लियो क्लबद्वारा मामाघरमा संरक्षित भान्जाहरुलाई दही चिउरा

  • हजुरको खवर
  • सोमबार, आषाढ १५ २०७७ प्रकाशित

लियो जिल्ला परिषद् ३२५ बि २ नेपाल रिजन २ ले दहि चिउरा खाने दिन अर्थात राष्ट्रिय धान दिवसको अवसरमा मामाघर नेपालका भान्जाहरुसँगै दही चिउरा खाएर मनाएको छ ।
लियो जिल्ला परिषद् ३२५ बि २ नेपाल रिजन २ का रिजन कोर्अडिनेटर लियो शुसान्त खतिवडाको सभाध्यक्षता तथा लायन्स ३२५ बि २ नेपालका रिजन २ को जोन चियर प्रशन लायन विकेश लाल श्रेष्ठको प्रमुख आथ्यितामो कार्यक्रम भएको हो । 

हेटौंडालाई सडक बालबालिका मुक्त बनाउने अभियानमा रहेको मामाघर नेपालमा आश्रित भान्जाहरुलाई दही चिउरा खुवाइएको हो । सो कार्यक्रमका प्रमुख अथिति श्रेष्ठले लियो लायन्सको मेरुदण्ड रहेको भन्दै लियो बिना लायन्सका कार्यहरु अधुरो हुने बताउनु भयो । लियोलाई नेतृत्व दिने कुरा देखि हरकुरामा साग सहयोग गर्ने बताउनु भयो । 

सो कार्यक्रममा लियो जिल्ला परिषद् ३२५ बि २ नेपालका टेलट्वीस्टुर राजन श्रेष्ठ, जिल्ला निर्देशक अनिल अधिकारी लगायत हेटौँडाका लियो पदाधिकारी लगायतको सहभागिता रहेको थियो । 
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।