धानमा रोग लागेपछि हेटौंडा ११ नवलपुरका कृृषकहरु चिन्तामा

  • हजुरको खवर
  • मङ्गलबार, श्रावण २० २०७७ प्रकाशित

 हेटौंडा ११ नवलपुर घर भएकी ३४ बर्षिय जस्मिन दुलालले १० कठ्ठा खेतमा धान रोप्नु भएको छ । हेटौंडा १२ गुरुविर्तामा रहेको अरुको जग्गा भाडामा लिएर उहाँले धान रोप्नु भएको हो ।
 लगभग १० हजार खर्च गरेर असार २१ गते रोपेको धानमा रोग लागेपछि चिन्ता लागेको उहाँले बताउनु भयो । लकडाउन हुनु अघि स्मारक गेट नजिकै रहेको नोवेल प्रिन्ट एण्ड प्याकेजिङ नामको कार्टुन बनाउने कारखानामा काम गर्नुहुन्थ्यो दुलाल । लकडाउन भएर अरु काम गर्न नपाएपछि छिमेकीको खेत भाडामा लिएर धान रोप्नु भएको हो । तर धानमा रोग लागे पछि पिर लागेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, यत्तिकै घर बसिरहनु भन्दा काम गरौं भनेर छिमेकीको बाँझो रहेको खेत भाडामा लिएको थिएँ । अब भन् कसरी भाडा तिर्ने भन्ने चिन्ताले सताउन थालेको उहाँको अनुभव सुनाइन् ।
उहाँ मात्रै होइन गुरुविर्ताका अधिकांश किसानहरु यस्तै चिन्तामा रहेका छन् । भर्खरै रोपेको घान खेतीमा डाँठ कुहिने, बोट मर्ने र बिरुवा रातो भएर जाने गरेको किसानहरुले बताएका छन् । विज्ञ कृषि प्राविधिकहरु सँग परामर्श लिएर पटक पटक निटनाशक औषधी प्रयोग गर्दा पनि केहि दिन अलि सुधार आए जस्तो हुने र केही दिनमा फेरि उस्तै हुने गरेकोले चिन्तित भएका हुन् ।
गुरुविर्ताका धेरै किसानहरु हरेक बर्ष धानखेती बाट मनग्य आम्दानी गर्ने गर्छन् । तर अहिले रोपेको असारे धानमा रोग लागेको कारण के खाने भन्ने पिरमा परेका छन् । धान रोपेपछि युरीया मल समेत हाल्न नपाएका किसानलाई धानमा लागेको रोगले झनै पिडा दिएको गुरुविर्ताका कृषकहरुले बताएका छन् । 
फाँटै भरीको रोपिएको धानमा रोग लाग्दा कुनै तहका सरोकारवालाहरुले चासो नदिएको किसानहरुले आरोप समेत लगाएका छन् । किसान लाई समस्या परेको बेलामा स्थानिय निकायले किसानको मर्म बुझ्नु पर्ने बताएका छन् । 
हेटौंडा उपमहानगरपालिका १२ नं वडाका वडाअध्यक्ष ललित घलानले नगरपालिकाको कार्यालयमा रहेको कृषि शाखामा जानकारी दिनको लागी कृषकहरु लाई आग्रह गरेका छन् । साथै आफैले धान खेतीको अनुगमन गरेर सहयोग गर्न तत्पर रहने समेत बताएका छन् ।
नेपालमा धानको औषत उत्पादकत्व विश्वमै निकै कम ९३।५ टन प्रतिहेक्टर छ । हामीलाई वार्षिक करिब ४० लाख मेट्रिक टन चामल आवश्यक पर्छ, जसमध्ये ३३ लाख १२ हजार मेट्रिक टन मात्र उत्पादन र आपूर्ति हुने गरेको छ । 
धान नेपालसहित एसियाली राष्ट्रहरूको प्रमुख खाद्यान्न बाली हो । विश्वको कुल धान उत्पादनको ९० प्रतिशत उत्पादन र खपत यसै क्षेत्रमा हुने गदर्छ । चीन, भारत, इन्डोनेसिया, बंगलादेश, थाइल्यान्ड, भियतनाम, म्यान्मार, फिलिपिन्स, कम्बोडिया र पाकिस्तान संसारकै १० प्रमुख धान उत्पादक देश हुन् भने नेपाल १७ औं स्थानमा पदर्छ ।
नेपालको अर्थतन्त्र र खाद्य सुरक्षामा धानको महत्व दुईतिहाइ जनसंख्या कृषिमा निर्भर रहेको हाम्रो मुलुकको कुल गार्हस्थ्य उत्पादनमा २६।५० प्रतिशत अंश कृषिको छ । धानको कृषि क्षेत्रको गार्हस्थ्य उत्पादनमा १५।३५ प्रतिशत र कुल गार्हस्थ्य उत्पादनमा ४।०६ प्रतिशत योगदान रहेको तथ्यले धानले नेपालीको खाद्य तथा पोषण सुरक्षामा महत्त्वपूर्ण योगदान गर्नुका साथै आर्थिक मेरुदण्डको भूमिका निर्वाह गरेको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।