निःशब्द : मुना दाहाल

  • हजुरको खवर
  • मङ्गलबार, आश्वीन २० २०७७ प्रकाशित

नोभेम्बर रेन... बिहान बेलुकी कठ्याङ्ग्रीदो त जाडो थियो नै । तर पानी पर्दिनाले दिउँसो पनि बिहानकै जाडो महशुस हुँदै थियो । हिउँदे दिनमा कसले छाता बोक्दो होला र ? म पनि उस्तै त थिएँ, झन् हिउँदको घाम जति प्यारो के लाग्थ्यो र बिहान घर बाट तातो घाममा डडाँल्नो सेक्काउँदै न्यानो भएर हिडेँको, बजारमा काम सक्दै थिएँ फर्किनै दिएन पानी ले, बिच बाटोमै अड्कििएँ ।

तै तै कसैले बजारै भएपनि पेटि हालेर बस्न मिल्ने गरि घर बनाका रैछन र ओत लागेर ज्यान बिसाउन पाईयो खुट्टाले दुःख पाएन । त्यसैमा खुसि हँुदै घरबेटिलाई नचिने पनि मन मनै धन्यवाद दिँदै बसिरहँे पानीका थोप्ला हेर्दै । चिसोको एलर्जि हुने मेरो ज्यान उसै पनि चीसो भुईमा बस्नु परेर हाछ्यिउ आउन सुरु भैसकेको थियो । पानी रोक्किने बाटो हेर्दै एकोहोरिएर बसिरहेँ केहि उपाय थियन अरु ।

केहि छिट्टा म तिर ठोकिदै गर्दा चाल पाउँदै थिउँ चिसो मौसममा झरेका ति पानीका थोपा पनि असिना जस्तै चिसा थिए सायद हिँउ परेको हुँदो हो कतै । यो पानीको सट्टा हिँउ पथ्र्यौ भने त पनि कति खुसि हुन्थे होला नि । तर हेटौंडा सम्मै हिउँ पर्न थाल्यो भने त लेख तिरका मान्छे त के बाँच्थे होलान् र ?

चित्तै बुझाउन मात्रै भएपनि सिमभञ्ज्याङ्गमा हिँउ खेल्दाको रर्माइलो अनुभव सम्झिदैँ ति मेरै अगाडि बगिरहेको पानीको कुलो जस्तै बहावलाई नियालीरहेँ, दुई तिन तिर बाट त्रिवेणि बनि आएका कुला एउटै नालीमा मिसिदैँ थिए ।

त्यत्तिकैमा मेरा आँखा ति कुलो कुचल्दै अगाडि बढेका काला नांगा पाईलाहरुमा परे । ओहो यत्ति चिसो पानीमा कस्का खुट्टा होलान यी ? मेरा आँखा ति खुट्टा नियाल्दै माथि तिर चढ्न थाले । कालो मैलो सुरुवाल लामो तर कतै कतै च्यात्तिएको कुर्था माथि पातलो खैरो मैलो स्वेटर माथि जाडोको ओढ्नेले आधा शरिर मात्र ढाकिएको पातलो लुगाले छोपिएको एउटा नाबालख बच्चा बोकेकी काली मधेसि केटि ।

उसका पाईला मै भए पट्टि बढ्दै थियो । उसका हातमा लगभगै ३० ४० रुपैयाँ पुग्ने गरी जम्मा गरिएका पाचैँ पाँचका नोट थिए ।
उफ्... यि मधिसिनीले नि काँहि छोड्दैनन् । मलाई यसरी माग्दै हिँड्ने मधेसि मान्छे जस्तो रिस कोहि सँग उठ्दैन थियो । सँधै वाक्क लगाउने, कँहि कसैलाई देख्नै हुन्न हात पसा¥यो अनि ओ दिदि... कुछ दो ना... बस यति भए पालियो आफ्नो ज्यान । कहिले काँहि यिनले मागेर हिँडेको देख्दा यति सजिलै कमाईन्छ भने त हामी पनि हिँडुम न बरु जस्तै लाग्थ्यो । अझ गाउँ तिर त झन् हल्लै थियो टुना मुना गर्दिने अनि घरमा भएजति गहना पैसा सबै लैजान्छन भनेर त्यसैले पनि यस्ता माग्नेको लागि मेरो दिमागमा राम्रो कुरै आउन छोडिसकेको थियो । माग्नु पनि हात खुट्टै नहुने, आँखै नहुने केहि गर्न नसक्ने ले पो त । त्यस्ताले मागेको पो सुहाउनु अनि दान गर्न पनि मन लाग्थ्यो । बरु केहि गर्न सक्दैनन् भन्नेले कति ठुला काम गर्न लागि सके तर यस्ता बलबुतो हात खुट्टा सबै ठिक भकाले चाहिँ हात पसारेर हिँड्छन लाज पचेकाहरु केहि गरेर खान सकिहालीन्छ नि एउटा ज्यान पाल्न ।

