थाइ एयर एसियाकाे प्रतिबन्ध फुकुवा

  • हजुरको खवर
  • बिहीबार, कात्तिक १५ २०८१ प्रकाशित

काठमाडौँ- उडान अनुमति नलिई काठमाडाैँ आउँदा कारबाहीमा परेकाे थाइ एयर एसियालाई नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान अनुमति फुकुवा गरेको छ।

यही कात्तिक ११ गते (आइतबार) अनुमतिबिना बैंककबाट काठमाडौँ आएको थाइ एयर एसियालाई नागरिक उड्डयन प्राधिकरणले कारबाही गरेको थियो।

करिब एक घण्टा ‘होल्ड’ भएपछि विमान काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो। प्राधिकरणले थाई एयर एसियाको उडान तत्कालका लागि निलम्बन गरेकाे थियाे भने नेपालको आधिकारिक एजेन्ट (जीएसए) पनि रद्द भएको थियाे।

प्राधिकरणका सुचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार थाइ एयरले माफी मागेपछी आगामी दिनमा गौतमबुद्ध र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्ने सर्तमा प्राधिकरणले उडान अनुमति फुकुवा गरेको हो।

योसँगै अब थाइले आइतबारदेखि (३ नोभेम्बर) दुबै विमानस्थलमा  नियमित उडान गर्ने छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।