नगर कमिटिलाई मजबुद बनाउन लागेका छौँ : सचिव चौलागाई

  • हजुरको खवर
  • सोमबार, भाद्र २८ २०७८ प्रकाशित


एमाले सम्बद्ध युवासंघ नेपाल ०४७ जेठ १ गते ‘प्रजातान्त्रिक राष्ट्रिय युवा संघ’को नामबाट एमालेका युवाहरुलाई संगठित गर्ने कामको शुरुआत भएको थियो । अहिले नेपालको सम्मानिय प्रधानमन्त्री तथा नेकपाका श्रद्धय अध्यक्ष क.केपि शर्मा ओलिको अध्यक्षतामा स्थापना भएको यो गौरबशाली संगठन युवा संघ नेपाल मुलत प्रगतीशील ,जनबादी,लोकतान्त्रिक र रास्ट्रबादी युवाहरूको नेपालमा वा बिदेशमा बसोबास गर्ने १६ बर्ष देखि ४० बर्ष भित्रका नेपालको ७७ जिल्ला,७ प्रदेशमा बसोबास गर्नुहुने युवाहरुको सामुदायिक संगठन हो । पछिल्लो विकसित राजनीतिक घटनापछि अहिले सो संगठन स्थानिय तहमा आफ्नो संगठनलाई बलियो बनाउन लागि परिहरको छ । ‘पछिल्लो राजनीतिक घट्नाले झन् युवासंघ जिल्ला देखि वडा तह सम्म कमिटि विस्तार र युवालाई सकृय बनाउन सकृय देखिन्छ । युवा संघ हेटौँडा नगर कमिटिलाई थप परिमार्जित र मजबुद बनाउन हेटौँडा नगर कमिटि लागि परिहरहेको छ । युवासंघ हेटौँडा नगर कमिटिको अभियानबारे नगरका सचिव मनोज चौलागाईसंग गरिएको कुराकानी..


ड्ड    यस कार्यक्रममा स्वागत छ ? 
धन्यवाद यहाँ र यहाँको टिमलाई ।

 
ड्ड    लामो समय सुस्त रहेको युवा संघ हेटौँडा नगर कमिटि के गरिरहेको छ ? 
प्रश्नको लागि धन्यवाद, माओवादी केन्द्रसित हिजोको अवस्थामा पार्टी एकता भएपछि कुनै पनि संगठनहरु तुस्तदुरुस्त बनाउन नसकेको कुरा नकार्न सकिदैन् र ट्रयाक बिग्रेकै हो । माथिदेखि तल्लो तहसम्मका सबै कमिटीहरु च्लायमान हुन सकेन् । माओवादीसंग पार्टी एकता गरेर केन्द्र, जिल्ला, नगर तथा वडा सम्म धेरै मिलाउनु र समायोज गर्र्नु पर्ने अवस्था थियो । र धेरै समय पार्टीलाई बलिाये बनाउन अग्रज नेता देखि तल्लो तहका कार्यकर्ताहरु प्नि त्यसैमा होमिए र अन्य गतिविधि लगायत पाटीको कार्यक्रममा प्रत्यक्ष रुपमा टोलटोलमा जोडिन सकेको अवस्था थियो । आज हामी सम्पुर्ण कार्यकर्ता तथा नेकपा एमाले कित्ताकाट भईसकेको अवस्था छ । हामी धेरै खुशी पनि छौँ । आज काम गर्ने बातावरण श्रृजना भएको छ । यो चोइटिने प्रक्रिया कम्न्युनिष्ट पार्टीमा भईरहने कुरा हो । रुपक जि तपाईले इतिहाँस पनि हेर्न सक्नुहुन्छ । रुसमा पनि लेलिनको पाटी फुटेर मेन्सिेविक र वेल्सेविक बनेको थियो । बेल्सेविकको नेतृत्व लेलिनले गर्नु हुन्थ्यो भने मेन्सिेविको नेतृत्व अर्को नेताले गर्नु हुन्थ्यो । र लेलिनले सम्पुर्ण युवालाई एक ढिक्का बनाएर फेरि उहाँले क्रान्ति गरेर सत्तामा पुग्न सफल हुनु भयो । उहाँले देशको लागि निति निमार्ण देखि कानुन निमार्ण सम्म र देश विकासमा लाग्नु भयो । मैले कहाँनिर जोड्न खोजेको हो भने युवाको परिर्वतन र क्रान्तिको सम्वाह भनेको युवा नै हो । आज फेरी युवा संघका साथीहरु अधिकाँश नेकपा एमालेमा हुनुहुन्छ । आज केपि ओलीले युवालाई एक बनाएर अगाडि बढाउनु भएको छ ।  हिजो पनि राष्ट्रिय युवा संघ जिउँदो थियो आज झन् खुद्न थालेको छ । 

