नेपालले जापानलाई दियो ११६ रनको लक्ष्य

  • हजुरको खवर
  • आइतबार​, मङ्सिर ३ २०८० प्रकाशित

चार देश सम्मिलित महिला टी-२० सिरिजमा नेपालले जापानलाई ११६ रनको लक्ष्य दिएको छ। हङकङ क्रिकेट क्लबको मैदानमा पहिले ब्याटिङ गरेको नेपालले ५ विकेटको क्षतिमा ११५ रन बनाएको हो। नेपालका लागि ओपनर पुजा महतोले ४३ रन बनाइन्। उनले ५१ बलमा ३ चौका प्रहार गरिन्।

त्यस्तै रोमा थापाले १९ बलमा ३ चौका हानेर २२ रन बनाउँदा १९ बल खेलेकी रूबिना क्षेत्रीले २ चौका प्रहार गरी २१ रनको योगदान गरिन्। कप्तान इन्दु बर्माले २१ बलमा १ चौका प्रहार गरी १२ रन जोडिन्।

बलिङतर्फ जापानकी अहिल्या चन्डेल, इरिका तोङ्ची क्वीन र अयुमी फुजिकावाले एकरएक विकेट लिइन्। जवाफी ब्याटिङ गरिरहेको जापान ५ ओभरमा १८ रन बनाएर खेलिरहेको छ।

लिग चरणमा हङकङ र तान्जानियासँग पराजित भएपछि नेपालले तेस्रो स्थानका लागि आज जापानसँग खेलिरहेको छ। लिग चरणमा नेपालले जापानलाई ६७ रनले हराएको थियो।सिरिजको विजेता र उपविजेताका लागि हङकङ र तान्जानियासँग खेल्नेछ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।