पछिल्लो समय शहरीया जिवन शैली, व्यस्त अभिभावक आफनो नियन्त्रण भन्दा बाहिर बाल बालिकाहरु रहेका कारण लागुऔषध तथा दुव्र्यसनीका सेवन कर्ताहरु मुलुकभर बढ्दै गएको तथ्याक छ । अहिले मुलुकभर झण्डै लाखौँ कडा लागुऔषध सेवन कर्ताहरु रहेको तथ्यांकले देखाएको छ । प्रति वर्ष सेवन कर्ताको संख्या बढ्दै गएको हो । लागु औषध सेवान गर्दा भोग्नु परेको समस्य, सुधारगृहमा पुगेपछिको जिवनबारे सुधारगृहमा काम गर्दै आउनु भएका किरण लामा सँग गरिएको कुराकानी ।
यस कार्यक्रममा स्वागत छ ?
धन्यवाद यहाँ र यहाँको टिमलाई ।
तपाईको परिचय?
मेरो नाम किरण लामा हो । घर हेटौडा–४, कमलडाँडा पर्छ । म अहिले ४० वर्ष भएं ।
तपाईको परिवारमा को को हुनुहुन्छ?
आमा, बुवा,४ दिदिबहिनि र एउटा छोरि छिन् ।
परिवारको सदस्य के गर्नुहुन्छ ?
बुवा जागिरे हुनुहुन्छ, म सुधारगृहमा सेवारत छु । र ठुलो दिदिको कपडा पसल छ, माईलि र साईलि बहिनि टेलेरिगं गर्नुहुन्छ । छोरि ५ कक्षामा पढ्छिन् । ३ दिदिबहिनिको विवाह भयो र कान्छि बहिनि जागिर सँगै पढ्दै छिन् । आमा गृहिणि हुनुहुन्छ ।
बाल्यकाल कस्तो कसरी बित्यो ?
म शिक्षाका यात्रा दुई विद्यालयमा भयो । रिलायन्स् बोडिङ्ग र आधुनिक स्कुलमा पढ्थे । कक्षा ९ सम्म अध्ययन गरे र पढ्न मन लागेन पढाई त्यहि ब्रेक गरेँ । सानै देखि खेलकुदमा धेरै रुचि राख्ने र विभिन्न ठाउँमा गेम खेल्न पनि जान्थेँ । बुवाआमा सँग रमाईलो गरि बित्यो ।
खेलकुद कहाँ बाट सुरु गर्नु भयो?
हेटौँडाको क्लव स्तरिय फुटबल बाट खेलकुद सुरु गरेको हुँ । नेपालको धेरै ठाउँहरु जस्तै धरान, पोखरा, चितवन, काठमान्डाँै, सिमरा आदिमा मकवानपुरको प्रतिनिधत्व गर्दै खेल खेल्ने अवसर पाएँ । चितवनमा फुटबल खेल्दा ठोकिएर खुट्टामा गहिरो चोट लाग्यो र खेलप्रतिको रुचि हुँदा हुँदै पनि स्वास्थ्यले साथ नदिए पछि बन्द गर्नु पर्ने अवस्था आयो मैले खेल खल्न बन्द गरे । खेलप्रतिको रुचि हुँदा हुँदै पनि छाड्नु पर्दा यो मन खल्लो र पछि परेको भान भने हुन्थ्यो । तर पनि सहेर बस्नु पर्ने रहेछ ।
त्यसपछिको यात्रा ?
पढाई प्रति रुचि नभएसी त्यसलाई निरन्तरता दिन सकिन र खेल क्षेत्रलाई रोजे, यस क्षेत्रले पनि साथ नदिदा जिवन देखेर दिक्क लाग्ने र अन्य बाहिरको साथहरु संग वढि समय बिताउने गर्थे । यसरी जिवनको दौरानमा राम्र नराम्रा साथीहरु भेटियो, साथीको लैईलैईमा लागुऔषध अर्थात कुलत तर्फ लागे, दिन प्रतिदिन म वढि नै सेवान गर्ने भईसकेको थिए । यस चिज खानु हुँदैन भन्ने थाहा हुँदा हुँदै पनि गोटि अर्थात ट्यापलेटबाट हुँदै अन्य नशा दिने लागुपदार्थ सेवान गर्दै गएँ । यसरी सेवान गरिहँदा लागुऔषध बाट कुलत तिर धकेलिए।तर महशुस थिएन कि यस समस्याले यहाँ सम्म पुर्र्याउँछ भनेर ।
छोराले लागुऔषध सेवान गर्छ भन्ने थाहा पाए पश्चात आमा बाबा के भन्नु हुन्थ्यो ?
मेरो ममीले धेरै माया गर्नु हुन्छ, जब म लागुऔषध प्रयोग गर्छु भन्ने जानकारी भयो उहाँले सम्झाउनु हुन्थ्यो, नगर यस्तो, उस्तो नगर, म तिम्रो लागि बाँचेको हो छोरा यस्तै धेरै कुरा भन्नु हुन्थ्यो तर यो कुराहरुले खासै फरक पर्दैन थ्यो, केहि छिन भने हो झँै लाग्थ्यो, हस् पनि भन्थे र केहि छिन पछि सब विर्सन्थे ।
के के लागूऔषध लिनु भयो?