ड्ड    युवा संघ हेटौँडा नगरको सचिवको मुख्य जिम्मेवारीमा रहेर काम गर्ने अवसर पाउनु भएको छ ? नगरमा कसरी गतिविधिहरु सञ्चालन गर्ने योजनामा हुनुहुन्छ ? 
सर्वप्रथम त मलाई युवा संघ नेपाल हेटौँडा नगर कमिटिको सचिव जस्तो गरिमामय पदमा मेरो योगदान,क्षमता हेरेर चयन गर्नुहुने सम्पुर्ण अग्रज नेता ज्यूहरु,समकालिन साथीहरुप्रति कृतज्ञता व्यक्त गर्दछु । सँधैभरी हजुरहरुको सेवा र समस्यामा लाग्नेछु भन्न चाहान्छु । हजुरको मिडियाबाट म सम्पुर्ण युवासाथीहरुलाई के भन्नु चाहान्छु भने हामी चलायनमान हुन खोज्दा खोज्दै त्यो अवसरहरु नपाएको कुरा यहाँहरु सबै जानकार हुनुहुन्छ नै । अब हामी सबै वडामा जोडिनेछौँ । वडा किमिटि गठन गर्नेछौँ । यहाँको लागि आवश्यक पर्ने समक्ष युवालाई नेतृत्व गर्ने अवसर दिेनछौँ । अब हामी हिजोको युवासंघ भन्दा पनि रचनात्मक कार्य गर्दै सबै युवाहरुको समस्या बुझ्दै,समास्याको समाधानको लागि हामी अगज नेताहरु समक्ष कुरा पुरयाउनेछौँ । मुख्य आजको समस्या भनेको  बेरोजगारी ,सहि व्यक्ति सहि स्थानमा नहुनु, त्यसको लागि युवा संघले आवाज बुलन्द गर्दै सबै युवाहरुको मन जितेर बलियो युवासंघ बनाउनेमा हामी कटिबद्ध भएर लाग्नेछौँ । 

ड्ड    युवा संघको वडा तहमा सम्मेलन गर्ने वडा कमिटि विस्तार गर्ने निर्णय पनि गरेको छ । यहाँ अहिले सचिव हुनुहुन्छ ? अबको युवासंघको विस्तारको तयारी के छ ?
रुपक जि । हामीले यो कामको सुरुवात पनि गरिसकेका छौँ । जस्तै हेटौँडा उपमहानगरपालिका वडा नम्बर— ९, वडा नम्बर ७, वडा नम्बर—१० मा वडा कमिटि विस्तार गरिसकेको अवस्था छ । अब लगातार कमिटि विस्तारमा लाग्नेछौँ । त्यो पनि केहि समयमा सकिनेछ । हरेक युवाको योगदान सकृयता र क्षमता हेरि नयाँ पुस्ताहरुलाई उचित स्थान दिएर अघि बढ्छौँ । 

ड्ड    युवा संघले सामाजिक क्षेत्रको समास्याहरुलाई वकालत गर्नु पर्नेमा खालनी गुठवन्दी गर्यो भन्ने आरोप छनी ? आखिर किन युवा संघ माथि यस्तो आरोप लाग्छ ?
रुपक जी तपाईले भनेको जस्तो गुठवन्दी भने छैन् । सबैको चित्त त नसकिएला तर हामी युवा संघ एक थियौँ, छौँ र हुनेछौँ । तपाईले भनेको जस्तो समस्यालाई वकालत नगरि हिडेको भन्ने कुरा सरासर हामीलाई गलत सावित गर्न रचिएको प्रपन्च हो । युवासंघ नेपाल भनेको यस्तो संगठन हो । नेकपा एमालको कुरा मात्रै बोल्दैन यसले सबैको भावना कदर गरि काम गर्छ । युवाको समस्यामा आवज उठाउने संगठन भनेको युवा संग नेपाल मात्रै हो तपाईलाई भन्न चाहान्छु। र हिजोको दिनमा कतैपनि नलागीकन पाटी एक हुनुपर्छ भनेर लागेका युवाहरुलाई पनि सम्मानको साथ ल्याउनेछौँ र युवा संघमा उचित स्थान र योगदानको कदर गरि समायोजन गर्नेछौँ ।

