नेपाल दुतावास कोरियाले भन्यो : चार्टर फ्लाइटमा सरकारले तोकेको भन्दा बढी भाडा लिएको छ भने उजुरी गर्नु        

  • हजुरको खवर
  • बुधबार, आषाढ २४ २०७७ प्रकाशित

 शुभराज भोम्जन

दक्षिण कोरिया कोरिया देखि नेपाल जानको लागि  प्रतियात्रु ६ सय अमेरिकी डलर भन्दा बढी नलिन  नेपाल दुतावास कोरियाले सुचना जारी गरेको छ ।  यद्यपि निर्धारित भाडादरको ५ प्रतिसत अतिरिक्त सेवा शुल्क लिन पाउने भनिएको छ ।  आउदो 10 र 15 तारिखका लागि कोरियन एयरको विमान चार्टर गरिएको छ । केएमइ रेमिट्यान्स र गैर आवासीय नेपाली सङ्घ दक्षिण कोरियाको सहकार्यमा उक्त उडान भर्न लागिएको हो । तर एकतर्फी यात्राको लागि यात्रीहरुसङ्ग भने 8,50,00 कोरियन वोन(691USD$) उठाइरहेका छन् ।सरकारले तोकिएको भन्दा बढी भाडा लिएमा उजुरी गर्नका लागि दुतावासले अनुरोध समेत गरेका छन् । दुतावासले जारी गरेको सुचना अनुसार विमान चार्टर गर्ने पक्षले ५ प्रतिशत अतिरिक्त शुल्क जोडेर 630 USD$ मात्र यात्रुहरु सङ्ग भाडा लिन पाउने छन । यश भन्दा अघि चार्टर गरिएको बिमानबाट कोरियादेखि नेपाल फर्कनेहरुलाइ 691USD$ नै भाडा लिएको थियो । यहि बिषयलाइ लीएर केएमइ रेमिट्यान्सका प्रमुख बिनोद कुवर सङ्ग प्रतिकृया लिन खोज्दा उनले प्रष्ट रुपमा कुनै प्रतिकृया दिएनन  ।  

कुवरले दुतावासले सुचना जारी गरेको थाहा छ तर "मैले राखेको बिल अनुसारनै सबै काम हुन्छ"भन्दै छोटो प्रतिकृया दिएका  छन । कुवरले यश बिषयमा पछि कुरा गरौला भन्दै कुरा टुङगाउन नपाउदै फोन काटिदिएका छन । त्यसैगरी रेमिट्यान्स सङ्ग समन्वय गरिएको गैर आवासीय नेपाली सङ्घ दक्षिण कोरियाको अध्यक्ष यग्यराज सुबेदीलाइ सम्पर्क गर्न खोज्दा सुबेदीको फोन उठेन । उपाध्यक्ष र सचिब सोम तामाङ र राज कुमार स्याङतान सङ्ग यश बिषयमा कुरा गर्दा एनआर एन कोरियाले समन्वय मात्र गरेको र बाकी पुर्ण जानकारी केएमइ रेमिट्यान्स रहेको बताएका छन् ।

दुतावासले निस्चित भाडा दर तोकिए पछि विमान चार्टर गर्ने सम्बन्धित पक्षले बढी लिएको भाडा फिर्ता गर्ला या नगर्ला त्यो हेर्न बाकी छ । कोरोनाको कारणले नेपाल फर्किन नपाएको नेपालीहरुको लागि चार्टर फ्लाइटले सुबिधा हुने भएता पनि बढी भाडा भने लिन नपाउने स्पष्ट पारिदिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।