फेरि उसको बच्चा ओहो... रिस त मलाई त्यो सम्झेर उठिराको थियो । उ आफैं बच्चा छे, जो उसको काखमा पनि अर्काे बच्चा छ अझ । हैन कत्ति हतार हुन्छ मान्छेलाई बच्चै पाउन चाहिँ । केहि सोचेरै पाउँछन् कि के के हुने रैछ भन्दा भन्दै पाउने हो कुरै बुझ्न सक्दिन म ।

नपाउनु पाए पछि त्यसको हेरचाह गर्न नसक्ने हो भने किन पाउनु भन्छु मत तर मैले सोचेर चाहिँ के हुन्छ र जस्को पनि त्यस्तै देख्छु अनि दिक्क लाग्छ देखेरै । यस्तो हालतमा छोड्ने यस्को पोई कस्तो नालायक हुँदो हो । पाल्न नसक्ने भए किन बिहे गरेर ल्यायो होला त्यसले । ल्यायो त ल्यायो अझ त्यो बच्चा..? उफ् भगवानले सृष्टि अगाडि बढाउन दिएको हो नारिलाई त्यो शक्ति केटा मान्छेले खेलाउने कुरा जत्तिकै सम्झेर त्यसको दुरुपयोग किन गर्छन आखिर ? कँहि कसै बाट उत्तर नपाईने प्रश्न घुम्दैथियो मेरो दिमागमा त्यो बेला । म यस्तै केहि सोच्दै गर्दा उ मेरै नजिकै आईपुगि । म अब खुल्ला पैसा छैन के दिनु भनेर आफ्नै चिन्तामा थिएँ । तर उ पनि ओत लाग्न भनेर दौडेर आएकी रहिछ । धन्न भने मनमनै.....।

उ मेरो नजिकै आएर बसि... मेरो ध्यान त्यो पानीको कुलो बाट उसको हालतले खोसिसकेको थियो । मैले उसलाई र उसको बच्चालाई आँखा छल्दै नजिकै बाट नियाल्न लागेँ । कलिलो अनुहार धेरै उमेर नभएको न सिउँदो मा सिन्दुर न पोते न कुनै श्रृगांरको केहि नाम निसान देखिने । बच्चा उस्तै अन्दाजि वर्षे भए नभए जस्तै देखिने । तर कुपोषण लागे जस्तै कलेटि परेका ओठ र बटारिएका परेला हड्डि सबै देखिने ज्यान । लुगा उस्तै थियो त्यत्रो जाडोमा पनि, हातका नारि गतिलो उखुको डाँठ जत्रै थियो नापेकै भएपनि । बच्चा रुन लागे जस्तै गर्दै थियो उसले हतपत त्यहि पछ्यौराले छोपेर बच्चाको मुख भित्र आफ्नो दुधको मुन्टो पसाएर चुप लगाईदिई । म अलिअलि गर्दै उसका हरकत नियाल्दै थिएँ ।

म केहि नबोलि बसिरहेको थिएँ न त उ पनि केहि बोलि । केहि बेरमा उसले पछ्यौरा बाट बच्चाको टाउको निकालेर ज्यान पछ्यौराले छोप्दै पानी परे पट्टि हेर्दै कालो मुख लगाई । उसको बच्चा ठुस्कीन छोडेको थिएन । सायद भोकले नै होला । उसले आफ्नो गोजिबाट एउटा प्लाष्टिक निकाली र त्यसमा भएको पाउरोटि अलि अलि गर्दै चुडँेर आफ््नो मुखमा हाल्दै भिजाएर निकाल्दै बच्चाको मुखमा हाल्न लागि । बच्चा पनि त्यहि पाउरोटिका टुक्राहरु मिठै मानेर निल्न लाग्यो । बिचरा कत्ति भोकाएको रहेछ त ।