ड्ड    अहिलेका युवा राजनितिमा नआउनुको कारण को हो जस्तो लाग्छ ?
सारै राम्रो प्रश्न गर्नु भयो । नेपालका हरेक राजनीतिक आन्दोलन र परिवर्तनको इतिहासलाई हेर्ने हो भने अग्र पंक्तिमा देखिन्छ युवाहरुको भूमिका । आन्दोलनको मोर्चा सम्हाल्नेदखि लिएर नेताहरुलाई सुरक्षा दिनेसम्म । राजनीतिक दल अनि नेताको समर्थन र विरोधमा भिडन्तमा उत्रिने भूमिकासम्म युवाले निभाएको देखिन्छ । तर, युवालाई राजनीतिमा अवसर र जिम्मेवारी दिने विषयमा भने पार्टी केहि चुकेको हुनाले यस्तो श्रृजना आएको होला भन्ने मेरो बुझाई छ । हामी युवाहरु नेताहरु चुनावमा लड्दा जिताउन मात्रै प्रयोग गरेको कुरा सबैले बुझ्नु भएको छ । अब युवासंघले यस्ता खाले प्रवितिलाई अन्त्य गर्नको लागि एक हुन्छौँ । नेताको वरिपरि घुम्ने र चाकडी चाप्लुसी गर्ने व्यक्तिले जिम्मेवारी पाउने होइन कि क्षमताका आधारमा जिम्मेवारी दिने संस्कारको विकास गर्न जरुरी छ, जसबाट युवालाई राजनीतिमा सकारात्मक दृष्टिकोण बनाउन सहयोग पुग्छ भन्ने लाग्छ र हामी यस्ता खाल बाटोमा लैजाने प्रयासमा छौँ । राजनीति फोहोरी खेल हो भन्ने आम धारणालाई चिर्न पार्टी सञ्चालनका तौर तारिका देखी लिएर राजनीतिक व्यवहार र निर्णयमा निष्पक्षता हुन जरुरी छ र यस तर्फ सबै सचेत हुन पनि आग्रह गर्दछु । युवाहरुको क्षमता अभिबृद्धि गर्नको लागि वडा वडामा नेतृत्व विकास तालिम समेत संचालन गर्नेछौँ । नयाँ युवाहरुले पनि एकै पटक पद भन्दा पनि अनुभव हाँसिल गर्दै क्षमता बृद्धि गर्दै नेतृत्व गर्न तर्फ ध्यान दिनको लागि अनुरोध समेत गर्दछु ।  

ड्ड    अन्तमा केहि भन्नुहुन्छ की ?
योे अवस्था र प्राप्तिको निमित्त हामा कम्न्यूनिष्ट पार्टीका धेरै अगज नेताहरु मदन भण्डारी,जिवराज आश्रित, पुस्पलाल लगायत धेरै नेताले ज्यान गुमाउनु भएको छ । उहाँहरुको सपना साकार पर्दै नयाँनयाँ कुराहरुको श्रजना गर्नको लागि हामी युवाहरु एक भएर अगाडि बढ्नुपर्छ । युवासंघ यस्तो पार्टीको भातृसंगठन हो जस्ले सबैलाई नेतृत्व र छहारी दिन्छ । युवाहरु एक हौँ,र समाजवाद र साम्यवादतिर अगाडि बढौँ किन की युवा विना र न त समाजवाद आउन सक्छ न त साम्यवाद नै । त्यसैले दायाँवायाँ नभई युवासंघमा आउन अुनरोध गर्दछु र मेरो मनमा लागेका कुराहरु हजुरहरुको लोकप्रिय अनलाइन हजुरको खबर मार्फत सबै सामु पु¥याउने अवसर दिनु भयो तपाईलाई धेरै धेरै धन्यवाद भन्न चाहानुहुन्छ ।  धन्यवाद

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।