नेपाल समूहलाई कारबाही गछौँ : प्रधानमन्त्री ओली

  • हजुरको खवर
  • सोमबार, बैशाख ६ २०७८ प्रकाशित

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल समूहलाई कारबाही गर्ने बताउनुभएको छ । पार्टी महाधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले माधव नेपाल लगायत नेताहरुलाई कारबाही हुने बताउनुभएको हो । कर्णाली प्रदेशमा नेपाल समूहले गरेको फ्लोर क्रसतर्फ सङ्केत गर्दै उहाँले माधव नेपालले अलोकतान्त्रिक, गैरसंसदीय, अराजक हर्कत गरेको , अराजक, अस्थिर, अत्यन्त घातक, कम्युनिस्ट अन्दोलनलाई खाडलमा हाल्ने प्रवृत्ति विरुद्ध पार्टीले कडा भन्दा कडा कारबाही गर्ने उहाँले बताउनुभयो । नेपाल समूहले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको पाउमा एमाले पार्टी चढाउन खोजेको र काँग्रेस लगायत गैरकम्युनिष्टहरुको नेतृत्वमा सरकार बनाउन फ्लोर क्रस गर्छौ  भन्दै हिँडेको उहाँको भनाइ छ । प्रधानमन्त्री ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमा दुई मुखे प्रवृत्ति रहेको आरोप पनि लगाउनुभएको छ । यस्तैप्रधानमन्त्री ओलीले जुनसुकै बेला निर्वाचन हुन सक्ने भएकाले तयारी अवस्थामा बस्न नेता कार्यकर्ताहरुलाई निर्देशन पनि दिनुभएको छ ।  बैठकमा अध्यक्ष ओलीले पेश गरेको राजनीतिक प्रतिवेदन सुझावसहित पास भएको छ । ओलीको प्रतिवेदनमा वर्तमाान राजनीतिक अवस्थाबारे व्याख्या गर्दै पार्टी एकीकरण केही व्यक्तिका कारण असफल भएको निश्कर्ष निकालिएको छ । त्यस्तै सरकारका ३ वर्षे कामको समीक्षा पनि ओलीको प्रतिवेदनमा उल्लेख छ । जसमा तीन वर्षमा सरकारले महत्तवपूर्ण काम गरेको दावी गरिएको छ ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।