हेटौँडा÷ मकवानपुरको उत्तरी भेगको पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि काठमाडौंमा शुक्रबारदेखि तीनदिने फोटो प्रदर्शनी शुरु भएको छ । आज काठमाडौंको वसन्तपुर (कालभैरव) डबलीमा एक भव्य कार्यक्रमको आयोजना गरि नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले प्रदर्शनीको उद्घाटन गर्नुभएको हो ।
सो प्रर्दशनीको उद्घाटन गर्दै नेपाल सरकारले जारी गरेको ७३ बँदे पर्यटन विकासको कार्ययोजनामा समेटेर विकास गर्ने उद्घोष गर्नुभयो । मकवानपुरको उत्तरी क्षेत्र आफैमा सुन्दर रहेको भन्दै श्रेष्ठले भन्नुभयो,‘यस प्रदर्शनी कार्यक्रमले देशकै पर्यटन प्रर्वद्धनमा महत्वपुर्ण योगदान पु¥याएको छ,सरकारको तबरमा यस क्षेत्रलाई उच्च प्राथमिकतामा राख्ने समेत बताउनु भयो ।
थाहा नगरपालिकाको आयोजना, इन्द्रसरोवर गाउँपालिकाको समन्वय र ‘फरक सोच’को व्यवस्थापनमा शुक्रबारदेखि आइतबारसम्म फोटो प्रदर्शनी हुने थाहा नगरका प्रमुख विष्णुबहादुर विष्टले जानकारी दिनु भयो । आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले उपत्यकाका विभिन्न संघसंस्था, शैक्षिक संस्थाहरू, पर्यटन व्यवसायी, ट्राभल एजेन्सी र आमनागरिकलाई लक्षित गरी फोटो प्रदर्शनी आयोजना गरेको विष्टले बताउनु भयो ।
प्रर्दशनीमा मकवानपुर उत्तरी थाहानगरपालिका आसपासका प्राकृतिक सुन्दरता, हिमशृंखला, ऐतिहासिक मठमन्दि र,पाटीपौवा,धार्मिक क्षेत्र,मेलाजात्रा लगायतका पर्यटन प्रवद्र्धन गर्न फोटोको माध्यमबाट ती स्थानको जानकारी दिने उद्देश्य राखिएको फोटो पत्रकार गणेश विष्टले बताउनु भयो ।
थाहा फोटो प्रर्दशनी कार्यक्रमका संयोजक इन्द्र बहादुर श्रेष्ठको सभाध्यक्षतामा भएको फोटो प्रर्दशनी दैनिक बिहान १० बजेदेखि ४ बजेसम्म संचालन हुनेछ । भने प्रदर्शनीमा विभिन्न विधाका करिब सय फोटो राखिएको आयोजकले जनाएको छ ।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?
तपाइको विचार व्यक्त गर्नुहोस् ।