दोस्रो बागमती प्रदेशस्तरीय तेक्वान्दो लिगको तयारी पूरा

  • हजुरको खवर
  • शुक्रबार​, पौष १९ २०८१ प्रकाशित

दोस्रो बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिगको तयारी पूरा भएको छ । टोखा नगरपालिकाको आयोजनामा शुक्रबारदेखि सुरु हुने लिगमा पुरुष/महिलामा पाँच पाँच गरी १० तौल समूहमा प्रतिस्पर्धा हुने टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले जानकारी दिनुभयो ।

जसमा पुरुषमा ४६–५०, ५०–५४, ५४–५८, ५८–६३ र ६३–६८ केजी तौल समूहमा खेल हुनेछ । महिलामा ४०–४३, ४३–४६, ४६–४९, ४९–५३ र ५३–५७ केजीमा भिडन्त हुनेछ ।

तीन सय खेलाडीको सहभागिता रहने प्रतियोगितामा  शीर्ष तीनमा रहने खेलाडीलाई क्रमश: १० अङ्क, सात अंक र तीन अंक प्रदान गरिने छ । प्रत्योक तौलसमूहमा पदक विजेता खेलाडीलाई अर्को लिगमा प्रवेश गर्नेछन् ।

प्रतियोगिताका खेलहरू टोखा नगरपालिका वडानं.५ को कार्यालयमा हुनेछ । तीन तीन महिनाको अवधिमा सञ्चालन गरिने लिगको अर्को चरण फागुन र चौथो चरण जेठमा हुनेछ । प्रतियोगितालाई नेपाल तेक्वान्दो सङ्घले प्राविधिक सहयोग गर्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।