नारी दिवस विषेश कविता-एउटा चेली हिँडेपछि.....

  • हजुरको खवर
  • बुधबार, फागुन २४ २०७९ प्रकाशित

एउटा चेली हिँडेपछि बाटोभरि डर ।
फर्कने पो हो कि होइन उनी फेरि घर ।।

स्कूलमा पढ्छिन् उनी साथीसंग खेली ।
स्कूलबाट फर्की आउँदा बालात्कृत चेली ।

इन्टनेट हेर्न थाल्यो लाग्छ समाज धिक्कार।
नौ महिनाकी बालिका भइन् अरे बलात्कार ।।

महिला मेरी आमा हुन् कुरा गर्छौ यस्तो ।
महिलालाई नै हेर्ने तिम्रो कु—दृष्टि कस्तो ।

छोरी भन्ने साइनो लगाई छेउमा बस्न आउँछन् ।
ब्वाँसोले झै मौका छोप्छन् जहाँ जसो पाउँछन् ।।

चेली पनि मूर्ख बन्छिन् इन्टरनेटको भरमा।
राक्षस लाई भेट्न जान्छिन् थाहा नदिई घरमा ।।

छाती पिटी रुन थाल्छन् बुवा आमा पनि।
जब छोरी घरमा आउँछिन् रगताम्य बनी ।।

इन्टरनेट र अखबारमा ठूला ठूला कुरा ।
बलत्कार पछि हत्या गर्छन् पेटमा रोपी छुरा ।।

फेसबुक र इन्टनेटमा भन्छौ फासी दिन।
राक्षसहरु खुलेआम छन् फासी दिन नसकेको किन ?

फेसबुक र इन्टरनेटमा नखोकिदेऊ साथी ।
सक्छौ भने आवाज उठाउ महिला हिँसा माथि ।।

अलिकति तिम्रो आवाज अलिकति मेरो ।
आवाजले तोडिन्छ यो हिँसा को घेरो।।
३नारी दिवसको अवसरमा सम्पूर्ण मा शुभकामना लेखक : सिता बर्तौला

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।