थाहानगरका सूचना अधिकारी भुजेल "उत्कृष्ट सूचना अधिकारी"बाट सम्मानित

  • हजुरको खवर
  • बुधबार, आश्वीन १३ २०७८ प्रकाशित

सूचनामा सर्वव्यापी पहुँचसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको अवसरमा मकवानपुर थाहा नगरपालिकाका सूचना अधिकारी सुरजकुमार भुजेल सम्मानित हुनु भएको छ । काठमाडौंमा राष्ट्रिय सूचना आयोगद्वारा गरेको एक समारोहकाबीच राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना तथा आयोगका अध्यक्ष महेन्द्रमान गुरुङले सम्मान गर्नु भएको हो ।

थाहानगरका भुजेलसङ्गै उत्कृष्ट कार्यसम्पादन गर्ने मुस्लिम आयोगका सूचना अधिकारी दयाराम तिवारी, जिल्ला हुलाक कार्यालय ताप्लेजुङका राजेश चौधरी र जिल्ला हुलाक कार्यालय खोटाङका सूचना अधिकारी सरोज खतिवडालाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको हो । 
    
त्यसैगरी सूचना हकका अभियन्ता अजयकुमार साह (उदयपुर), डा. मुन्नाकुमार मिश्र (बारा), शैलेन्द्रकुमार महतो (धनुषा), ईश्वरा तिवारी (झापा) र रामपुकार रौनियार पर्सालाई आयोग स्थापना दिवसका अवसरमा गत वैशाख २२ गते घोषणा गरिएको ‘विनय कसजू उत्कृष्ट अभियन्ता पुरस्कार’ प्रदान गरिएको छ ।

कार्यक्रमको अवसरमा राष्ट्रिय सभा अध्यक्ष तथा प्रमुख अतिथि गणेशप्रसाद तिमिल्सिनाले राज्यका हरेक निकायलाई सूचनाको हक प्रदान गर्ने सन्दर्भमा कहीँकतै कमजोरी भए त्यसलाई सच्याउन सुझाव दिनुभयो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।