उसको त्यो खुवाईको तरिकाले गर्दा म नबोलि बस्नै सकिन ।
होटेल तिर गएर दुध सँग खुवाए हुन्थ्यो होलानि किन त्यसरी खुवाउनु भएको यति सानो बच्चालाई ?
के गर्ने दिदी दुध तातो पारेर दिएको ४० रुपैँया लिन्छ होटलमा । हामि आज ६० रुपैंया भन्दा कमाए छैन पानीले सब बर्रवाद बनाई हालेछ ।
उसको जवाफले म अवाक भएँ के बोलु के सोधुँ केहि थाहा पाईन । प्रश्न धेरै खेल्न थाले मनमा सबै सोध्न मन लाग्यो । म पालै पालो उ माथि प्रश्नको प्रहार गर्न लागेँ ।
घर कँहा होर तपाईको ?
घर छैन दिदी मेरो ।
अनि कँहा बस्नु हुन्छ त ?
उ थोेरै हिचकिचाए जसरी बोल्न लागि..... यहिँ कर्रा पुलको छेउमा ।
भाडामा बस्नु हुन्छ, कोठामा ?
होइन ।
अनि ?
कर्रा पुल छेउमा तिर्पाल टाँगेको हेर्नु भएछ ?
अँ । देखेको छु ।
हो दिदि त्यहीँ बस्छु हामि । एउटा त्रिपाल मेरो हो त्यँहाको । तर दिदी आज त्यहि त्रिपाल पनि पानीले भिजाईहालेछ । अब भरे यो बच्चालाई कसरी सुताउँ त्यो खोलाको छेउमा बहुत ठन्ड हुन्छ । त्यहि समझमा आए छैन ।
अनि घर छैन तपाईको ? तपाईको आमा बुबा, श्रीमान् कँहा हुनुहुन्छ त ?
कोहि छैन दिदी हाम्रो । सब लोग मरि हालेछ । म अकेला छ यो संसारमा ।
मतलब ? केहि घटना भएर बित्नु भएको सबै ? अनि यो श्रीमानको घर त होला नि घर परिवार कोहि त होला ?
कोहि छैन दिदी हाम्रो । मेरो श्रीमान छैन । मेरो बिहे पनि भएको छैन ।

उसको जवाफले मलाई बिस्तारै अन्योलमा पार्न थाल्यो । म मेरा आफ्नै प्रश्नको उत्तरमा रोमलिन थालेँ । उसको भाषामा हमे कुछ समझमे नहि आया । यतिका प्रश्नको उत्तर पाएर पनि मैले केहि बुझ्नै सकिन । म अवाक भएर उसलाई एक टकले हेरि रहेँ । श्रीमान छैन घर परिवार छैन फेरि यति सानो बच्चा छ, खोलाको छेउमा त्रिपालमा बस्ने । मलाई उसको सबै ईतिहास बुझ्न निकै कौतुहल भैसकेको थियो । तर कसरी सोधौं के भनेर सोधौं केहि शब्द भेटिन । म केहि बेर मौन भएँ ।

यो पानी रहुन्जेल तपाईको कुरा जान्न मन लाग्यो दिदी मलाई केहि भन्न मिल्छ भने भन्नु न ?
के भन्नु दिदी आजतक मेरा आफ्नो भन्नेले पनि सोधे छैन केहि यसरी, तपाई त अन्जान छ, तैपनि तपाई यत्ति जान्न खोजिरहेछ म सँग के भएको भनेर । तपाई बहुत समझदार मान्छे रहेछ दिदी । तपाईले अर्काको दुःख छिटै देख्दो रहेछ । नत्र अहिले यस्तो हामि जस्ता माग्ने लाई सब लोग बहुत हेला मात्र गर्छ दिदी ।
उसले यति भन्दै गर्दा अघि सम्म मैले यस्तै माग्नेहरुप्रति राखेको सोचाईले, उसले मलाई समझदार शब्दको उपनाम दिँदा म आफैंमा लज्जास्पद महशुस गर्दै थिएँ । बस उसलाई भन्न सकिन ।

उसको बच्चा पाउरोटि खाएर उसको काखमै पछ्यौराको न्यानोको महशुस गर्दै निदायो । उसले पछ्यौराले बच्चालाई छोप्दै मिलाउँदै भन्न लागि...
के गर्नु दिदी मार्न पनि सकेन पाल्न पनि सकेको छैन मैले यो बच्चालाई ।
लौ किन मार्नु नि यति सानो बच्चालाई, के भनेको त्यस्तो ?

