनावलाई हारजितको खेलको रुपमा नलिई एउटा सामन्य प्रकृयाको रुपमा लिई पुन संगठन बिस्तार तथा पार्टिको नियमित क्रियाकलापमा एकजुट भै एकताको राजनितिमा सरिक हुन बिनम्र अनुरोध  गर्नु भएको छ । May be an image of 4 people
प्रतिकूल वातावरणमा पनि सक्रिय रूपमा मतदाताहरूले मतदान गरेको आफुलाई जिताएको भन्दै उहाँले धन्यवाद समेत दिनु भयो । घिसिङले निर्वाचन मण्डल, निर्वाचनमा खटिएका कर्मचारी र पत्रकारहरूलाई पनि धन्यवाद दिएका छन् ।  ससभापतिका उम्मेदवार गुणराज स्याङ्तानलाई ११२ मत अन्तरले पराजित गर्दै घिसिङ निर्वाचित भएका हुन् । घिसिङले १३७ मत प्राप्त गर्दा स्याङ्तानले जम्मा २५ मत प्राप्त गर्नु भयो । उपसभापतिमा मानबहादुर वाइबा र कामीसिंह स्याङ्तान विजयी भएका छन् । वाइबाले १३२ र स्याङ्तानले ११६ मत प्राप्त गर्दा उपसभापतिकै उम्मेदवारहरु जीवन लोप्चनले ४० र श्यामबहादुर वाइबाले २४ मत प्राप्त गर्नु भयो । सचिवमा आशिष प्रजा र प्रकाश राना मगर विजयी भए । प्रजाले १२२ र मगरले ११२ मत प्राप्त गर्दा सचिवका उम्मेदवारहरु तेजबहादुर ब्लोनले ४४ र चन्द्रलाल थिङले ३६ मत प्राप्त गर्नु भयो । कांग्रेस कैलाश सहसचिवमा विश्वनाथ थापा र देवचन्द्र प्रजा निर्वाचित भए । थापाले ११२ र प्रजाले १०० मत प्राप्त गर्दा सचिव पदका अर्का उम्मेदवार क्षेत्रबहादुर प्रजाले ५० मत प्राप्त गर्नु भयो ।  १८४ जना मतदाता संख्या रहेको कैलाश गाउँपालिकामा १७८ मत खसेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।