देशभर ८ सय ४३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि, ५ जनाको गयो ज्यान

  • हजुरको खवर
  • शनिबार, बैशाख ४ २०७८ प्रकाशित

बितेको २४ घण्टामा देशभर ८ सय ४३ जनामाकोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ  । पीसीआर विधिबाट ७ सय ६८ र एन्टीजेनबाट ७५ गरी कुल ८४३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्यतथा जनसंख्यामन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार  पछिल्लो २४ घण्टामा २२६ जनानिको भएका छन् भने ५ जनाको मृत्यु भएको छ । देशभर कोराना सङ्क्रमितको कुल संख्या २ लाख ८३ हजार ६ सय ५८ पुगेको छ भने निको हुनेको संख्या २ लाख७५ हजार ३८ पुगेको छ । यस्तै मृतकको सङ्ख्या ३ हजार ७५ पुगेको छ । पछिल्लो घण्टामा ६ हजार ४ जनामाकोरोना परीक्षण भएको थियो ।  
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।