हो दिदी,
मेरो घर दाङ बाट अलि भित्र डुरुवा भन्ने गाउँमा थियो दिदी, बहुत दुःख थियो हाम्रो गाउँमा लाउन खान, माई बाबु सुभा साम ज्यालादारी काम गथ्र्याे । कहिले मिठो खान पाउँथ्यो कहिले त्यसै पनि सुत्नु पथ्र्यो । निन्द आउँदैन थियो दिदी नखाई सुतेको दिनमा । बहुत दुःखले मलाई ३ कक्षा सम्म पढायो सरकारी स्कुलमा तर सकेन त्यो पछि पढाउन । म एउटा मात्र छोरि थियो अरु कोहि थिएन । मैले पढ्न छोडेर घरको काम गर्न थाल्यो । साहुहरुको खेतमा काम गर्न जान्थ्यो ज्यालादारीमा । म पनि पैसा कमाउन लाग्यो बिस्तारै । म १२ वर्षको भएको थियो दिदी । खेत बारीमा काम नहुँदा साथिहरु सँग जंगल जाने दाउरा ल्याएर बेच्ने गथ्र्याे दिदी । बह्त अन्धेरा हुन्थ्यो घर फर्किदा जंगल बाट त्यसैले दाउरा बोक्न भनेर साईकल किन्यो दिदी मैले आफैंले । एक दिन त्यसै गरि हामि साथि सँग जंगल गए थियो दाउरा लिन भनेर । दाउराको भारि हालेर हामि फर्किदै थियो । हमार साईलकको चेन बिग्रियो । अनि म चेन बनाउन लाग्यो तर हाम्रो साथिहरु अलि अलि गर्दै अगाडि गयो । केहि बेरमा आखैँले देखेन सबै अगाडि बढिहाल्यो । हाम्रो दाउराको भारिले गरेर चेन बनाउनै सकेन । दाउरा निकाल्यो भने हाल्न सक्दैन थ्यो अकेलै ले । अनि बल्ल बल्ल चेन बनाएर हतार हतार हामि पनि अघि बढ्यो । तर चेन बिग्रेको ले गर्दा म धेरै पछाडि प¥यो हामि निकै अन्धेरा पनि भयो ।
सँधै हिड्ने गरेको बाटो थियो । हम अगाडि जाँदै थियो दिदी कोहि थिएन जंगल भएर बाटो हिंड्ने मान्छे पनि सुनसान थियो मेरो साथिहरु पनि सबै छुटिहाल्यो । दिदी अलि अगाडि जाँदा जाँदै कुछ मान्छेहरु बोलेको आवाज सुन्यो मैले । त्यस्तो रातमा मान्छे बोलेको सुनेर हम बहुत घबराउँदै अगाडि गयो । ३ ४ जन मान्छेहरु चुरोट खाँदै बसेको देख्यो । हम साईकल परबाट छेउ छेउ लगाउँदै बिस्तारै अगाडि गयो । बहुत डर लागे थियो दिदी बहुत । म केहि अगाडी पुग्यो मेन रोड आउन लागे थियो । हाम्रो सास बल्ल आउँदै थियो ज्यान बच्यो भनेर । तर दिदी....