सुई बाहेक सबै सेवन गर्थे।
दुव्र्यशनि भएको कति खेर थाहा पाउनु भयो?
जब म सिआन परिवार सँग जोडिन पुगे ,पुर्नस्थापना मा आईसके पछि म दुव्र्यशनि भएको रहेछु भन्ने थाहा भयो। धेरै ले भन्थे ट्यापे भनेर तर बाहिर हुदाँ कहिले आफु भएको जस्तो लागेन।
लागुऔषध दुव्र्यसनमा के के भोग्नु भयो?
लागुऔषध सेवान गरिरहँदा मैले मेरो परिवारको विश्वासलाई टुटाए , साथीभाईको सम्बन्धलाई विगारेँ, समाजले हेर्ने नजरबाट गिरे, वाल्यकाल देखि नै खेलक्षेत्रमा लगाव राख्ने व्यक्ति थिएँ, भविष्यमा राम्रो खेलाडि बन्छु भन्ने सपना थियो सपना सपना मै सिमित भयो । त्यति मात्रै नभई मेरो दुव्र्यसनले श्रीमति गुमाए ,२ बर्ष भिमफेदि कारागारमा बिताउनु पर्यो। पैसाको अभाव, बिश्वासघाति, फटाहा र झगडालु स्वभावले गर्दा धेरै परिस्थतिमा आफै पछि परे।
तपाईलाई पहिले सबैले बदमास (डन) भनेर चिनिदा कस्तो लाथ्यो ?
मेरो स्वाभाव नै रिसालु थियो। नशाको सुरमा कसैसँग केहि नभनेनी जस्लाई पनि पिट्थे । डर अलिकति पनि लाग्दैथ्यो । चोकमा जादाँ सबै टाढा हुन्थे मसँग,त्यति खेर खुबै ठुलो जस्तो महशुस हुन्थ्यो। दादा बन्ने सोच पलाउँथ्यो, शायद धेरै एक्लो पछि परेको महशुसले होला कुनै पनि तरिकाले डन बन्न पुग्थे । तर वास्तविकता फरक रहेछ अहिले बुझ्दैछु।
सिआन पुर्नस्थापनामा कसरि पुग्नु भयो?
मेरो परिवारको पहलले पुर्नस्थापनामा आईपुगे । यदि मलाई यहाँ नल्याईदिएको भए कि त जेलमा सडेल बस्नु पर्थ्यो कि यस संसारबाट विलिन भईसकेको हुन्थे । संसार बदलिदिनु भएकोमा आमा, बुवा र दिदिबहिनिहरुलाई धन्यवाद दिने कुनै शब्द नै छैन ।
आज आफुमा के परिवर्तन पाउनु हुन्छ ?
वास्तविक जिवन के हो भनेर बुझ्ने अवसर पाएको छु । आफुलाई चिन्न सकेको छु।मेहनत र धैर्यता नै सफलताको कदम हो जस्तो लाग्छ। माया दिन र लिन सक्ने भएको छु।परिवर्तनहरु धेरै भएका छन अझै परिर्वतन हुन वाँकी छ । अझै धेरै सिक्नु छ ।
जिवनमा कस्लाई धन्यवाद दिनु हुन्छ?
आमा,बुवा,दिदिबहिनि र संस्थालाई धन्यवाद दिन चाहान्छु।
तपाई अहिले के गर्दै हुनुहुन्छ?
म अहिले संस्थामा सामाजिक अभियान्ता सँगै स्वयंसेवकको रुपमा कार्यरत छु । हिजोको आफु जस्तै व्यक्तिहरुलाई पुर्नस्थापनामा सहयोग पुय्र्याउंछु ।
तपाईको भावि योजना के छ ?
लागुऔषध सेवन अहिले युवाहरुमा देखिएको प्रमखु समस्या हो । अहिले नेपालको सन्दर्भमा हेर्ने हो भने धेरै युवाहरु लागुऔषध दुव्र्यसनीका कारण कुलतमा फसेका छन् । जसका कारण हजारौँ युवाहरुले वर्षेनी ज्यान गुमाउनु परेको छ । यस्ता युवाहरुलाई सहि मार्गमा ल्याउन क्रियाशिल रहनेछु र संस्थालाई माथि उचाईमा पुर्याउनेछु ।
अन्तमा के भन्न चाहानु हुन्छ?
अन्तमा परिवारलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु मेरो जिवन बचाईदिनु भएकोमा र संस्थाप्रति आर्हिक आभारी छु । मेरो जिवनमा भोगेका कुराहरु हजुरहरुको लोकप्रिय अनलाइन हजुरको खबर मार्फत सबै सामु पु¥याउने अवसर दिनु भयो तपाईलाई धेरै धेरै धन्यवाद भन्न चाहानुहुन्छ । धन्यवाद
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?
तपाइको विचार व्यक्त गर्नुहोस् ।