पशुपति प्रसाद २ : भष्मे डन को अग्रिम टिकट बुकिङ खुल्यो

  • हजुरको खवर
  • शुक्रबार​, आश्वीन १२ २०८० प्रकाशित

निर्देशक दीपेन्द्र के खनाल निर्देशित फिल्म पशुपति प्रसाद २ : भष्मे डन आगामी कार्तिक ४ बाट रिलिज हुँदैछ।  वितरकले रिलिजभन्दा एक महिना अगाडि नै फिल्मको अग्रिम टिकट बुकिङ खुलाउन थालेका छन्। अष्ट्रेलिया, अमेरिका, जापान, पोर्चुगललगायत विभिन्न देशमा फिल्मका लागि अग्रीम टिकट बुकिङका लागि शो खोलिएका हुन्।

फिल्मको मेलबर्न प्रिमियरको तालिका समेत सार्वजनिक भइसकेको छ। मेलर्बनको चाइना टाउनमा फिल्मको प्रिमियर अक्टोबर २३ तारिखमा हुँदैछ।

यस्तै, फिल्मको २५ अक्टोबर, ३० अक्टोबर र ५ नोभेम्बरका लागिसमेत अग्रिम टिकट बुकिङको लागि शो खुलिसकेको छ। जापानका लागि पनि अग्रिम टिकट बुकिङ खुल्ला गरिएको छ। जापानमा अक्टोबर २७ मा केयोटो र ओसाकामा रिलिज हुनेछ भने अक्टोबर ३० मा कोबेमा रिलिज हुने निश्चित भएको हो।

युरोपको बेल्जियम लगायतका देशमा पनि फिल्मले आक्रामक सुरुवात गर्ने देखिएको छ। २१ अक्टोबरबाट नै बेल्जियमका ५ शहरमा शो सुरु हुँदैछ। अक्टोबर २३ तारिखसम्मका लागि बेल्जियममा शो खुलिसकेको छ।

ओभरसिज वितरकले फिल्मको चाँडै अमेरिका, क्यानडा, युरोपका अन्य देश र मिडिल इष्ट लगायतका क्षेत्रमा पनि अग्रिम टिकट बुकिङ खोल्ने तयारी भइरहेको जानकारी दिएका छन्।

फिल्म पशुपति प्रसादको मृत्यु पश्चात् पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न संघर्षरत ‘भष्मे डन’को जीवनमा एउटा रोमाञ्चक पात्रको प्रवेशपछि सुरु भएको परिचय र आत्मसम्मानको लागि गर्ने शक्ति संघर्षको कथामा निर्माण गरिएको हो।

फिल्ममा विपिन कार्की, स्वस्तिमा खड्का, सौगात मल्ल, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकास घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहालको पनि अभिनय छ। फिल्ममा अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा सिवाकोटी पनि विशेष भुमिकामा देखिनेछन्।

टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको फिल्मलाई लामिछानेले लेखेका हुन्। निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाजको संगीत रहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।