तर के ? मैले उसलाई कुरा रोक्नै दिईन ।

तर त्यो मान्छेहरु बाइकमा आएर मेरो वरिपरि बाईक घुमायो । मेरो बाटो छेक्यो, मलाई अगाडि जानै दिएन । म चिच्यायो, करायो बहुत चिच्यायो दिदी तर कोहि थिएन त्यँहा मेरो चिख सुन्ने । म बहुत रोयो मलाई जान दे भनेर तर तिनिहरुले म हामि पु¥याईदिन्छु भनेर मलाई जर्वजस्ती बाईकमा बेठायो । र फेरि जंगल पट्टि लग्यो । मैले धेरै कोसिस ग¥यो दिदी बाईकबाट कुद्ने, तर तिनिहरुले मेरो जँहि तहिँ समाते थियो । बहुत दर्द भैरहेथियो मलाई, म कुद्न सकेन । बहुत चिल्लायो म तर मेरो मद्दत गर्ने कोहि थिएन त्यहाँ । बहुत बिन्ती ग¥यो मैले तिनिहरु सँग म तिमिहरुको बेहेन जस्तै हो छोड्दै भनेर, तर तिनिहरुले हाम्रो बेहेन त जस्तो खुबसुरत कँहा छ र, तिमि त बहुत माल छ, कुछ देर चुप रहो फिर छोडदेंगे भनेर म माथि धेरै हाँस्न लाग्यो सब लोग । दिदी म चिल्लाएर मेरो आवाज सानो भईसकेको थियो, म चिच्याएर कान मे दर्द भो रे भनेर तिनिहरुले मेरो दुपट्टा मेरो मुख भित्र पसाएर बाँधिदियो । म बहुत रोयो दिदी मेरो सास पनि गएन त्यो बेला, मेरेको भए त बहुत सुख पाउँथ्यो मैले ।

तिनिहरुले मेरो लुगा सबै तिर च्यातिदियो दिदी । म मेरो माई बापुलाई बेस्सरी बोलाईरहे थियो । तर मेरोे आवाज बाहिर निस्कन पाएन । मेरो सबै अंग अंग मा चिथोर्न कोपर्न लाग्यो त्यो जानवरहरुले दिदी । मलाई बहुत दर्द भै रहेथियो तर म चिच्याएर रुन पनि सकेन मेरो मुख बाँधेको थियो । मेरो सबै अंग बाट खुन आयो मलाई बहुत दर्द भैरहे थियो । त्यो सबै जानवरहरुले मिलेर मेरो हात खुट्टा समात्यो । अनि पालै पालो म माथि चढेर मेरो बलात्कार ग¥यो दिदी । मलाई बहुत दर्द भैरहे थियो । मेरो हात समाते थियो मैले जमिनको मिट्टी समेत मुठि पार्न सकेन मलाई दुखेको बेला, मेरो खुट्टा समातेको थियो दिदी मैले खुट्टा जमिनमा रगड्न पनि पाएन दुखेको बेला । म मर्दा पनि मरेन दिदी किन मरेन त्यति दर्द हुँदा पनि मेरो सास जान सकेन । तिनिहरु ३ जनाले नै पालैपालो ३ चोटि मेरो बलात्कार ग¥यो दिदी मैले केहि गर्न सकेन । मैले बिहान बेलुका पुजा आरति गर्ने मेरो भगवानले पनि मलाई बचाएन । धिक्कार रैछ भगवान भनेर पुजा गर्नु पनि । भगवान हुँदैन दिदी कँहि पनि हुँदैन सब मान्छेको भ्रम मात्र हो । हमी मरे जत्तिकै हुँदा पनि मेलै पुजा गर्ने भगवानले मलाई बचाउन सकेन त कँहा छ भगवान ?? कँहि छैन ।

