नेपाल पत्रकार महासंघ मकवानपुर निर्वाचन २०८१: चौतारी र युनियनद्वारा साझा प्रतिबद्धता सार्वजनिक

  • हजुरको खवर
  • बिहीबार, मङ्सिर २७ २०८१ प्रकाशित

मकवानपुर /  नेपाल पत्रकार महासंघ मकवानपुरको आगामी नेतृत्व चयनका लागि नेपाल प्रेस युनियन मकवानपुर र प्रेस चौतारी नेपाल मकवानपुरले संयुक्त रूपमा १६ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन्।

नेपाल प्रेस युनियन मकवानपुरका अध्यक्ष सुवाश बिडारी र प्रेस चौतारी नेपाल मकवानपुरका अध्यक्ष एवं अध्यक्ष पदका उम्मेदवार बालकृष्ण अधिकारीले हस्ताक्षर गरेको प्रतिबद्धता पत्रमा श्रमजीवी पत्रकारको पेशागत सुरक्षा, प्रेस स्वतन्त्रताको प्रत्याभूति, र पत्रकारिताको बृहत्तर हितमा ध्यान केन्द्रित गरिएको छ।

संयुक्त प्रतिबद्धता अनुसार श्रमजीवी पत्रकारका हकहितका लागि कानूनी व्यवस्थाको कार्यान्वयन सुनिश्चित गर्न दबाबमूलक भूमिका खेल्ने, विचार तथा अभिव्यक्ति स्वतन्त्रता खुम्च्याउने कुनै पनि कदम रोक्न पहल गर्ने र मकवानपुरे पत्रकारिताको समग्र विकासका लागि समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता गरिएको छ।

साझा प्रतिबद्धताको बुँदाहरू:
१.श्रमजीवी पत्रकारको हतहित, पेशागत एवम् सामाजिक सुरक्षा, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा निर्माण भएका ऐन, कानून कार्यान्वयनका लागि दवावमूलक र समन्वयकारी भूमिका निर्वाह गर्नेछौं ।

२ विचार तथा अभिव्यक्ति स्वतन्त्रता र सूचना प्रवाहमा सकुचन हुने कुनै किसिमका निर्णय वा कानून निर्माषा प्रयास तथा गतिविधिलाई निस्तेज पार्न पहल गर्नेछौं।

३.मकवानपुरको पत्रकारिता, यहाँका सञ्चार उद्योग तया स्वरोजगार मिडियाले भोगिरहेका समस्या समाधान गই पत्रकारिताको बृहत्तर हित र विकास गरिनेछ ।

४.जिल्लामा रहेका सञ्चार गृहलाई टिकाउन समानु‌पातिक विज्ञापनः प्रणाली कार्यान्वयन गरिनेछ । जसको लागि प्रदेश सरकार, स्थानीय सरकार र बौद्योगिक क्षेत्रसंग समन्वय गरिनेछ । 

५.जेष्ठ पत्रकार पेन्सन कोषलाई वृद्धि गरी पेन्सन बापत् प्रदान गरिने रकममा समेत वृद्धिको प्रयास गरिनेछ।

६..मकवानपुरे पत्रकारितामा क्रियाशील पवकारहरुको सदस्यता नविकरणको सन्दर्भमा देखिएको समस्या निराकरण गर्न तत्कालै              सम्बन्धित पक्षसँग छलफल गरी समाधान गरिनेछ ।

७.महिला पत्रकारहरुको हकहित र सुरक्षाको प्रत्याभूत गराई मिडियामा निरन्तरताको वातावरण बनाइनेछ ।

८.विट पत्रकारिताको प्रर्वद्धनका लागि तालिम सञ्चालन गरिनेछ ।

९.न्यू मिडिया, छापा, रेडियो तया टेलिभिजन पत्रकारिता नक्षित दक्ष प्राविधिक जनशक्ति उत्पादनका लागि तालिम सञ्चालन गरिनेछ ।

१०.पत्रकार उपचार कोषलाई वृद्धि गरिनेछ। पत्रकार बीमा कार्यक्रमलाई अझै प्रभावकारी बनाइनेछ ।

११. पत्रकारहरुका लागि सञ्चार सामग्री खरिद गर्न अनुदान सहायता प्रदान गरिनेछ। यसका लागि प्रदेश सरकार र स्थानीय सरकारसंगको समन्वयमा छुट्टै कोष निर्माण गरिनेछ ।

१२ पत्रकारिता विषयमा स्नातकोत्तर तह वा सो भन्दामाथि अध्ययन गर्न चाहनेहरुलाई महासंघले छात्रवृत्ति उपलब्ध गराउनेछ ।

१३. पत्रकारिताबाटै सहज जीवनयापन गर्ने अवस्थाको सृजना गर्दै न्यूनतम पारिश्रमिक कार्यान्वयनमा जोड दिइनेछ । साथै पत्रकारिता क्षेत्रमा आएका नयाँ पुस्तालाई पत्रकारितामै निरन्तरता दिने वातावरण बनाइनेछ ।

१४ महासंघ मकवानपुरमा रहेको पुस्तकालय तथा सूचना प्रविधि कक्षलाई व्यवस्थित गरिनेछ ।

१५ नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको सयुक्त पहलमा पत्रकारिताको गरिमा बढाउंदै सबल, अनु‌शासित समाज निर्माणमा योगदान पुर्याइनेछ ।

१६. संघीयता कार्यान्वयनसंगै आम मानिसले देखिने भेटिने गरी राज्य संचालन प्रणाली चलिरहेको सन्दर्भमा हरेक स्थानीय तहहरुमा स्थापित मिडिया संरक्षण गर्ने तथा श्रमजीवी पत्रकारहरुलाई नेपाल पत्रकार महासंघको सदस्यता प्रदान गरिनेछ ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।