नेपाल लकडाउन ५९ औं दिन : सहयोगी मन नेपाल सहयोगमा हरदिन

  • हजुरको खवर |
  • हजुरको खवर |
  • बिहीबार, जेष्ठ ८ २०७७ प्रकाशित

सहयोगी मन नेपाल मकवानपुरले एक सुत्केरी महिलालाई खाद्यन्न सहयोग गरेको छ । जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नंबर १ चौकीटोलमा डेरा गरि बस्ने फाखेलकी सुत्केरी महिलाई खाद्यन्न राहत सहयोग गरेको हो । बिहिबार हेटौंडा १ स्थित चौकिटोल डेरामै पुगी ११ दिनको सुत्केरी महिलाको अवस्था बुझ्दै लकडाउनको समयमा खाद्यन्न ९चामल १० किलो,दाल २ किलो,नुन १ पोका,तेल २ पोका० सहयोग गरेको हो । लकडाउनको कारण सुत्केरी महिलालाई खाद्यन्नको समस्या परेको भन्दै स्थानियहरुले सहयोगी मन नेपाललाई सम्झिदा आफुहरुले अन्य परिवारलाई खाद्यन्न सहयोग गरे झै डेरा गरि बस्ने सुत्केरी महिलालाई पनि सोहि अनुसार खाद्यन्न सहयोग गरेको सहयोगी मन नेपालका अध्यक्ष केदार प्रसाद चौलागाईले बताए ।

सहयोगी मनले सुत्केरी महिलालाई भेट गर्ने क्रममा स्थानिय महिलाहरुले सुत्केरी महिलालाई पौष्टिक आहार कमी कारण शिशुलाई दुध नपुगेको भनेपछि सहयोगी मनको समूहले नगद १ हजार पनि सहयोग गरेको छ । सुत्केरी महिलालाई नगद १ हजार दिँदै सहयोगि मनका अध्यक्ष चौंलागाईले भने,“हामीले गरेको सहयोगको दुरुपयोग नहोस्,आपत् परेको बेला सहयोगी मनलाई सम्झनुहोस्,हामीहरु जहाँ पनि दुःख पिडामा दौडिएर आउँछौ,सहयोग गर्छौ । यो हामीले दिएको रकम माछामासु,जाडरक्सीमा प्रयोग गर्न मिल्दैन,पौष्टिक आहार अथवा अन्य आवश्यक चिजहरु लिनुहोला ।”Image may contain: 2 people, including Kedar Prasad Chaulagain, people standing

सहयोगी मनले लकडाउनको समयमा सुत्केरी महिलालाई खाद्यन्न सहयोग गरको भन्दै स्थानिय महिलाहरुले धन्यावाद व्यक्त गरेका छन् । सुत्केरी महिलाले पनि खाद्यन्न तथा पौष्टिक आहारको लागि नगद १ हजार सहयोग गरेकोमा धन्यावाद सहित खुशी व्यक्त गरेकी छन् ।यसैगरि आज नै हेटौंडा उपमहानगरपालिका वडा नंबर २ मा डेरा गरी बस्ने सलार्हीका २ परिवारलाई सहयोगी मन नेपालले खाद्यन्न सहयोग गरेको छ । उनिहरुले पनि फोन मार्फत खाद्यन्न सहयोगको लागि आग्रह गरेपछि खाद्यन्न लिएर डेरामै गएर वितरण गरेको सहयोगी मन नेपालले जनाएको छ । बिहिबार बिहान खाद्यन्न सहयोग कार्यक्रममा सहयोगी मनका अध्यक्ष चौलागाई,सल्लाहाकार शिव खनाल लगाएतको सहभागीता रहेको थियो ।

यसघि पनि सहयोगी मन नेपालले मकवानपुर जिल्लको हेटौंडामा डेरा गरि बस्ने मजदुर तथा विपन्न्न परिवारहरुलाई सहयोग गर्दै आएको छ । लकडाउन भए देखि नै हालसम्म एक हजार भन्दा बढी परिवारहरुलाई खाद्यन्न सहयोग गरिसकेको सहयोगी मनले जनाएको छ ।सहयोगी सरकारले कोरोना नियन्त्रण गर्न गरेको लकडाउनले शहरमा डेरा गरि मजदुर गर्ने तथा विपन्न परिवार समस्या रहेका छन् । डेरा गरि बस्ने मजदुर तथा विपन्न परिवारलाई सम्बन्धित निकायहरुले खाद्यन्न राहत सहयोन नगरेको गुनासो रहेको छ । यसैगरि सहयोगी मनले कोरोना संक्रमण रोक्न प्रन्टलाईनमा बसेर काम गर्ने स्वास्थ्यकर्मी,सुरक्षकर्मी,सञ्चारकमी लगाएतलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । यस्तै विभिन्न स्थानमा कोरोना सचेतना कार्यक्रमको साथै माक्स वितरण पनि गर्दै आएको छ ।

सहयोगी मनले लकडाउनको कारण पैदलमार्फत घर फर्कन हेडेका मानिसहरुलाई जिल्लाको विभिन्न स्थानमा अन्य ठाउँबाट आएकाहरुलाई खाजापानी खुवाने काम समेत गरेको छ । सहयोगी मनले यो कोरोना संक्रमणको समयमा सबैभन्दा अगाडि उभिएर समस्या परेकोहरुलाई सहयोग गर्दै आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।