बहुत रोयो दिदी म बहुत । म रुँदा रुँदा बेहोस् भएछ । त्यो जानवरहरुले आफ्नो चाह प्ुरा गरेर मलाई त्यहिँ त्यस्तै हालतमा छोडेर गएछ । म २ दिन पछि होसमा आयो दिदी । मेरो सास किन गएन बेहाशीमै । म होसमा आउँदा मेरो वरिपरि मख्खि मख्खि घुमिरहे थियो । म उठेर मेरो मुखको दुपट्टा खोलेर त्यहिँ बसेर बहुत रोयो । च्यात्तिएको लुगा लगाएर म उठ्न खोज्यो । बहुत खुन गएथियो दिदी मेरो, म उठ्नै सकेन, हिँड्नै सकेन । मेरो जानको सब अंगहरु घाउघाउ लागेर सुन्नीएको थियो दिदी । मेरो यौनाङ्गनै च्यात्तीएको रहेछ बहुत सेहेन गर्नै नसक्ने दर्द भैरहे थियो मलाई । बल्ल बल्ल उठेर म लाठि टेकेर त्यहाँबाट निस्कियो । म त्यस्तै हालतमा घर पुग्यो दिदी । सबैले मलाई धेरै घुरेर हेरि रहे थियो । म लाचार देखेर होला । कोहि बोलेन म सँग न साथिहरु न गाउँको कोहि मान्छेहरु । दिदी दर्द त मलाई त्यो बेला झन् धेरै भयो जब म घर पुग्यो । मेरो घर भरि भिड भाड लागेको थियो मान्छेहरुको, म सबैलाई हटाएर भित्र पस्दा म २ दिन जंगलबाट घर नआउँदा मलाई मान्छेले मारी सक्यो भनेर मेरो माई बापुले विष खाएर आत्महत्या गरेछ दिदी त्यहि रातिमा । म जिँउदै लास भयो दिदी त्यो देखेर । बहुत रोयो फेरि सकेजति रोयो मेरो आशँु बाँकि रहने । तर रोएर मेरो माई बापु वापस आएन । मैले जम्मा गरेको पैसाले मेरो माई बापुको किर्या ग¥यो दिदी । गाउँके कोहि मान्छेले पनि मलाई राम्रो नजरले हेरेन । कोहि बालेन म सँग । त्यो जानवरहरुलाई कसैले खोज्ने प्रयास गरेन । मेरो न्यायको उपर कोहिले एक लब्स निकालेन दिदी । म एक्लैले के गथ्र्यो र मैले जसो तसो खर्च पु¥याएर क्रिया करम गरेर सक्कायो ।

म सँग बाँकि थिएन अरु पैसा । फेरि मलाई त्यो गाउँमा बस्न पनि मन लागेन दिदी । म बाँकि भएको पैसा बोकेर बस पार्क गयो । एउटा गाडिमा चढेर यति पैसाले जँहा पुग्छ त्यहिँ उतार्दे भनेर गाढि चढ्यो । त्यो गाडिले मलाई यहिँ हेटौंडामा उतार्दियो । सब अन्जान थियो दिदी कँहि केहि थाहा थिएन । कति दिन भोकै हिँड्यो कति दिन अरुले छोडेको खायो, कहिँ भाडा माझ्यो, कहिले पेटिमा कहिले मन्दिरमा सुत्यो । एउटा घरमा काम गर्न बसेको थियो दिदी खान सुत्न पाईरहेको थियो । तर म माँ बन्ने वाला रहेछ । त्यो थाहा पाएर मेरो मालिकले मलाई घरबाट निकालिदियो दिदी । अनि म फेरि उस्तै भयो कँहा जाने थाहै भएन । अनि मैले म जस्तै गरिब मान्छे भेट्यो जो त्यो खोलाको छेउमा त्रिपालमा बस्छ । अनि उसैसँग गएर म पनि त्यसरि बस्न लाग्यो । केहि काम गर्न जान मेरो पेटमा यो बच्चा थियो दिदी । बिचरा यो बच्चाको के दोश मैले यसलाई मार्न सकेन दिदी । मार्न पनि कसरी माथ्र्याे र म सँग पैसा पनि जो थिएन । त्यसैले मैले माग्ने काम गर्न थाले । दिनभरि मागेको पैसाले सुभा साम केहि खाएर सुत्न पुगेको छ । यो बच्चा पनि त्यहि भएर यस्तो कमजोर छ दिदी केहि खान पाउँदैन । यस्तो छ दिदी मेरो कथा, मेरो यो संसारमा कोहि छैन, न घर परिवार न आफ्नो मान्छे न भगवान... बिल्कुल अकेला मान्छे छ हामि । यस्तै गरि जति दिन चल्छ त्यति दिन बाँच्छु नसकेको दिन आफैं मरिहाल्छ । आत्म हत्या गर्न मन पनि लागेको थियो दिदी फेरि सोच्यो, मर्न सँग त डराउँदैन भने यस्तो समस्याहरु सँग किन डराउने । हरेक दुःखीको कुनै न कुनै दिन सुखको दिन आउँछ रे दिदी । हेर्छ हमि पनि हाम्रो भाग्यमा सुख छ छैन । यदि भगवान साँच्चै छ भने मलाई अवश्य सुखको दिन देखाउला नि । म भगवान सँग परिक्षा लिदैँछ दिदी अहिले ।

