हेटौँडा ÷ नारायणी बहुउद्देश्यीय सहकारी संस्थाको आगामी कार्यकालको लागि महिला सदस्य पदमा इन्दिरा कुमारी काफ्लेले उम्मेद्वारी दिनु भएको छ । हेटौँडा—९ मा रहेको सहकारीको निर्वाचन यही मङ्सिर १८ गते हुनेछ । काफ्लेले उम्मेद्वारी दिएको घोषणा गर्दै यस क्षेत्रको नागरिकलाई सहकारीको महत्व बुझाउदै सहकारीको हातामा ल्याई “एक घर, एक सदस्य” अबधारणा अघि बढाउने बताउनु भयो । आफूले हासिल गरेको योग्यता उपयोग गर्नका लागि आफूलाई मतदान गर्न अपिल गर्नु भएको छ ।
भाषणमा भन्दा काममा विश्वास गर्ने दाबी गर्दै सहकारीको महत्व सबैसामु बुझाउदै सहकारीको उन्नतिको लागि सदैव लाग्ने बताउनु भयो । उहाँले आफ्नो अमुल्य मत प्रदान गरि बिजय गराउनुहुन सम्पुर्ण शेयर सदस्यहरुलाई अनुरोध समेत गर्नु भएको छ ।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?
तपाइको विचार व्यक्त गर्नुहोस् ।