नेपाली चेली नबिना भण्डारीले जापानबाट दशैमा यस्तो सन्देश दिए पछि.....

  • हजुरको खवर
  • प्रकाशित


परदेश जाने कुरामा खासै रुचि नभएको म। सानो उमेरबाटै बिदेशीनु भएको मेरो बाबा अनि बाबासँगैको भौतिक दुरि, बाबाको न्यानो काख, पारिवारिक बिछोडको चाप र ताप सहेर हामिलाई हुर्काउदा रसाएका आमाको आखाँ देखेका कारणले पनि बिदेशिने रहर लागेन । दशैँ तिहार पार्टी पर्वमा आफ्नासँगै बिछोडको पीडा सायद सबै नेपालीको घर घरको भोगाइ बनेको छ । यसैले पनि बिदेशीने इच्छा कहिलै लागेन ।
म आज पनि स्पस्ट सम्झन सक्छु, आफ्नासँगैको बिछोडले तब पोल्थ्यो, जब पल्ला घरका काका, माख्ला घरे जेठा दाई, सिरान घरे सुबेदार बाजे ठूलो लगेज ब्याग गुडाउदै मेरो आगनबाटै हिड्थे र मलाइ सोध्थे तेरो बाबा आउदैन रे दशैमा ? असारे झरि, भदौरे घाम हुँदै असोज र कार्तिक महिनाको मन्द र मलिन घामले अनि चिसो हावाले दशै तिहार आएको आभाश गराउथे, गाउँ भरी दशैंतिहार लाग्थ्यो तर मलाइ र मेरो परिवारलाइ खल्लो दशै लाग्थ्यो । किनकि मेरो बाबा परदेशमा हुनुहुन्थ्यो । सानै थियौँ मेरो बाबाले पसिना बेचेर कमाएको पैसाले नयाँ लुगा जुत्ता मिठोमसिनो खानेकुराको त कुनै कमि थियन तर मेरो बाबा हामी सङै हुनुहुन्थेन । त्यसैले मेरो स्वार्णिम बाल्यकालको बाबाकै अभावमा बित्यो । मेरा हरेक जन्मदिन, हरेक चार्डपर्ब सहित मेरो बाआमाको एनिभर्सरी पनि खल्लो रुपमा विडियो कलमा नै सकिन्थ्यो । मैले प्रत्यक्ष भोगेको कारणले नै म कहिलै बिदेशीने बिचारमा थिइन ।  

केही समय पहिलाको सर्बेक्षणले नेपालमा करिब करिब ४० प्रतिशत युवाहरु छन् । अन्य विकसित मुलुकमा जस्तै, अमेरिका, चीन  तथा भारतमा भन्दा हाम्रो मुलुकमा युवा जनशक्तिको प्रतिशत बढी रहेको छ । त्यसैले बिज्ञहरुको भनाइमा यो सताब्दिलाई देश बिकास गर्ने स्वार्णिम युग भनिन्छ । तर हाम्रो मुलुकको आर्थिक तथा राजनितिक तरलता भनौँ वा कुराजनितिलाई दोष दिउँ, हामी जस्तो युवालाई बिदेशीने रहर नहुँदा नहुदँै पनि बाध्यताले बिदेशमा रगत र पसिना बगाउनु परेको छ । हाम्रो  मुलुकले झेलेको बेरोजगारि समस्याले उब्जिएको समस्या हो यो । मुलुकबाट आज भन्दा धेरै बर्ष पहिला सरकारलेनै  बिदेशीने बाटो खोल्यो । जो आजको जस्तो श्रमिक होइन युद्धमा मार्न र मर्न सक्ने थिए । मेरो विचारमा आज पनि नेपालमा एक घर एक परदेशी रहेका छन । आज पनि लाखौं लाख युवा जमातले परदेशलाई रगत र पसिनाले सजाउदैछ । समय सङै म पनि बाल्यकालबाट परिपक्क युवा अबस्थामा पुगे, कलेज जाने आउने अनि इन्टर्नेटमा साथिभाइसँगको गफ, बिदेशीयका आफन्तले पोस्टाएका ठुलो र अग्ला घर, चौडा बाटो झिलिमिलिले सफा सहरको फोटो, साथिहरुसँगको भबिस्यको योजना र मुलुकमा बेरोजगार समस्याले मैले बाल्यकालमा भोगेका भोगाइहरु बिर्सनु प¥योे र साथिभाईको लैलैमै परदेशिने निधो गरे ।  मानिसको स्वभाबन हो, आरुले गरेकै गर्न खोज्ने ¤ अन्ततः म पनी मेरो सपनाको शहर जापान छिरे । 
जापान र नेपालको ईतिहास खोतल्ने हो भने जापान बिकासको चरम उत्कर्समा पुगेको करिव करब सात दसक भयो । बिश्व युद्धमा तहसनहस बनेको जापानलाई नेपालको सरकारले सहयोग गन्र्ने गरेको ईतिहास छदैछ । सत्तरी बर्षमा जापानले जति बिकास ग¥यो नेपालले इतिहासकै स्वाधीन सुन्दर शान्त मुलुक भएर पनि त्यति बिकाशको गतिमा लम्कन्न सकेन र उल्टैै जोसिलो जागरिलो युवालाई युद्धको सिपाही बनायर भारत र बेलायत पठायो । इतिहासको काल खण्डमा हाम्रो मुलुकले कहिलै बुजेनकी युवा शक्ति के हो भनेर । त्यसैको फलस्वरुप आज जापानको प्रति व्यक्ति आय ४३ हजार अमेरिकी डलर हुदाँ नेपालको एक हजार अमेरिकी डलर मात्रै छ । जापानले जस्तै जनशक्तिलाई पैसामा बदल्न सिक्ने हो भने हरेक नेपालीको दशै खल्लो हुँदैन, भन्ने मैले आज करिव चार सालको कडा मेहनतबाट सिकेको कुरा हो । 

