नेकपा बहुमतको महासचिवमा धर्मेन्द्र बास्तोला चयन

  • हजुरको खवर
  • शुक्रबार​, माघ ११ २०८१ प्रकाशित

नेकपा (बहुमत) को नवौँ महाधिवेशनले धर्मेन्द्र बास्तोला (कञ्चन)लाई महासचिव चयन गरेको छ । काठमाडौँमा आयोजित महाधिवेशनले बास्तोलाको नेतृत्वमा ९९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

गत माघ ४ गते राष्ट्रिय नाचघरमा उद्घाटन समारोह र ५ गतेदेखि कीर्तिपुरस्थित त्रिविको अडिटोरियम हलमा बन्दसत्र सञ्चालन गरिएको थियो । बन्दसत्रमा अध्यक्ष मण्डलका सदस्य सरला रेग्मीले ९९ केन्द्रीय सदस्यहरूको नामावली प्रस्ताव गरेकी थिइन् । सो प्रस्तावलाई हलले ताली बजाएर पास गरेको थियो ।

त्यसपछि जेष्ठ सदस्य जटिलको अध्यक्षतामा बसेको पहिलो बैठकले महासचिवमा बास्तोलालाई चयन गरेको थियो । निर्वाचन मण्डलका प्रमुख दीर्घराज पाण्डेले नवनिर्वाचित समितिलाई शपथ ग्रहण गराएका थिए ।

नेकपा बहुमतले  तत्कालका लागि ५९ जनाको नामावली सार्वजनिक गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।