नेपालमा थप ३८० जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या ६५९१

  • हजुरको खवर
  • मङ्गलबार, आषाढ २ २०७७ प्रकाशित

नोभेल कोरोना भाइरसका ३८० संक्रमित थपिए छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३८० संक्रमित थपिएका हुन् ।सोमबार एकैदिन ४५५ संक्रमित थपिएका थिए ।७३ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।

पछिल्लो २४ घण्टामा ११७ जना डिस्चार्ज भएका छन् । जसमा १०९ पुरुष र ८ महिला रहेका छन् ।

हालसम्म देशभरका २२ प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ ।

देशभर हालसम्म एक लाख ४३ हजार ७३८ पीसीआर परीक्षण गरिएको छ भने दुई लाख २३ हजार ५१९ जनाको आरडीटी परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा ५ हजार ५५ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका विभिन्‍न क्‍वारेन्टिनमा एक लाख ३३ हजार ९ मानिसहरु रहेका छन् भने आइसोलसनमा ५ हजार ५३१ कोरोना संक्रमितहरु रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।