 मान्छेको मन अनि स्वभाब न हो , अरुको सिको गर्ने मलाई पनि त्यस्तै भएको थियो । संगै कलेज पढेको साथि अनि इस्टमित्रहरुले विदेश गएको पैसा कमाएको र रहर लाग्दो ठाउँ घुमेको देखेर रहर लागेको थियो मलाई पनि तर त्यति  बेलामा बिचरा म मलाइ के थाहा थाहा २९ दिन काम गरेर १ दिन विदामा घुम्न जाँदाको फोटो एक महिना सम्म सामाजिक संजालमा हाल्नु पर्ने । कम्पनीले छुट्टी नदिदाँ पुराना पुराना दशैँको फोटो खोजेर फेसबुकमा हेप्पी दशैँ भन्दै पोस्टाउनु पर्ने । दिन भरिको काम अनि लखतरान थकाइले आमालाई हकारेको याद आउँछ । आमाले अगेनुबाट झिक्दा झिक्दै पस्कनु भएको खानाको याद तब आउँछ जब फ्रीज भित्रको रेडिमेट खाना खानु पर्छ । परदेश आएपछी हरेक परदेशी स्वाबलम्बी हुदो रहेछ । म पनि आफ्नै लागि आफै काम गर्छु कमाउछ र खर्च पनि गर्छु तर पनि आफ्नो  परिवारसँग बस्दा, खादाको र बुबाको पैसाले खर्च गरेको जस्तो आत्मासन्तुस्टी मिल्दैन रहेछ । आज सम्म अर्काको देशमा आफूलाई सकारात्मक भएर समस्या देखि नभागी समाधान कै लागि आउने गर्छन् भन्ने शाहासले जिन्दगी जिउदै छु । परिवारको अगाडी सँधै खुसि भएझैँ गरेर समय बिताउँदै आएको छु । भविस्यको चिन्ता एकातिर अनि घरपरिवार अनि नेपालको याद अर्को तिर बाध्यता भनाँै या रहर तर जे भएपनि ४ वर्ष देखि म पनि परदेसी भूमिमा दुःख गरिरहेको एक नेपाली नारी हुँ । परदेशमा हुँदा चाडपर्वहरु आउछ तब मनमा सधै एउटै कुरा आउँछ, किन र केको लागि आँए होला म बिदेश ? पैसा भयो भने खुसि हुन सकिन्छ,  चाडपर्व रमाइलो हुनको लागी पनि पैसा चाहिन्छ भन्ने लाग्थ्यो तर परदेसिको भुमिमा आएपछी बुझेकी हुँ खुसी शुखी हुनको लागि पैसा हैन परिवार चाहिन्छ भनेर ¤ हरेक वर्ष झैँ यो वर्ष पनि घर गाँउमा दशैं आएको छ, छिमेकका अनि ईस्टमित्रहरुका छोराछोरीहरु नेपाल फर्कदै होलान । मनले त भन्छ नि उडेर गाउँघर जाउँ बुझाउछु यो मनलाइ म मात्र पनि हैन नि परदेसमा परिवार बिना दसैँ मनाउने । बषौँै बित्यो धेरै दशैँ सकिय मेरो देशको हालत फेरिएन हिजो जसरी म मेरोबाबा आउने बाटो हेरेर दशै कटाउथे आज मेरो बाबा छोरी आउने बाटो हेरेर कटाउछ्न् । खै कैले फेरिने हाम्रो जीवन शैली अनि बिदेशीनु पर्ने बाध्यता । बिचरा म अनि मेरो देश ¤
जसरी करिव २२ र २४ बर्ष पहिले मैले दशैँ आउदा मेरो बाबा आउने बाटो कुरेर बसेको हुन्थ्यो आज मेरो बाबा पनि छोरी आउछेकी भनेर घरी घरी बाटो हेर्दै हुनुहुन्छ होला । बर्खा सक्कियो होला, भदौरे घामले घान पनि पाक्यो होला, अब त बिहान बिहान चिसो बतास अनि न्यानो घाम लाग्न थाल्योे होला । चौरमा साना भाइबहिनीहरु चंगा उडाउदै छन होला । अब त दशैँ आयो होला ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।