नेपाल राष्ट्रिय शिक्षक संगठन बकैयाको दोस्रो अभिवेशन सम्पन्न,अध्यक्षमा हरिहर खनाल चयन

  • हजुरको खवर
  • आइतबार​, मङ्सिर ५ २०७८ प्रकाशित

नेपाल राष्ट्रिय शिक्षक संगठन बकैयाको दोस्रो अभिवेशन सम्पन्न भएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन बकैयाको अध्यक्ष राधेश्याम राईको सभाध्यक्षता तथा तथा नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरका अध्यक्ष श्रीराम दाहालको प्रमुख आथित्यतामा कार्यक्रम भएको हो । सो अधिवेशनले हरिहर खनालको अध्यक्षतामा २५ सदस्यीय गाउँ कमिटि गठन भएको छ । कमिटिको उपाध्यक्षमा बाबु रुम्बा,रति गुरुङ,सचिव छवि कुमार राई,कोषाध्यक्ष बाबुराज घलान,सहसचिव बालकुमार  दाहाल, र सहकोषाध्यक्ष नानीमाया बजगाई चयन भएकी छन् । सो कमिटिको सदस्यहरु  काशिराम दास,जिवन खतिवडा,पवन सिंङ घलान,मुना लामिछाने,जयराम अधिकारी,राजकुमार तिमल्सिना,प्रदिप गोले,निर्जला सिन्तान,दिपक दुलाल,सुजन भोम्जन,हिरामाया भोम्जन,जगत घले, प्रमिला तिमल्सिना,रमिता दोङ,बिनजा घिमिरे,कुमार लामा,विष्णुकुमार चौलागाई लगायत चयन भएका छन् ।  सो अधिवेशनले उद्धव सापकोटा,छविलाल विकल, र सिता खनाललाई प्रदेश प्रतिनिधि चयन गरेको छ । कार्यक्रममा गाउँपालिकाकाी उपाध्यक्ष सरला बोलखे,नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरका प्रचार विभाग प्रमुख सुनिल गौतम,शिक्षक सहकारी अध्यक्षसिताराम दाहाल,हेटौँडा नगर अध्यक्ष मुकुन्द न्यौपाने लगायतको आथित्यता रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।