उसले यति भन्दै आफ्ना आँखाबाट ति कुला जस्तै बगिरहेका आशुँका धारा पुछि ।
मैले पनि आफँलाई सम्हाली राख्नै सकिन । तरक्क आशँु झरे मेरा पनि आँखाबाट । आशँु पुछ्दै उ तिर हेरँे मैले आफँैलाइै धिक्कारे अघि सम्म के सोचेको थिएँ मैले । तर उसको त कति दुःख लाग्दो र डरलाग्दो अतित रहेछ ।
मैले मनमनै आफुँलाई सम्झाएँ सबै मानिस रहरले माग्ने हुँदैनन् । कसैको बाध्यता र मजबुरी पनि हुन्छ । त्यो जाडोमा लुगाले पनि थेगि नसक्ने गरि मेरा आत तरंगित भए । मेरा शरिरका रौं सबै ठाडा भए ।
जम्मा १४ वर्षको केटि उ कति हिम्मत र शक्तिशालि रैछे । उसको मुखमा केहि बेर एकटकले हेरिरहें । उसको बच्चा उठिसकेको थियो । पानी पनि बिस्तारै कम भयो दिदी अब हामि जान्छु । भरे खान पुग्ने गरि माग्नु छ अझै । आज कँहा सुत्ने थाहा छैन सबै भिज्यो होला, भन्दै उ उठि ।
मैले उसको हात समातेर दिदी भेनेर बोलाए । पर्खनुस् न ।
मैले मेरो ब्यागबाट १००० रुपैया निकालेर उसको हातमा राख्दै भने धेरै त छैन दिदी म सँग पनि तर यो जाडोमा यो बच्चा बोकेर नहिड्नु अब । फर्किनु अनि भरे सुत्ने व्यवस्था गर्नु । बरु म पनि त्यहि बाटो जाने हो सँगै जाम भनेर उसलाई सँगै हिँडाए ।
भैगो दिदी २० रुपैया खर्च हुन्छ गाडिमा, म हिडेँरै पुग्छु । भन्दै उ गाडि नचढ्ने भन्न लागि । मैले जर्बजस्ति गाडिमा बसाएँ ।
दिदी राम्ररी जानु धेरै धेरै धन्यवाद धेरै भलो होस् तपाईको, कहिल्यै दुःख वरिपरि न आवोस् भन्दै उ कर्राको पुलमा झरि ।
मैले भाडा दिन्छु भनेर ड्राईभरलाई गाडि अगाडि बढाउन लगाएँ र फर्केर उसलाई र त्यो त्रिपालको छाप्रो लाई आँखाले देखुन्जेल हेरिरहें । केहि बेरमा उ र त्यो छाप्रो मेरा आँखा बाट ओझेल भयो । सोच्दै एकोहोरो भएँ कि हाम्रो समाजमा कँहि पनि एउटि केटि सुरक्षित छैन । ति नर पिचासहरुले अझै कति यस्ता कलिला जिन्दगी बर्बाद गरि सके होलान् । तर न ति नै ख्ुलेआम शिर उचा गरेर घुमिरहेछन् । अनि बिचरा यस्ता केटिहरु कोहि मृत्युको शिकार बन्छन् त कोहि को जिन्दगी बर्बाद हुन्छ । यतिका घटना व्यापक हुँदा पनि हाम्रो सरकारमा बलात्कारीको लागि केहि कठोर कानुन बन्न सक्दैन । लाग्छ कानुन लेख्ने व्यक्ति आफैं पनि बलात्कार गरेर आएको हुँदो हो । जो उसलाई कठोर कानुन बनाउन सँग डर लागिरहेछ । नत्र भने यति साना कलिला बालिका दिन प्रतिदिन बलात्कृत हुँदै गर्दा कानुन विदहरुको मानवता कँहा लुकेको छ ?
एक पटक बलात्कारीलाई जिउँदै जलाउन सकियो भने, पटक पटक बलात्कृतको नाममा मैन जलाउनु पर्दैन थियो । यस्तै सोच्दा सोच्दै मेरो घर आईपुग्यो, त्यसदिन बाट मैले त्यो दिदीलाई फेरि न कँहि कतै देखे न उसले मलाई ।

मुना दाहाल
हेटोडा–,८ मकवानपुर

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।