थाहाका अतिबिपन्न परिवारलाई वाईसिएल थाहानगरले दियो खाद्यान्न

  • हजुरको खवर
  • शुक्रबार​, जेष्ठ २८ २०७८ प्रकाशित

मकवानपुरको उत्तरी थाहा नगरका अतिबिपन्न परिवारलाई खाद्यान्न बितरण गरिएको छ । नेकपा माओबादी केन्द्र निकट योङ कम्न्युष्ट लिग (वाईसिएल) थाहा नगर कमिटीको समन्वय, वाईसिएल जिल्ला कमिटी मकवानपुर र माओवादी केन्द्र थाहानगरको सहयोगमा खाद्यान्न बितरण गरिएको हो । 

लकडाउनका कारण समस्यामा परेका ५ परिवारलाई वितरण गरेको वाईसिएल थाहा नगर अध्यक्ष मान सिं दोङले बताउनुभयो । थाहा ७ को ३ परिवार, थाहा २ को २ परिवारलाई १ बोरा चामल, साढे २ लिटर तेल, २ पाकेट नुन, २ किलो दाल र १ ओटा लाइफब्वाई साबुन बितरण गरिएको अध्यक्ष दोङले बताउनुभयो । 

यसअघि थाहा ३ र १० मा २ परिवारलाई खाद्यान्न बितरण गरिसकेको जनाएको छ । खाद्यान्न बितरणका क्रममा नेकपा माओवादी केन्द्र मकवानपुर जिल्ला सदस्य तथा इन्द्रसरोबर इन्चार्ज बिनायक गोले, जिल्ला सदस्य जयराम रायमाझी, वाइसिएल जिल्ला सदस्य अरुण मुक्तान, थाहा नगर सचिब युबराज बिष्ट लगायतको सहभागिता रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।