त्रिविको ४९ औं दिक्षान्त समारोह पुस २ गते 

  • हजुरको खवर
  • सोमबार, मङ्सिर ११ २०८० प्रकाशित

त्रिभुवन विश्वविद्यालको ४९ औं दिक्षान्त समारोह पुस २ गते हुने भएको छ। त्रिविले सोमबार सूचना प्रकाशित गर्दै यस वर्षको दीक्षान्त समारोह पुस २ गते दशरथ रंगशालामा हुने जानकारी दिएको हो।

त्रिविले दीक्षान्त समारोहमा सहभागी हुने विद्यार्थीहरूलाई पुस २ गते बिहान ८ बजेदेखि १० बजेभित्र समारोहस्थलमा प्रवेश गरिसक्न भनेको छ।

दीक्षान्त समारोहमा सहभागी हुने विद्यार्थीका लागि त्रिविले यसअघि नै अनलाइन फाराम भराइसकेको छ।

समारोहमा सहभागी हुने विद्यार्थीहरूले आ-आफ्नो गाउनरस्कार्फरटोपी पहिरी बिहान ८:०० बजेदेखि १०:०० बजेभित्र समारोह स्थलमा प्रवेश गर्न र तोकिएको स्थानमा बस्न त्रिविले अनुरोध गरेको छ।

दीक्षान्त समारोहमा  विद्यावारिधि र दीक्षान्त पदक र पुरस्कार प्राप्त गर्ने विद्यार्थीहरू सबभन्दा अगाडिको लाइनमा आफ्नो नाम तोकिएको सिटमा बस्नुपर्नेछ।

गाउन र स्कार्फ मंसिर २४ देखि ३० गतेसम्म त्रिवि परीक्षा नियन्त्रण कार्यालयमा बल्खुमा वितरण गरिने त्रिविले जानकारी दिएको छ। 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तपाइको विचार व्यक्त गर्नुहोस् ।