दैलेखमा पेट्रोलियम अन्भेषणको विकल्प छैन : अध्यक्ष ओली

  • हजुरको खवर
  • सोमबार, मङ्सिर १८ २०८० प्रकाशित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपालको दीर्घकालीन लक्ष्य प्राप्त गर्न दैलेख जिल्लाको प्रदेशलाई समृद्धिको मार्गमा लिनका लागि दैलेखमा भएको पेट्रोलियम अन्भेषणको विकल्प नभएको बताउँनुभएको छ।

एमालेले सञ्चालन गरेको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ अभियानका क्रममा कर्णाली प्रदेशको दैलेख जिल्लामा पुगेका अध्यक्ष ओलीले दैलेखमा भएको पेट्रोलियम पदार्थको उत्खनन गर्नुपर्नेमा जोड दिँदै सो कुरा बताउँनुभएको हो।

आज बिहान दैलेखको भैरवी गाउँपालिका १ स्थित पेट्रोलियम अन्भेषण स्थलको स्थलगत अवलोकनका क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले पेट्रोलियम अन्भेषणको काम आफ्नै पालामा भएको उल्लेख गर्दै त्यसको कामलाई थप अघि बढाउनु पर्ने बताउँनुभयो।

दैलेख पुरातात्विक महत्त्वको जिल्ला मात्रै होइन्, पेट्रोलियम पदार्थको राम्रो सम्भावना भएको जिल्ला भएको उहाँको भनाइ छ।

अन्भेषणको कामका लागि खटाइएको चिनियाँ टोलीको निचोडका बारेमा अन्भेषण विभागको टोलीसँगको ब्रिफिङपछि अध्यक्ष ओलीले देशलाई समृद्धिको मार्गमा ल्याउन पेट्रोलियम पदार्थको उत्खननले ठूलो भूमिका खेल्ने जिकिर गर्नुभयो।

दैलेखको जलजलेमा भएको पेट्रोलियम अन्भेषण स्थलमा एमाले अध्यक्ष ओली नेतृत्वको हाइकमाण्डलाई जानकारी दिँदै खानी तथा भूगर्भ विभागका अन्भेषण परियोजना प्रमुख दिने कुमार नापीतले चिनियाँ अन्भेषण टोलीले पेट्रोलियम पदार्थको राम्रो सम्भावना भएको निचोड निकालेको जानकारी दिनुभयो।

उत्खनन गर्दा पहिलो तेल ३५ सय देखि ४ हजार मिटरसम्म देखिएको उहाँले बताउँनुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।